समाचार

सबैको अधिकार समेटेर संविधान जारी गरिन्छः नेम्वाङ

२०७१ माघ २१ गते १२:१०

काठमाण्डु, २१ माघ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आदिवासी÷जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताएका छन् । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा दलित नागरिक समाजको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले युगौँदेखि उत्पीडनमा पारिएका दलित समुदायले भोग्दै आएका...

प्रश्नावली समितिले किन म्यादभित्र काम गर्न सकेन ?

२०७१ माघ २१ गते ११:२१

काठमाण्डु, २१ माघ– संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएपछि बनाइएको प्रश्नावली प्रस्ताव उपसमितिले तोकिएको मितिमा काम पूरा गर्न सकेन । बुधबारसम्मलाई कार्यादेश पाएको समितिले अर्को पाँच दिन मागेको छ । बुधबार संविधानसभाभित्र बसेको प्रश्नावली प्रस्ताव समितिको बैठकले संविधानसभासँग थप समय माग्ने निर्णय गरेको हो ।...

पशुपतिशमशेरले भने– ‘विपक्षी नआए पनि हामी संविधान बनाउँछौ’

२०७१ माघ २१ गते ११:१८

काठमाण्डु, २१ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले विपक्षी मोर्चा बहुमतीय प्रक्रियामा नआए पनि संविधान निर्माण हुने दाबी गरे । अध्यक्ष जबराले प्रक्रियाको विकल्प नभएको भन्दै एमाओवादी र मधेसवादी दलबिता पनि आफूहरुले संविधान जारी गर्ने बताएका हुन् । रिपोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै...

रत्नपार्क अब वेरोजगारका लागि होइन…

२०७१ माघ २१ गते १०:४४

काठमाण्डु, २१ माघ– सार्क शिखर सम्मेलन हुनु केही दिनअघिदेखि बन्द हुँदै आएको रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । पुनःसंरचना तथा मर्मत सम्भार गर्न भन्दै सर्वसाधारणका लागि निषेध गरिएको रत्नपार्क आउँदो फागुन अन्तिम सातादेखि खुल्ला गरिने काठमाण्डु महानगरपालिकाका विभागीय प्रमुख शान्ताराम पोखरेलले...

मृत्यु शैय्यामा सङ्घर्ष गदै बालक

२०७१ माघ २१ गते १०:११

जाजरकोट,२१ माघ– गर्खाकोट– ५ मैपका १४ वर्षीय एक बालक आर्थिक अभावले मुटुको भल्भ फेर्न समस्यामा परेका छन् । मुटु नै फेर्नसक्ने घरको आर्थिक अवस्था निकै कमजोर भएपछि बालक निकै समस्यामा परेका हुन् । दुई वर्षदेखि पेट र मुटु दुख्ने समस्याबाट पीडित १४ वर्षीय भूपेन्द्र...

चितवनको वीपी क्यान्सर अस्पतालमा करोडौँ घोटाला !

२०७१ माघ २१ गते १०:०७

चितवन,२२ माघ– चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताल नेपालको चर्चित अस्पतालमध्येमा पर्दछ । विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको सो अस्पतालको विषयमा बेला–बेलामा विभिन्न समाचारहरु बाहिर आइरहने गर्छन् । त्यस्तै,पछिल्लो समयमा पनि सो अस्पतालका व्यवस्थापक र त्यसको वरिपरि घुम्नेहरुले करोडौ भ्रष्टाचारको योजना बनाएको खुलासा भएको...

नेपालमा गरिखाने शिक्षा छैनः मन्त्री बस्नेत

२०७१ माघ २१ गते ९:५६

भक्तपुर, २१ माघ– उद्योग मन्त्री महेश बस्नेतले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तनको खाँचो रहेको बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयको साधारणसभा एवम् सीप विकास तालिमको उद्घाटन गर्दै उनले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन नभएसम्म बेरोजगारी समस्या समाधान नहुने बताए । नेपालको शिक्षा...

खानपान र जीवनशैलीमा ध्यान दिनुस्, क्यान्सर लाग्नबाट जोगिनुस्

२०७१ माघ २१ गते ९:२७

काठमाण्डु, २१ माघ– उचित खानपान र जीवनशैली अपनाए ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने चिकित्सकहरू बताएका छन् । विश्व क्यान्सर दिवसका अवसरमा बुधबार जनस्वास्थ्य सरोकार ट्रष्टद्वारा आयोजित कार्यक्रममा विश्वमा हरेक वर्ष पाँच लाखको सङ्ख्यामा पाठेघर तथा स्तन क्यान्सर रोगी फेला पर्ने र तीमध्ये दुई...

राष्ट्रपतिलाई अघि सार्ने खेल भइरहेको एमाओवादी महासचिवको दाबी

२०७१ माघ २१ गते ८:४०

काठमाण्डु, २१ माघ– एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले राष्ट्रपतिलाई अघि सारेर सत्ता हत्याउने खेल भइरहेको दाबी गरेका छन् । महासचिव महराले सत्तापक्ष र विपक्षीबीच फाटो ल्याएर त्यस्तो खेल खेल्न खोजिएको बताएका हुन् । पूर्वमन्त्री तथा सभासद समेत रहेका महराले काठमाण्डु टुडेसँग भने, ‘अहिले एकातिर...

बसको ठक्करबाट एकको मृत्यु, २८ घाइते

२०७१ माघ २१ गते ८:३६

झापा, २१ माघ– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी छ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । काँकरभिट्टाबाट यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा...

भारत र अमेरिकाका लागि राजदुत अनूमोदन

२०७१ माघ २१ गते ८:२६

काठमाण्डु,२१ माघ– बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले रिक्त रहँदै आएका भारत र अमेरिकाको राजदुत अनूमोदन गरेको छ ।  ती मुलुकमा राजदूत अनुमोदन हुनेहरुमा क्रमशः दीपककुमार उपाध्याय र डा. अर्जुन कार्की रहेका छन् । गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष कार्की लामो समयदेखि गैरसरकारी क्षेत्रमा...

बेलौरीका बाढीपीडितले भने, ‘सरकार, बाँकी रहेको जमिन त जोगाइदेउ !’

२०७१ माघ २१ गते ८:१५

कञ्चनपुर, २१ माघ– जिल्लाको दक्षिणी क्षेत्र शङ्करपुरका दोदा नदी पीडितले बाँकी रहेको घरखेती जोगाइदिन सरकारसँग माग गरेका छन् । मङ्गलबार शङ्करपुरका बाढीपीडितले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । पीडितहरूले अहिलेसम्म जति दोदाले हाम्रो घरखेत बगायो, अब बाँकी रहेको जमिन खेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us