डडेल्धुरा, २३ पुस–खाद्य संकटको उच्च जोखिममा रहेका डडेल्धुराका १० गाविसमा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ । संकटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत कृषि विकास मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा आयोजना सुरु गरेको हो...
काठमाण्डु, २३ पुस– सरकारले सबै सामुदायिक (सरकारी) विद्यालयका माध्यमिक तहमा अङ्ग्रेजी माध्यमबाट पढाउने दसबर्षे योजना ल्याएको छ । निजी र सरकारी विद्यालयमा समान रुपले शिक्षा दिलाउन र सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन यस्तो योजना ल्याइएको शिक्षा मन्त्रालयले जनाएको छ । यो योजना २०७३ वैशाखदेखि पूर्ण...
काठमाण्डु, २२ पुस– प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई हरेक तीन महिनामा एक पटक नागरिकहरुको गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सबै जिल्ला प्रहरी कार्यालयलाई प्रत्येक तीन महिनामा नागरिक सुनुवाई गर्न निर्देशन दिएका हुन् ।...
काठमाण्डु, २२ पुस– एकीकृत नेकपा माओवादीका करिब एक सय ५० भन्दा बढी केन्द्रीय सदस्य घटुवामा पर्ने भएका छन् । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गर्न तयार पार्दै गरेको दस्तावेजको संगठनात्मक प्रस्तावमा केन्द्रीय समिति सानो बनाउने उल्लेख छ । निर्वाचनको...
काठमाण्डु, २२ पुस – एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज चित्त नबुझे छुट्टै दस्तावेज ल्याउने बताएका छन् । अध्यक्ष प्रचण्डसँग दस्तावेज तयारीका विषयमा सोमबार छलफल गरेपछि काठमाण्डु टुडेसँग कुराकानी गर्दै श्रेष्ठले सो कुरा बताएका...
काठमाण्डु, २२ पुस – सभासद चयनप्रति असन्तुष्ट राप्रपा नेपालका केही नेताहरुले संविधानसभा अदालतमा उजुरी गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीमा अध्यक्षबाट निर्वाचन आयोगलाई उलब्ध गराइएको नामावलीप्रति असन्तुष्टि जनाउँदै उनीहरु अदालत गएका हुन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शास्त्रदत्त पन्त, गणेश शेरचन, इन्द्र आचार्यलगायत नौ...
काठमाण्डु, २२ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारले गोप्य विषयलाई समाचार बनाइदिँदा भ्रष्टाचार छानबिनमा कठिनाइ भएको बताएको छ । सरकारी निकायमा छापा मार्नका लागि गरिएको पूर्वतयारीलाई पत्रकारले समाचार प्रकाशन तथा प्रसारण गरेका कारण छानबिनमा कठिनाइ भएको आयोगका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बताए । सूचना...
काठमाण्डु, २२ पुस – निर्वाचन आयोगले संविधानसभाको दोस्रो निर्वाचनबाट समानुपातिकतर्फ निर्वाचित सभासदहरुलाई प्रमाणपत्र बितरण गरेको छ । आयागको कार्यालय कान्तिपथमा सोमबार एक कार्यक्रमको आयोजना गरेर निर्वाचनमा विजयी ३० दलका समानुपतिक तर्फका ३ सय ३५ जना सभासदलाई प्रमाणपत्र वितरण गरेको गरिएको हो । निर्वाचनमा विजयी...
काठमाण्डु, २२ पुस – व्यवसायी अफताब आलम अन्सारीको हत्यामा संलग्नलाई ज्यानको बाजी राखेर पक्रन सफल दुई प्रहरी एक तह बढुवा भएका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेख अबजानलाई एकतह बढुवा गरी दज्र्यायनी चिन्ह लगाइएका छन्...
भद्रपुर, २२ पुस – ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर झापामा सोमबार मध्याह्न दुई जनाको मृत्यु भएको छ । झापाको अनारमणि–४ बस्ने वर्ष २५ का अमन अग्रवाल र भद्रपुर–६ बस्ने वर्ष ३६ का समरजित साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...
भक्तपुर, २२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा कसले बोलाउने भन्नेबारेमा ठूला दलले निरर्थक विवाद खडा गरेर संविधानसभा बैठक बोलाउन ढिला गरेको आरोप लगाएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानसभा बैठक जसले बोलाए...
काठमाण्डु, २२ पुस– नेकपा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रपति रामवरण यादवले पछिल्लो समय देखाएको सक्रियता अशोभनीय भएको बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा नेता ज्ञवालीले संवैधानिक राष्ट्रपतिले आफ्नो भूमिका खोज्दै ‘ओभर सकृयता’ देखाउन अशोभनीय भएको बताएका हुन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार संविधानसभाको बैठक...