खेलकुद

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमारले बनाए इतिहास

२०७५ चैत ३ गते १५:०७

काठमाण्डु, ३ चैत्र – तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् । आइतबार हङकङमा भएको ३ हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् । उनले...

आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट, को को परे ?

२०७५ चैत ३ गते १२:४४

काठमाण्डु, ३ चैत – आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।   आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर...

बंगलादेशलाई हराउँदै नेपालको जित

२०७५ चैत २ गते २०:११

काठमाण्डु, २ चैत– पाचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल...

रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा, को को परे ?

२०७५ चैत २ गते १६:१३

काठमाण्डु, २ चैत – रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी...

युवा परिषद्लाई पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाउन संसदीय उपसमितिको सुझाव

२०७५ चैत १ गते १२:१८

काठमाण्डु, १ चैत – राष्ट्रिय युवा परिषद्लाई ऐनको प्रावधानबमोजिम पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाइनुपर्ने संसदीय उपसमितिको सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा प्रदेश र स्थानीय तहमा समेत युवाका कार्यक्रम सञ्चालन गर्ने सरकारी संरचना...

खेलकूद क्षेत्रमा समस्याको चाङ

२०७५ चैत १ गते ११:४४

काठमाण्डु, १ चैत – नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा मात्रै दुई दर्जन बढी...

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

२०७५ फागुन ३० गते १६:२६

काठमाण्डु, ३० फागुन – एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख...

टेष्ट क्रिकेटका नियम परिवर्तन हुने !

२०७५ फागुन २९ गते १६:३६

एजेन्सी । विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने तयारी गरेको छ । एमसीसीले टेष्ट क्रिकेटको नियम परिमार्जन गर्न इंल्याण्डका पूर्व कप्तान माइक गटिङको नेतृत्वमा एक कमिटि गठन गरेको छ । कमिटीमा गटिङसंगै भारतका...

सोमपालकाे अमेरिका भ्रमण रद्द, अन्य तीन खेलाडीले भिषा नै पाएनन्

२०७५ फागुन २९ गते १३:२९

काठमाण्डु, २९ फागुन – अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् । नेपालका तर्फबाट चार जना खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको...

पिएसएल सकेर नेपाल फर्कँदै सन्दीप

२०७५ फागुन २८ गते १३:००

काठमाण्डु, २८ फागुन – राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण...

पाकिस्तानी क्रिकेट बोर्डले गर्यो भारतविरुद्ध उजुरी

२०७५ फागुन २८ गते ११:३७

काठमाण्डु, २८ फागुन – पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले भारतीय टिमविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीमा उजुरी दर्ता गरेको छ । गएको शुक्रबार भएको अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेट खेल्ने क्रममा भारतीय खेलाडीले सैनिकको टोपी लगाएकोमा आपत्ति जनाउँदै पीसीबीले भारतीय टिमलाई कारबाही माग गर्दै आईसीसीमा लिखित उजुरी...

झापा गोल्डकपको उपाधि आर्मीलाई

२०७५ फागुन २७ गते १७:४३

झापा, २७ फागुन – झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो । उपाधि जितेसँगै आर्मीले नगद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us