बंगलादेशलाई हराउँदै नेपालको जित

काठमाण्डु टुडे २०७५ चैत २ गते २०:११ मा प्रकाशित

काठमाण्डु, २ चैत– पाचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ ।
विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।

यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३–० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो । बङ्गलादेशले दोस्रो हाफमा गोलको अवसर गुमाएको थियो ।

यो विजयसँगै नेपालले आगामी बुधबार हुने सेमिफाइन खेलमा समूह ‘बी’ अन्तर्गत शनिबार हुने खेलको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि समूह ‘बी’ अन्तर्गतको भारत र श्रीलङ्का बीचको अन्तिम खेलपछि समूह विजेता र उपविजेताको निर्णय हुनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us