रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा, को को परे ?

काठमाण्डु टुडे २०७५ चैत २ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, २ चैत – रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ ।

यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए । अठार सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

नेपाली टोली वल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिए । ५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यू–१९ वल्डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ ।

मलेसिया जानुअघि नेपालले भारतमा समेत अभ्यास खेलहरु खेल्नेछ । अभ्यास खेलका लागि आजै नेपाली टोली भारत गएको छ । नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्य पनि भारत गएका छ्न । भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरका रुपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिए । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारवटा अध्यास खेल खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us