काठमाण्डु, १७ कात्तिक–निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका तीन गरी ५७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्रदान गरेको छ । आयोगले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म अन्तर्राष्ट्रिय संस्थातर्फ २२५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिइसकेको र ३० वटा राष्ट्रिय पर्यवेक्षक...
काठमाण्डु,१७ कात्तिक–मङ्सिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि व्यवस्थापनको दृष्टिकोणले निर्वाचन आयोगले अहिले अन्तिम तयारीको काम गरिरहेको छ । केही जिल्लाका मतपत्र र नामावलीसहित आयोगले निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । कतिपय जिल्लामा सामग्री पुग्न थालिसकेको छ । जिल्लास्तरमा मतदान केन्द्रका लागि कर्मचारी...
जनकपुरधाम, १७ कात्तिक–नेपाल भारतबीच रहेको खुला सीमाका कारण भारतबाट पटका आउने क्रम रोकिएको छैन । संविधानसभाको निर्वाचनलाई ध्यानमा राखी सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले कडाइ गरे पनि भारतबाट पटका आउने क्रम जारी रहेको छ । खासगरी महोत्तरी जिल्लाको मटिहानी नाकाबाट जनकपुरमा पटका भित्रिने गरेको स्थानीय...
काठमाण्डु, १७ कात्तिक– राष्ट्रपति डा. रामवरण यादवले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सबै नागरिक सचेत भई राष्ट्र र राष्ट्रियताको निमित्त सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेका छन् । दीपावली तथा तिहारको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले यस पर्वले समाजमा शान्ति,...
डोल्पा, १७ कात्तिक–प्रहरी र वाइसिएलका कार्यकर्ताबीच शनिबार राति सदरमुकाम दुनैमा झडप हुँदा ६ जना प्रहरी जवान सामान्य घाइते भएका छन् । सदरमुकाममा सामूहिक रूपमा हिँडेका उनीहरूलाई प्रहरीले राति नहिँड्न आग्रह गरेपछि झडप भएको हो । झडपमा संलग्न ४९ जना वाइसिएलका कार्यकर्तालाई प्रहरीले शनिवार...
काठमाण्डु,१७ कात्तिक–नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको निर्वाचनपछि राष्ट्र निर्माणको जिम्मा एमालेले लिने बताएका छन । मतदाता घरदैलो अभियानअन्तर्गत आइतवार इन्द्रायणी गाविसमा आयोजित कोणसभामा बोल्दै नेता नेपालले त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले संविधान निर्माण र मुलुकको नेतृत्व गर्न एकीकृत...
नुवाकोट, १७ कात्तिक–नुवाकोटको सुनखानी गाविसमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाण्डुबाट नुवाकोटको समुन्द्रटारतर्फ आइरहेको बा १ ख ८८५८ नम्बरको यात्रुबाहक बस आइतवार टोखा–छहरे सडकखण्डको सुनखानी–९ छहरेमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई उपचारकालागि...
धनकुटा, १७ कात्तिक–राजनीतिक दलमा चुनावी चटारो बढिरहेका बेला धनकुटाका दुर्गम गाउँलाई भने चुनावले छुन सकेको छैन । राजनीतिक दलले सुगम क्षेत्रलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गर्न थालेपछि दुर्गम गाउँलाई चुनावले छुन नसकेको हो । जिल्ला अस्पताल धनकुटामा उपचारका लागि आएकी भीरगाउँ ६ निवासी ५४ वर्षीया...
भद्रपुर, १७ कात्तिक-नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक संविधान बनाउन काँग्रेसका उम्मेदवारहरुले चुनाव जित्नै पर्ने बताएका छन् । झापाको जलथलमा घरदैलो तथा कोणसभा कार्यक्रममा नेता सिटौलाले यसपालीको चुनावमा काँग्रेसले बहुमत ल्याउने दावीसमेत गरे । एकीकृत माओवादी, नेकपा एमाले देशलाई निकास दिन नसकेको भन्दै...
काठमाण्डु, १७ कात्तिक–आज यमपञ्चकको तेस्रो दिन समस्त नेपालीको घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याउँछन् । लक्ष्मी धनकी देवी हुन्...
निजगढ, १७ कात्तिक–बाराको डुमरवानामा भारतीय नम्बर प्लेटको जीप र ट्याक्टर आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । डुमरवानाको सोह्रकिलो भन्ने स्थानमा ना ४ त ५७५७ नम्वरको ट्याक्टरसँग गएराती साढे १० बजे ठोक्किएर भारतीय जीपमा सवार बारा सिमराका कृषि...
दार्चुला, १७ कात्तिक–दार्चुलामा राजनीतिक दलका उम्मेदवारहरु सवारी साधन दर्ता नगरी आचारसंहिता विपरीत संविधानसभा निर्वाचनको चुनावी प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर पार्टीको प्रचारप्रसारका लागि हलुका सवारी साधन चलाउन पाउने निर्वाचन आयोगको आचारसंहिता विपरीत दार्चुलाका उम्मेदारले सवारी साधन प्रयोगमा ल्याएका हुन् ।...