काठमाण्डु, २० माघ– पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का नेता बाबुराम भट्टराईले निजामती कर्मचारी पार्टीसेवकभन्दा राष्ट्रसेवक हुनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको आठौँ वार्षिकोत्सव तथा भवन प्रवेशको अवसरमा राजधानीमा मंगलबार आयोजित कार्यक्रममा जनताको करबाट तलब खाने भएकाले कर्मचारी राष्ट्रसेवक हुनुपर्नेमा जोड दिए...
काठमाण्डु, २० माघ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका निम्ति सरकार, मिडिया व्यवस्थापन र सम्बन्धित संस्थासँग चरणबद्धरुपमा छलफल गरे पनि कार्यान्वयमा गम्भीरता नदेखाएको भन्दै आन्दोलनमा जानुपर्ने बताएका छन् । पत्रकारिताका विभिन्न सङ्घ सङ्घठनका प्रतिनिधिसँग मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले...
काठमाण्डु,२० माघ– सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको जनाएको छ । पूर्व राजपरिवारको भौतिक सम्पत्तिलाई एकीकृत रुपमा मुलुक र जनताको हितका लागि प्रयोग गर्न सरकारले नेपाल ट्रष्टको कार्यालयमार्फत अभियानात्मक रुपमा काम अगाडि बढाएको जनाएको हो । ट्रष्टका सहसचिव प्रज्ज्वल...
काठमाण्डु, २० माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई संवैधानिक राष्ट्रपति बन्ने प्रस्ताव गरिएको तर आफूले अस्वीकार गरेको खुलासा गरेका छन् । प्रचण्डले संवैधानिक राष्ट्रपति आफ्ना लागि जेल जानुजस्तै भएको पनि टिप्पणी गरे । एमाओवादीको युवा संगठन वाईसीएलको केन्द्रीय समिति बैठकलाई मंगलबार पेरिसडाँडामा...
भक्तपुर, २० माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा आफ्नो विचारलाई पनि प्रश्नावली समितिमा नसमेटिए सडक आन्दोलनको विकल्प नभएको चेतावनी दिएका छन् । अध्यक्ष थापाले आप्mनो एजेन्डालाई छलफल र निर्णयमा लैजान नपाउने संविधानको औचीत्य नहुने पनि जिकिर गरे । भक्तपुरको रफत सञ्चार क्लबमा बोल्दै...
काठमाण्डु,२० माघ– त्रिभुवन विश्वविद्यालयले काठमाण्डु उपत्यकाका क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकारवाला पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ । यसै वर्षदेखि उपत्यकाका सम्बन्धनप्राप्त कलेजबाट सेमेस्टर प्रणालीमा शिक्षण गराउने तयारी गरेको विश्वविद्यालयले विद्यार्थी सङ्गठनको असहमतिका कारण हाललाई स्थगन...
काठमाण्डु, २० माघ– नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताएका छन् । प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा...
काठमाण्डु, २० माघ– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीको आन्दोलनको धम्कीले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । उनले भने, ‘डर, धाक, धम्की र घुर्कीसँग डराएर संविधान निर्माण प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन ।’ संविधान जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री...
काठमाण्डु, २० माघ– प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पैँसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । आगामी फागुन ६, ७ र ८ गते मनाइने सो दिवसका लागि सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको प्रधानमन्त्रीको कार्यालयमा...
विराटनगर,२० माघ –लामो समयको अन्तरालपछि पूर्वाञ्चलका बालबालिकाले अब बिसीजी र रुबेलाको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्यसेवा विभाग,आपूर्ति व्यवस्था महाशाखा, काठमाडौँले माघ १६ गते क्षेत्रीय मेडिकल स्टोर विराटनगर कार्यालयलाई वितरणका लागि आवश्यक खोप पठाएपछि बालबालिका खोप लगाउन पाउने भएका हुन् । विगत दुई...
काठमाडौँ, २० माघ– सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारले दुर्घटना परेका सञ्चारकर्मीका लागी विमाको व्यवस्था गर्ने काम अघि बढाइसकेको बताएका छन् । ब्रेन ट्युमरको उपचारका क्रममा हाल भारतको नयाँदिल्लीमा रहेका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचार सहयोगका लागि आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री रिजालले...
सोलुखुम्बु,२० माघ– पाँचवटा बस सेवा समितिले संयुक्तरुपमा सोलुखुम्बुदेखि काठमाडौँसम्म सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएका छन् । सडक सञ्जालको पूर्ण विस्तारपछि सोलुखुम्बुबाट काठमाडौँका लागि रु एक हजार ४०० मा पहिलो पटक दिवा तथा रात्रिकालीन बस सुचारु गरिएको हो । हिमाल तराई यातायात, मध्यपहाडी यातायात, खोटाङ...