काठमाण्डु, २७ पुस–एकीकृत माओवादीको सल्लाहकार परिषदको बैठकले चुनावमा पार्टी पराजको मुख्य कारण आन्तरिक कमजोरी नै भएको ठहर गरेको छ । काठमाण्डुमा दुई दिनसम्म चलेको परिषदको बैठकले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक कारणसँगै केही बाह्य कारण पनि रहेको ठहर गरेको हो । ‘चुनावी परिणाम र...
काठमाण्डु, २७ पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्रै संविधान जारी गर्न ठूलो चुनौती रहेको बताएका छन् । समानुपातिक उम्मेदवार चयनमा भएको ढिलाइ र संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादका कारण समय खेर गइरहेको भन्दै नेपालले एक वर्षभित्र संविधान निर्माण गर्नु चुनौतिपूर्ण भएको...
काठमाण्डु, २७ पुस – एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले संविधान निर्माणमा सहयोग गर्न सरकारमै जानुपर्ने अवस्था आए आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन् । एकीकृत माओवादी सरकारमा जाने पक्षमा नभएपनि संविधान निर्माणको कामलाई सहज बनाउनका लागि भएपनि सरकारमा जान तयार रहेको बताए...
भद्रपुर, २७ पुस – भारतबाट अवैध रुपमा भित्र्याइएका दुई वटा मोटरसाइकल बरामद गरेको छ । झापाको अनारमणि–३ मा बेवारिसे अवस्थामा दुई वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । बरामद भएका दुईवटै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको...
महोत्तरी, २७ पुस – महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताए । शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो...
हुम्ला, २७ पुस – सदरमुकाम सिमीकोटमा शनिबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने, हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज र सुर्खेतबाट हुम्ला जाने विमानहरु उड्न सकेका छैनन् । जिल्लाको उत्तरी भेगमा पर्ने लिमी र मुचु...
काठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीले आफूहरु प्रतिपक्षमा बस्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस–एमालेले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना भएको छ । सरकारमा जाने/नजाने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड...
नेपालगन्ज, २७ पुस । औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने र ज्यान पनि लिन सक्ने भएकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । तथ्यांकअनुसार, मुलुकको ६५ जिल्ला औलो (मलेरिया) रोगको जोखिममा रहेकोमा इलाम,...
महोत्तरी २७, पुस – ट्याक्टरको ठक्करबाट जलेश्वरमा शनिबार बिहान एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१२ मलिवारा बस्ने ७५ वर्षीया कुमारीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बाक्लो हुस्सु लागेको बेला बिहान ४ बजेको समयमा घर अगाडिको खेतमा शौच...
काठमाण्डु, २७ पुस – संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बोलाउने भएका छन् । पहिलो बैठक बोलाउने विषयमा आफ्नो दावी प्रस्तुत गर्दै आएका राष्ट्रपति यादवले संविधानको भावना अनुसार रेग्मीलाई बैठक बोलाउन आग्रह गरेपछि अन्तत: बैठक रेग्मीले नै बोलाउने भएका हुन् । शीतलनिवासमा शनिबार...
काठमाडौ, पुस २७ – संविधानसभाको पहिलो बैठक अन्ततः मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गर्ने भएका छन् । राष्ट्रपति रामवरण यादव रेग्मीलाई बैठक बोलाउन दिनेमा राजी भएपछि केही दिनेदेखिको खटपट सल्टिएको हो । मन्त्रिपरिषद्का अध्यक्षले बैठक बोलाउन अदालतको निर्णय पर्खनु पर्दैन । तर, राष्ट्रपतिले बोलाउन...
काठमाण्डु, २७ पुस – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विवादास्पद छविका डाक्टर शशी शर्मा डिन नियुक्त भएको विरोधमा बरिष्ठ हार्डजोर्नी विशेषज्ञ गोविन्द केसीले अनसन बस्ने भएका छन् । डाक्टर केसीले शुक्रबार काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी...