काठमाण्डु, २१ कात्तिक– सरकारले ४ मंसिरको संविधानसभा निर्वाचन प्रभावित गर्ने उद्देश्यले कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बन्द, हड्तालजस्ता कार्यक्रम गरी निर्वाचनमा बाधा अवरोध नपुर्याउन आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुुरा गर्दै स्वास्थ्य तथा स्थानीय...
इटहरी–लिम्बुवान मुक्ति मोर्चाले नौ प्रदेशको संघीय संरचना बनाउनु पर्नेमा प्रस्ताव सार्वजनिक गरेको छ । लिम्बुवान, खम्बुवान, मधेस मिथिला, नेपाल मण्डल, तामाङसालिङ, तमुवान, मगरात, थरुहट र खसान प्रान्त रहनु पर्ने सो मोर्चाको प्रस्ताव छ । ती प्रस्तावित प्रान्तभित्र स्वायत्त प्रदेशहरूमा २१ वटा स्वायत्त क्षेत्र, लिम्बुवान...
काठमाण्डु, २१ कात्तिक– चर्को दबाबपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन प्रभावित पार्ने उद्देश्यले घोषणा गरिएको आमहड्ताल छोट्याउन तयार देखिएको छ । वैद्य माओवादीले आगामी २५ कात्तिकदेखि ५ मंसिरसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ । उपाध्यक्ष सीपी गजुरेलले परिस्थिति हेरेर ३३ दलले घोषणा गरेको आमहडताल...
काठमाण्डु, २१ कात्तिक– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न देशभर विभिन्न ५६ वटा टोली खटाउने भएको छ । आयोगको बिहीबारको बैठकले अनुगमनका लागि ५६ टोली बनाएर देशभर पठाउने निर्णय गरेको हो । आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार प्रत्येक टोलीको नेतृत्व सचिव वा...
काभ्रे, २१ कात्तिक – काभ्रेमा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार प्रयास गर्ने एक जना पक्रा परेका छन् । जिल्लाको उग्रचण्डीनाला–६ की १८ वर्षीया युवती बलात्कार गर्न खोज्ने मेच्छे–८ का इलमसिंह तामाङलाई प्रहरीेले बिहीबार पक्राउ गरेको हो । युवतीले हारगुहार गरेपछि गाउँलेले नियन्त्रणमा लिएर अभियुक्त तामाङलाई...
हेटौँडा, २१ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आम जनतालाई शान्ति सुरक्षाका साथै विकासको पूर्वाधार र आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गर्न जनताले राष्ट्रवादी शक्तिलाई मतदान गरेर नेतृत्व दिनुपर्ने बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा जिल्लाको क्षेत्र नं १ अन्तर्गत छतिवन गाविसको जुरेली तथा स्थानीय फापरबारी...
धनगढी, २१ कात्तिक–कैलालीको रामशिखरझाला गाविस ५ जनकपुरमा बुधबार साँझ नेकपा एमालेका कार्यकर्ता र स्थानीय युवा समूहबीच झडप हुँदा दुबैतर्फ गरी १८ जना घाइते भएका छन् । पिकनिक खाएर फर्किरहेका स्थानीय युवाहरू र एमाले क्षेत्रनम्बर ४ को चुनावी सभामा सहभागी एमाले कार्यकर्ताहरुबीच झडप भएको हो...
भरतपुर, २१ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरको निर्वाचन स्थगन हुने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । तिहार मानेर निर्वाचन अभियानका लागि राजधानीबाट बिहीबार चितवन पुगेका कोइरालाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे । उनले सबै दल...
सुनसरी, २१ कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा नारायणहिटी, सिंहदरवारबाट नभई गाउँका झुपडीबाट आएको बताएका छन् । गरीब, उत्पीडित जनताको रगत पसिनाबाट जन्मेको संविधानसभालाई सफल पार्ने जिम्मेवारी तिनै जनताको काँधमा रहेको उनको भनाइ छ । मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत विहीबार...
मङ्गलबारे, २१ कात्तिक–नेकपा एमाले इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुवास नेम्वाङले मुलुकलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन आफ्नो दल तयार रहेको बताएका छन् । त्यसका लागि एमालेको जित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । विहीबार विहान इलामको चुलाचुलीमा पत्रकारसँग कुरा गर्दै उनले...
राजविराज, २१ कात्तिक–सप्तरी जिल्ला प्रशासनले विहीबारबाट जिल्लामा भारतीय मोटरसाइकल सञ्चालनमा निषेध गरेको छ । आसन्न संविधानसभा निर्वाचनमा आपराधिक व्यक्तिहरुको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मंसिर ४ गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै भारतीय नम्बरका मोटरसाइकल निषेध गर्ने,...
राजविराज, २१ कात्तिक–एकीकृत नेकपा माओवादीको जागरण अभियानलाई विथोल्ने उद्देश्यले नेकपा–माओवादीले विहीबार सप्तरी जिल्ला बन्द गराएको छ । नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्दका कारण विहीबार बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारी साधन ठप्प हुँदा...