समाचार

गुण्डालाई राजनीतिक संरक्षण नभए भ्रष्टाचार अन्त्य हुन्छ : लोकमानसिंह कार्की

२०७० पुष २४ गते १०:२०

हेटौँडा, २४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताएका छन् । अख्तियारको मध्यामाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा उद्घाटन गर्र्दै कार्कीले स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना...

प्रचण्ड, बाबुराम र नारायणकाजी एउटै मञ्चमा

२०७० पुष २४ गते १०:०६

काठमाण्डु, २४ पुस– समानुपातिक सभासद छनोटमा विवाद भएपछि एक अर्काप्रति खुला रुपमै असन्तुष्टी जनाउँदै आएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ विहीबार एउटै मञ्चमा देखिने भएका छन् । विहीबार हुने क्रान्तिकारी आन्दोलनका नेता जयगोविन्द शाहको स्मृति...

पोल्न लगेको लाश घाटबाट अस्पतालतिर

२०७० पुष २४ गते ९:४२

ताप्लेजुङ, २४ पुस – सोमबार राति मृत्यु भएकि ताप्लेजुङकी मेनुका श्रेष्ठका माइती पक्षले हत्याको आशंका गरेपछि जलाउन घाटमा पुर्यासइएको उनको शव अस्पताल पठाइएको छ । माइती पक्षले हत्याको आशंका गरेपछि ताप्लेजुङमा नाङखोल्याङ गाविस म्याखाकी एक महिलाको शव दाहसंस्कार गर्न घाटमा पुर्या इए पनि फर्काइएको...

चाँडो सरकार बनाउन कोइरालालाई सुझाव

२०७० पुष २४ गते ९:२४

काठमाण्डु, २४ पुस – गृहमन्त्री माधव घिमिरेले जतिसक्दो छिटो नयाँ सरकार गठन गर्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । काँग्रेस सभापति सुशील कोइरालालाई बुधबार बिहान भेटेर घिमिरेले सबै दललाई समेटेर छिटो सरकार बनाउन आग्रह गरेका हुन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा घिमिरेले सरकार...

काँग्रेस आन्तरिक छलफलमा

२०७० पुष २४ गते ९:०९

काठमाण्डु, २४ पुस – नेपाली काँग्रेसले संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार चयन लगायत विषयमा देखिएको विवाद समाधानको प्रयास थालेको छ । विवाद समाधानको प्रयासमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच बुधबार छलफल हुन लागेको हो । प्रवक्ता...

बहु विवाहको आरोपमा पक्राउ

२०७० पुष २४ गते ८:१८

वीरगन्ज, २४ पुस – बहुविवाहको आरोपमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु इन्द्रचोक निवासी राहुल रौनियारलाई सुराकीका आधारमा वीरगन्ज उपमानगरपालिका– ६ रेशमकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगन्ज उपमहानगरपालिका– ५ की लक्ष्मीदेवी रौनियारले पति राहुल रौैनियारले बहुविवाह...

पर्सामा फेरि हात्ती आतंक

२०७० पुष २४ गते ७:५४

वीरगन्ज, २४ पुस – चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी र निर्मलवस्ती गाविसमा आतंक मच्चाउँदै आएको छ । निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरु राति...

प्रधान आक्रमणप्रति महासंघको ध्यानकर्षण

२०७० पुष २४ गते ७:३५

काठमाण्डु, २४ पुस – नेपाल पत्रकार महासंघले नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानमाथि मंगलबार साँझ अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बानेश्वरको भीमसेनगोलामार्गमा प्रधान चढेको बा ५ च ३९५९ नम्बरको कारमा तीन÷चारवटा मोटरसाइकलमा आएका व्यक्तिले तरबार, रड र लाठीले आक्रमण...

आश्रम बन्यो नमुना पशुपालन केन्द्र

२०७० पुष २४ गते ७:०१

कावासोती, २४ पुस – आश्रम भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ योग, ध्यान, सन्यास, एकान्तबास र जीवनबाट विरक्त भएकाहरुको बस्ने ठाउँ  । तर नवलपरासीको कोल्हुवामा रहेको अरबिन्द  आश्रम भने हेर्दा र सुन्दा फरक छ । भारतको पण्डिचेरीमा रहेको अरबिन्द आश्रमका साधक स्वामी रामचन्द्र दास बीस...

जाजरकोटमा ल्याप्चेले सरकारी सेवा नपाइने

२०७० पुष २४ गते ६:५८

जाजरकोट, २४ पुस – जाजरकोटमा सरकारी सेवा पाउन ल्याप्चेले काम नचल्ने भएको छ । अहिले त्यस ठाउँमा हस्ताक्षर अनिवार्य गर्न जिल्लाका निरक्षर समुदायलाई हस्ताक्षर गर्न सिकाइँदैछ । निरक्षरता उन्मूलन अभियानको एक वर्ष मात्र बाँकी रहँदा जिल्लामा अझै २० हजार निरक्षर रहेको देखिएकाले तीन महिने...

झोले विद्यालयको छानबिन गर्दै अख्तियार

२०७० पुष २४ गते ६:५२

गौशाला, २४ पुस – जिल्लामा अवैध रुपमा सञ्चालित झोले विद्यालयका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली महोत्तरी पुगेको छ । टोलीमा प्रहरी अधिकारी, मन्त्रालयका सहसचिव र शाखा अधिकृत स्तरका कर्मचारी सहभागी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला...

बस दुर्घटनामा १० जना घाइते, ४ गम्भीर

२०७० पुष २४ गते ५:४३

दमक, २४ पुस–झापाको लखनपुरमा बुधबार विहान यात्रु बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ६८४४ नम्बरको बस गेउरिया खोला पुल नजिकै दुर्घटना भएको हो । गम्भीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us