समाचार

विपक्षीले बहिस्कार गर्ने भन्दाभन्दै सभाध्यक्षले बोलाए संविधानसभा बैठक

२०७१ माघ १९ गते १२:४४

काठमाण्डु, १९ माघ– संविधानसभाको बैठक आगामी माघ २२ मा बस्ने भएको छ । संविधानसभा सचिवालयले सोमबार सूचना जारी गरी संविधानसभा बैठक आगामी माघ २२ गते दिनको १ बजे बस्ने जनाएको छ । यसअघि गत ११ माघमा विपक्षीको अवरोधबीच प्रश्नावली समिति गठन भएसँगै बैठक अनिश्चित...

दोश्रो संविधानसभालाई असफल हुन दिन्नः ओली

२०७१ माघ १९ गते १२:३७

पोखरा,१९ माघ–  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय परिषद् बैठकको  उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । दोस्रो संविधानसभालाई असफल हुन नदिइने बताउँदै ओलीले त्यसका  लागि...

सडकमा भेटिने भए प्रचण्ड र कमल थापा

२०७१ माघ १९ गते १२:२८

काठमाण्डु, १९ माघ– संविधानसभाको चौथो दल राप्रपा नेपालले प्रमुख दुई दल काँग्रेस र एमाले स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै संविधान निर्माण प्रक्रियाबाट अलग्गिने चेतावनी दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष कमल थापाले संविधानका विवादित विषयमा प्रश्नावली तयार...

प्रक्रिया नरोके संविधानसभा छोडेर सडकमा जान्छौंः मधेशी मोर्चा

२०७१ माघ १९ गते १२:०४

काठमाण्डु, १९ माघ– फोरम गणतान्त्रिकका अध्यक्ष एवम् ३० दलीय मोर्चाका सदस्य राज किशोर यादवले सत्तारुढ दलले बहुमतको दम्भ देखाएर प्रक्रियाबाट संविधानजारी गरे आफूहरु संविधानसभा छोडने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले पक्रियाकोे विरुद्धमा सम्पूर्ण शक्तिप्रयोग गर्न र सडकमा...

संविधान लेखन प्रक्रिया रोकिदैनः रावल

२०७१ माघ १९ गते ११:४०

काठमाण्डु, १९ माघ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान लेखन प्रक्रिया अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले संविधान लेखनबारे प्रश्नावली समिति बनाएको र प्रक्रियाले गतिलिईसकेको भन्दै अब त्यसबाट कुनैपनि हालतमा पछि नहट्ने...

शिक्षकले नै फेसबुकमा अश्लील तस्वीर राखेपछि…

२०७१ माघ १९ गते ११:३७

सिन्धुपाल्चोक, १९ माघ– सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी उमाविका एक शिक्षकले सामाजिक सञ्जाल फेसबुकमा अश्लील तस्वीर राखेको भन्दै विद्यार्थीले उजुरी गरेका छन् । एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले ती शिक्षकमाथि कारबाहीको माग गर्दै क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । कारबाही माग गरिएकामा शिक्षकद्वय ठाकुरप्रसाद पौड्याल र...

संविधानसभा बैठक माघ २२ मा बस्ने

२०७१ माघ १९ गते ११:२८

काठमाण्डु, १९ माघ– संविधानसभाको बैठक आगामी २२ गते बस्ने भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा बैठक माघ २२ गते बिहिबारका लागि बोलाएका हुन् । प्रश्नावली समितिको म्याद माघ ११ गते नै सकिने भएका कारण २२ गतेका लागि बैठक बोलाइएको श्रोतले जनाएको छ...

बन्दुकधारीले बाँधेर कुटपिट गर्दै लुटेर भागे

२०७१ माघ १९ गते ११:१२

राजविराज, १९ माघ– हात हतियारसहित भारतीय भूमिबाट आएका १५÷१६ जनाको समूहमा रहेका डाँकाले सप्तरीको काचन गाविसमा लुटपाट गरेका छन् । काचन–१ देउरीका वीरेन्द्र यादवको घरमा आएको बन्दुकधारीले परिवारको सबै सदस्यलाई बाँधेर कुटपिट गर्दै डाँकाले नगद ५० हजार, सुन, चाँदी गरगहना, लत्ताकपडा र मोबाइलसमेत गरी...

प्रचण्डले फकाएपछि किरातीले फिर्ता लिए राजीनामा

२०७१ माघ १९ गते १०:३८

काठमाण्डु, १९ माघ–एकीकृत माओवादी नेता गोपाल किरातीले पार्टीको राष्ट्रिय मोर्चा विभागको इन्चार्जबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आफ्नो अगुवाइमा गठन भएका विभिन्न जातीय फोर्सलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेकाले राजीनामा फिर्ता लिएको किरातीले बताए । पार्टी नेतृत्वको निर्देशनमा आफूले फोर्स गठन गरेको तर...

एमाओवादीको धम्कीले डराउँदैनौः गृहमन्त्री

२०७१ माघ १९ गते १०:३८

  बर्दिया,१९ माघ– उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले यो पटक नेपाली जनताले जसरी पनि संविधान पाएरै छाड्ने बताएका छन् । गृहजिल्ला बर्दियामा आइपुगेका मन्त्री गौतमले कृषि विकास कार्यालयको कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले...

दुई पक्षबीच छुरा हानाहान, एकको मृत्यु

२०७१ माघ १९ गते १०:११

वीरगन्ज, माघ १९– जग्गाको विषयमा विवाद भएपछि दुई पक्षबीच छुरा हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका बारा खटुवा प्रसौनी गाविस–२ का ५० वर्षीया दिनानाथ साह तेहीको मृत्यु भएको हो । आइतबार राति दिनानाथ र विनोद साह तेलीबीच भएको झगडामा...

बन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

२०७१ माघ १९ गते ९:५०

काठमाण्डु, १९  माघ– वन्यजन्तु संरक्षणमा नेपालले एसियामै नमूना प्रस्तुत गरेको विषयमा बहस भैरहेको बेला सोही नमुनालाई अन्य राष्ट्रहरुमा समेत प्रयोग गर्ने उद्धेश्यसहित सोमबारदेखि अन्तर्राष्ट्रिय सम्मेलनको सुरुवात भएको छ । खासगरी बाघ र गैंडा पाइने मुलुकहरुमा चोरी शिकारलाई शुन्यमा झार्ने लक्ष्य राख्दै १३ एसियाली देशका सरकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us