समाचार

पशुपतिमा ११ करोड, ११ लाख बत्ती बालिने

२०७१ माघ २१ गते ६:५५

काठमाण्डु, २१ माघ– ओम नमः शिवाय परिवार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि आगामी फागुन १८ गतेदेखि एकादश कोटी महाज्योति विश्व शान्ति दीप प्रज्ज्वलन कार्यक्रम गर्ने भएको छ । काठमाण्डुको वनकालीमा फागुन १८ देखि २७ गतेसम्म कोटीहोम तथा २८ गते पशुपतिनाथको मन्दिर परिसरमा...

बैंकबाट झिकेलगत्तै फिल्मी शैलीमा लुटियो सरस्वतीको १८ लाख

२०७१ माघ २१ गते ६:४७

काठमाण्डु, २१ माघ काठमाण्डुको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकबाट लुटेराहरुको एक समूहले रकम लुटेको छ । बुधबार बैंकको शाखाबाट रकम झिकेलगत्तै सरस्वती आयार्चको साथबाट लुटेराले रकम लुटेका हुन् । ह्वाइट हाउस कलेज नजिकै बैंकको साखाबाट रकम झिकेर निस्कन लाग्दा केही व्यक्तिले रकम लुटेर भागेको प्रहरीले...

बन्दुकसहित तीन जना पक्राउ

२०७१ माघ २१ गते ६:०७

महोत्तरी, २१ माघ– महोत्तरी प्रहरीले जिल्लाको बेलगाछी गाविसबाट हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलगाछी गाविस–१ का शङ्कर महतो, गाविसको वडा नम्बर २ का प्रल्हाद साह र गौशाला नगरपालिका–३ का अरुण महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले उनीहरुको...

एमाओवादीद्वारा आफ्नै कार्यकर्तामाथि यस्तो धम्की

२०७१ माघ २१ गते ५:३५

काठमाण्डु, २१ माघ– एमाओवादीले पार्टीद्वारा घोषित आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्ताको पार्टी सदस्यता खोस्ने धम्की दिएको छ । पार्टी केन्द्रीय समिति बैठकको सर्कुलरमा आन्दोलनमा नआउने तथा पार्टी नीतिविपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गरिने उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार भेटघाटमा...

अपि जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न

२०७१ माघ २१ गते ३:०५

गोकुलेश्वर(दार्चुला), २१ माघ – दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । साढे आठ मेगावाट क्षमताको सो आयोजनाले आगामी चैत महिनादेखि बत्ती बाल्ने कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । यसैबीच अपि हाइड्रोपावर...

केपी ओलीलाई राँची लानुपर्छः महतो

२०७१ माघ २० गते १५:३७

जनकपुर, २० माघ– सद्भावना अध्यक्ष राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीलाई उपचारका लागि राँची पठाउनुपर्ने बताएका छन् । ३० दलीय गठबन्धनको बैठकमा सहभागी हुन जनकपुर पुगेका महतोले ओलीको दिमागले काम नगरेको आरोप लगाए । उनले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दै उपचार खर्च...

भारत बेच्न लागिएका १२ बालबालिकाको प्रहरीद्वारा उद्दार

२०७१ माघ २० गते १४:३८

चितवन, २० माघ– भारत लैजान लागिएको अवस्थामा चितवनको भरतपुरबाट प्रहरीले शङ्कास्पदरुपमा १२ बालबालिका भेटेर आदर्शगृह पठाएको छ। आफ्नै अभिभावकसहित तीन व्यक्तिले ती बालबालिकालाई भारत लैजान लागेको बताएकाले शङ्कास्पद घटना देखेर अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । ती...

विप्लव माओवादीद्वारा झण्डा गाडेर १२ बिगहा जमिन कब्जा

२०७१ माघ २० गते १४:३१

बाँके, २० माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बाँकेमा १२ बिगहा जमिन कब्जा गरेको छ । नेपालगञ्ज– कोहलपुर सडक खण्डसँगै जोडिएको जमिन चन्दका कार्यकर्ताले कब्जा गरेका हुन् । चन्द माओवादीका जिल्ला सचिव मानबहादुर रोकायको नेतृत्वमा गएका कार्यकर्ताले झण्डा गाडेर जमिन कब्जामा लिएको घोषणा...

चालकले खसाले भेरीमा बस, १० जना घाइते

२०७१ माघ २० गते १४:२१

सुर्खेत, २० माघ– सुर्खेतको घुमखहरेबाट मंगलबार यात्रु बस भेरी नदीमा खसेको छ । सल्यानको सल्लीबजारबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १५१६ नम्बरको बस मंगलबार दिउँसो सडकबाट ५० मिटर तल भेरीमा खसेको हो । दुर्घटनामा १० यात्रु घाइते भएको प्रहरीले जनाएको छ । तीव्र...

बानियाँको हत्याको आशङ्कामा ६ जना पक्राउ

२०७१ माघ २० गते १४:१३

उदयपुर,२० माघ– उदयपुरको त्रियुगा नगरपालिका–११ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकको सुरक्षा गार्डको हत्याको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  बैंकका केही कर्मचारी तथा स्थानीयसहित छ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका–८ बगाहा बस्ने...

प्रचण्डलाई ‘झुण्ड्याउने’ तयारी भएकाले आन्दोलनमा जान लागेका हौंः शर्मा

२०७१ माघ २० गते १३:३९

काठमाण्डु, २० माघ– एमाओवादी प्रवक्ता दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वलाई झुण्ड्याउने षड्यन्त्र भएकाले आफूहरु बाध्य भएर आन्दोलनमा जान लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै शर्माले सत्तासीन प्रतिक्रिवादी वर्गको त्यस प्रकारको षड्यन्त्रविरुद्ध जनतामा जान...

निर्वाचन आयोगले अनलाइन मतदानको व्यवस्था गर्ने

२०७१ माघ २० गते १३:३७

ललितपुर,२० माघ– निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई नोपलमा हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा मंगलबार आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us