समाचार

विष सेवनबाट बागबानी अधिकृतको मृत्यु

२०७० कार्तिक २१ गते ४:०३

सोलुखुम्बु, २१ कात्तिक–जिल्ला बागबानी केन्द्र फाप्लु सोलुखुम्बुका बागबानी अधिकृत गणेशराज पाण्डेको विष सेवनबाट मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजेतिर विष सेवनपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएकोमा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए । कार्यालयकै...

तमलोपा उम्मेदवार खाँको निधन

२०७० कार्तिक २१ गते ३:२०

तौलिहवा, २१ कात्तिक–कपिलवस्तु क्षेत्रनम्बर १ का तमलोपाका प्रत्यक्षतर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । खाँको हृदयघातबाट विहीबार विहान निधन भएको हो । बुधबार राती हृदयघात भएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै खाँको निधन भएको पारिवारिक स्रोतले जनाएको...

मधेसवादी दल रक्षात्मक हुँदै

२०७० कार्तिक २१ गते ३:१८

कपिलवस्तु, २१ कात्तिक–कपिलवस्तुका पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नागरिकको घरदैलोमा पुगेर मतदातासँग मत माग्ने काम जारी राखेका छन् । हालसम्मको निर्वाचन गतिविधिलाई नजिकबाट नियाल्नेहरुका अनुसार जिल्लामा एमाओवादी, नेपाली काँग्रेस र एमालेको अवस्था यसपालि सुध्रिने स्थितिमा छ भने मधेसवादी दलको साख बच्न गाह्रो...

छठको दोस्रो दिन आज खराना

२०७० कार्तिक २१ गते १:५३

काठमाण्डु, २१ कात्तिक–मिथिलाञ्चलको महान् पर्व छठको दोस्रो दिन विहीबार खराना मनाइंदैछ । जसअन्तर्गत व्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुराहरु खाने गर्दछन् । त्यस्तै शुक्रबार तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफ्ना...

एमाओवादी उम्मेदवारको घरमा तोडफोड

२०७० कार्तिक २१ गते १:३१

इटहरी, २१ कात्तिक– एमाओवादी सुनसरी क्षेत्रनम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा तोडफोड भएको हो । सुवेदी सुनसरी जिल्ला इन्चार्जसमेत हुन् । तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको छ...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २१ गते १:२९

विराटनगर, २१ कात्तिक– एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको मेची–महाकाली जागरण अभियान विहीबार पनि जारी छ । एमाओवादीले झापाको काकडभिट्टाबाट बुधबार अभियान शुरु गरेको थियो । बुधबार पहिलो दिन विर्तामोड, दमक, इटहरी हुदै मोरङको विराटनगर आएर विश्राम लिएको थियो । विराटनगरको...

बन्द फिर्ता लिन आन्दोलनकारीलाई अपिल

२०७० कार्तिक २० गते १६:२०

काठमाण्डु, २० कात्तिक–राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले संविधानसभा निर्वाचलाई बहिस्कार गर्दै नेकपा–माओवादीले गर्ने भनेको बन्दले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर पार्ने भन्दै अविलम्ब सो बन्द फिर्ता दिन अपिल गरेको छ । परिषद्का अध्यक्ष सुदीप पाठकले बन्दले रोजगारी, व्यापारलगायत संविधानसभा निर्वाचन २०७० लाई गम्भीररूपमा...

शीर्ष नेतालाई हेलिकोप्टर उडानमा सहमति

२०७० कार्तिक २० गते १५:००

काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका लागि आ–आफ्ना पार्टीका चुनावी कार्यक्रममा भाग लिन जानका लागि विभिन्न राजनीतिक दलका नेतालाई हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको छ । आयोगका प्रवक्ता राईका अनुसार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाई कात्तिक २७ गते संखुवासभा,सोही पार्टीका वरिष्ठ नेता...

एमालेको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता घाइते, चार एमाले कार्यकर्ता बन्धक

२०७० कार्तिक २० गते १४:४६

जाजरकोट, २० कात्तिक–जाजरकोटको खगेनकोट गाविस–७ बुधबार विहान नेकपा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । खगेनकोट–७ का काँग्रेस कार्यकर्ता २८ वर्षीय नरबहादुर खत्री खुकुरी प्रहारबाट घाइते भएका हुन् । एमाले कार्यकर्ता धनबहादुर चदाराको खुकुरी प्रहारबाट खत्री घाइते भएको काँग्रेस...

भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक

२०७० कार्तिक २० गते १४:३५

सप्तरी, २० कात्तिक–संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । निर्वाचनमा सुरक्षा सम्वेदनशीलता एवम् अपराधिक तत्वको सम्भावित प्रवेशलाई दृष्टिगत गरी बुधवारदेखि निर्वाचनको दिन मङ्सिर ४ गतेसम्मका लागि जिल्लामा भारतीय नम्बरप्लेटको मोटरसाइकल  सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

ढुङ्गेलसहित एमाओवादीका दुईजनाको उम्मेदवारी रद्ध

२०७० कार्तिक २० गते १२:४२

काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले एकीकृत नेकपा माओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुङ्गेल र उशा फकिर शाहाको उम्मेदवारी रद्ध गरेको छ । ढुङ्गेललाई सर्वोच्च अदालतले सर्वस्व सहित जन्म कैद सुनाएको र शाहाले राष्ट्रिय मुस्लिम आयोगको सदस्य पदमा रहेर सरकारी सुविधा लिइरहेकोले समानुपातिकको बन्दसूचीबाट नाम हटाइएको आयोगका...

चुनावमा तालमेलको कुरा भ्रामक : एमाओवादी

२०७० कार्तिक २० गते ११:११

काठमाण्डु, २० कात्तिक–एकीकृत नेकपा माओवादीले आगामी चुनावमा कसैसँग तालमेल नगरेको स्पष्ट पारेको छ । यही कात्तिक १५ गते राजधानीबाट प्रकाशित एक पत्रिकाले ‘एमाओवादी र राप्रपाबीच तालमेल’ शीर्षकको समाचार छापेपछि एमाओवादीले तालमेलको कुरा भ्रामक भएको जनाएको छ । एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले बुधबार विज्ञप्ती निकालेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us