काठमाण्डु, १२ मंसिर– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त...
काठमाण्डु, २२ असोज– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए...
काठमाण्डु, १३ भदौ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय...
बेलायत, ३ भदौ– गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको...
बेलायत ,७ साउन–पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक...
न्यूयोर्क– अमेरिकामा एक नेपालीले अर्को नेपालीको गोली हानी हत्या गरेका छन् । न्यूजजर्सीस्थित मावा सहरमा २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीय फू छेवाङ्लाई गोली हानी हत्या गरेका हुन् । यो घटना गत सोमबार राति करिब १० बजेको समयमा भएको हो । ग्यास स्टेशनमा कार्यरत...
काठमाण्डु, २९ असार– दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने...
काठमाण्डु, १४ असार– अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुरु गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी...
काठमाण्डु, १० असार– बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको...
काठमाण्डु, ९ असार– गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको...
काठमाण्डु, ८ असार– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका...
काठमाण्डु, २६ जेठ– वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती प्रदेश एकता समाजका...