अफ्रिका पठाउने प्रलोभनमा कन्सल्टेन्सीद्धारा ११ यूवाबाट ४५ लाख झ्वाम्म

काठमाण्डु टुडे २०७२ भदौ १० गते १६:२१ मा प्रकाशित

unnamed (1)

काठमाण्डु, १० भदौ– रोजगारीको लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै राजधानीको कालिमाटीमा रहेको एक्सप्रेस ईन्ट्र एजुकेसन वल्र्ड प्रालीले ठगि गरेका ११ जना युवाहरुले संस्थाका सञ्चालकहरुमाथि कारवाहीको माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित युवाहरुले सो कन्सल्टेन्सीकै प्रवन्ध निर्देशक साधना बस्नेतले आफूहरुसँग कुल ४५ लाख ३० हजार रुपैया दक्षिण अफ्रिका पुर्याउने भनेर लिएर अहिले म कर्मचारीमात्रै हुँ गुणराज लामाले पैसा लगेको भन्दै पन्छिन खोजेकोले बस्नेतमाथि छानविन गरेर कडा कारवाही गर्न माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै राकेश पाण्डेले आफूहरुसँग सस्थाको प्रवन्ध निर्देशक भनेर रकम लिएकी बस्नेतले अहिले आएर लामालाई दोष लगाउँदा आफूहरु अन्यौलमा परेको भन्दै तत्काल अनुसन्धान गरेर बस्नेतमाथि कडा कारवाही गर्न माग गरे । उनले आफूले पाँच लाख, सुदिप खत्रिले २ लाख ८० हजार, अशोक श्रेष्ठले ५ लाख ५० हजार, राजन पोडेले ४ लाख २० हजार, निश्चल त्रिपाठीले २ लाख ७० हजार, तिलक भण्डारीले ५ लाख ५० हजार, आशिष गुरुङ्गले ५ लाख ५० हजार, रविन्द्र महर्जनले ३० हजार, हुकुम गुरुङ्गले ५ लाख ५० हजार र डान्डाप्रसाद गुरुङ्गले ५ लाख ५० हजार रुपैया बुझाएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us