प्रवास

रोजगारका लागि इराक पुगेकी नेपाली चेलीको जलेर मृत्यु, सहयोगका लागि अपिल

२०७२ भदौ ११ गते १८:५४

इराक– रोजगारीका लागि इराक पुगेकी रामेछाप जिल्ला प्रिति गाविस वडा नम्बर ७ गैरीखर्क घर भएकी एक नेपाली चेलीको मृत्यु भएको छ । निरु सुनुवार नामकी चेलीको अण्डा बनाउने क्रममा आगो शरीरमा आगो लागेर मृत्यु भएको हो । निरुको श्रीमान एक छोरी एक छोरा रहेको...

मलेसिया पुगेकी नेपाली युवतीले आत्महत्या गरिन्

२०७२ भदौ ११ गते १७:०७

मलेसिया– मलेसियामा एक नेपाली आफू बस्दै आएको होस्टलमा आत्महत्या गरेकी छन् । रोजगारका लागि त्यहाँ गएको एक वर्ष नै नपुगि उनले आत्महत्या गरेको मलेसियाबाट दीपक पौडेलले जानकारी दिए । उनी मेरुको टप ग्लोव कंपनीमा कार्यरत थियन् । पाँचथर घर भएकी २७ वर्षीया निलम पन्धाले...

अफ्रिका पठाउने प्रलोभनमा कन्सल्टेन्सीद्धारा ११ यूवाबाट ४५ लाख झ्वाम्म

२०७२ भदौ १० गते १६:२१

काठमाण्डु, १० भदौ– रोजगारीको लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै राजधानीको कालिमाटीमा रहेको एक्सप्रेस ईन्ट्र एजुकेसन वल्र्ड प्रालीले ठगि गरेका ११ जना युवाहरुले संस्थाका सञ्चालकहरुमाथि कारवाहीको माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित युवाहरुले सो कन्सल्टेन्सीकै प्रवन्ध निर्देशक साधना बस्नेतले...

कैलाली घटनाप्रति यसो भन्छन् यूरोपका नेपाली संगठन

२०७२ भदौ १० गते १४:१४

काठमाण्डु– कैलाली लगायत देशको विभिन्न स्थानमा भएको घटनाप्रति यूरोपमा रहेका प्रगतिशील नेपाली संगठनहरुले विज्ञप्ती निकालेर त्यसको बिरोध गरेका छन् । उनीहरुले यूगौं देखी सामन्तिवादी राज्य ब्यवस्थाबाट अन्यायमा परेका उत्पीडित नेपालीहरुले संविधानसभा मार्फत खोसिएको अधिकारलाई नेपालको नयाँ बन्ने संविधानमा स्थापित गराउन संघर्ष र आन्दोलनबाट आफ्नो...

मलेसियामा तीन सय नेपालीको मृत्यु, दुई सय जेलमा

२०७२ भदौ १० गते १२:२१

काठमाण्डु, १० भदौ– मलेसिया नेपालका लागि सुरक्षित स्थान नभएको मलेसियाका लागि नेपाली राजदूत निरन्जन मान सिंह बस्नेतले बताएका छन् । नेपाली दूतावासमा बुधबार पत्रकारसँगको छलफलमा उनले मलेसिया आउँदा विचार गरेर आउन कामदारलाई सुझाव दिएका हुन् । दूतावासका अनुसार हाल नौँ लाख नेपाली कामदार मलेसियामा...

अमेरिका पठाउने भन्दै ठग्दै, कतिदिन टिक्थ्यो र धन्दा…

२०७२ भदौ ९ गते १८:२४

काठमाण्डु– उच्च पदस्थ व्यक्तिहरुसँग पहुँच देखाई अमेरिका पठाउने भनि रकम ठगी गर्ने काठमाण्डु महानगरपालिका–११ टेकुस्थित सेन्ट्रल इन्भेष्टीगेसन सेक्यूरिटी फोर्स प्रालिका संचालक पक्राउ परेका छन् । सुर्खेत छिन्चु गाविस–२ का ४७ बर्षीय भागचन्द्र महरलाई महानगरीय अपराध महाशाखाले टेकुबाट पक्राउ गरेको छ । महरले म्याग्दीका राजेश...

मलेसियामा एक नेपालीको मृत्यु

२०७२ भदौ ९ गते १८:०९

मलेसिया– वैदेशीक रोजगारका लागि मलेसिया पुगेका खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका २६ वर्षीय रबिन राईको जोनेरेटर लोडअनलोडका क्रममा मृत्यु भएको छ । उनको एक्स्काभेटरले उचालेको जेनेरेटर अकस्मात खुस्किएर खस्दा केही दिनअघि मृत्यु भएको हो । उनी रोजगारीको शिलशिलामा दुई वर्षअघि मलेसिया गएका थिए ।...

मलेसियाको डान्स बारमा नेपाली युवती पक्राउ

२०७२ भदौ ९ गते १२:५९

मलेसिया– मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना पक्राउ युवती परेका छन् । उनीहरूलार्इ मलेसियाको अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका हुन्...

भूकम्पपीडितको सातटन सामानमाथि जापानको गोदाममा मुसाको रजाई

२०७२ भदौ ९ गते १२:४३

जापान, भदौ– नेपाल—जापानबीच सिधासम्पर्क नहुँदा भूकम्पपीडितको सात टनभन्दा बढी खाद्यान्न तथा लत्ताकपडासहितका अत्यावश्यक जिन्सी सामान गोदाममा महिनौँदेखि रोकिएको छ ।   नेपाल पठाउने गतिलो साधन अभावमा पीडितका लागि जापानमा उठाइएको करिब सात टनभन्दा बढी जिन्सी सामान यहाँस्थित गोदाममा अलपत्र परेको हो ।   गत...

नेपालको बन्दका कारण भारतीयलाई यस्तो टेन्सन र पीडा

२०७२ भदौ ८ गते १७:३४

जनकपुरधाम– केही दिनयता निरन्तर रुपमा भइरहेको बन्दका कारण सीमावर्ती भारतीय बजार प्रभावित भएकाले त्यहाँको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भारतीय व्यापारीहरुले बताएका छन् । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको असर सीमावर्ती भारतीय बजार जयनगर, उमगाम, देउधा, हरिणे, हर्लाखी, बासोपट्टि, मधवापुर, भिठ्ठामोड, सुरसण्डमा प्रत्यक्ष...

इजरायलमा बस्ने नेपालीले विद्यालयलाई दिए दश लाख

२०७२ भदौ ७ गते १८:४८

नुवाकोट,  भदौ- इजरालयमा रहेर काम गरिरहेका नेपालीले सङ्कलन गरी पठाएको रकम भूकम्पबाट भत्किएका विद्यालयलाई सदरमुकाम विदुरमा वितरण गरिएको छ । सत्र विद्यालयलाई प्रतिविद्यालय ६१ हजार सात सय ६५ का दरले जम्मा १० लाख ५० हजार वितरण गरिएको हो ।   सहयोग रकम वितरण गर्दै...

न्यायाधीश बमका हत्यारा किन गएका थिए साउदी ?

२०७२ भदौ ६ गते १९:१७

काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार सार्वजनिक गरेको छ । व्यूरोले पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते ललितपुर युएन पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us