आईसीसी वरीयतामा पारस खड्का एक स्थान माथि उक्लिए

काठमाण्डु टुडे २०७५ पुष २८ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २८ पुस – आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट ९६ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।अलराउण्डरतर्फ पारस ४२ र सोमपाल ६४ औं स्थानमा यथावत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us