काठमाण्डु, २३ माघ– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दुई साताअघि सुरु भएको संविधानसभाको बहुमतीय प्रक्रिया नरोक्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको दुई दलको संयुक्त बैठकले प्रश्नावली निर्माणका लागि जारी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सत्तारुढ दलले...
विराटनगर, २३ माघ – नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ । नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११÷१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो...
चितवन, २३ माघ– दश दिनदेखि ठप्प बनेको चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस आजबाट सञ्चालनमा आएको छ । विद्यार्थी सङगठन र क्याम्पस प्रशासनबीचको विवादका कारण ठप्प बनेको क्याम्पस सहमतिपछि आजबाट सञ्चालनमा आएको क्याम्पस प्रशासनले जनाएको छ । वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङघले कारागारभित्रै आक्रमणमा परी मारिएका...
इलाम, २३ माघ– फोहरमैलालाई शून्यमा झार्ने र आफनोे घर वरपर भएको फोहर आफैँ सफा गर्नुपर्छ भन्ने अभियानमा सीमावर्ती राँके बजारका बासिन्दा लागेका छन् । दुई महिनाअघि आगलागीबाट क्षति पुगेको राँके बजारका बासिन्दा अहिले फोहर उत्पादन गर्नेभन्दा पनि फोहरलाई शून्यमा झार्ने अभियानमा लागेका हुन् ।...
पाल्पा, २३ माघ – रामपुरदेखि नवलपरासीको डेढगाउँमा बिहीबार पहिलो पटक बस पुग्दा गाउ“वासी खुसी भएका छन् । रामपुर यातायात समितिको ना ४ ख ९२१२ नं को बस चालक इन्द्रबहादुर श्रेष्ठले डेढगाउँ पु¥याएका हुन् । नवलपरासीको सदरमुकामदेखि विकट पहाडी क्षेत्रमा पर्ने रामपुरदेखि झन्डै ४० किलोमिटरको...
चितवन, २३ माघ – चितवनको पहाडी गाविसमा अहिलेसम्म कुष्ठरोगी फेला नपरेकाले अवस्थाको अध्ययन गर्न गाउँगाउँमा कुष्ठरोगीको खोजी अभियान सञ्चालन हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले कुष्ठरोगी खोजी अभियानका लागि प्रक्रिया सुरु गरेको र फागुन महिनाबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यसअघि...
नुवाकोट, २३ माघ – नुवाकोटको लिखु गाविसका शिवप्रसाद खतिवडाले ८५औँ जन्मोत्सवका अवसरमा आफनो तौल बराबरको नगद सिक्का महेन्द्र उच्चमाविलाई प्रदान गरेका छन् । मृत्युपछि भगवान् इन्द्रको आसन पाउने विश्वासमा विद्यालयलाई आफ्नो तौल ५४ किलो बराबर हुन आउने १७ हजार ५०० सिक्कादान गरेको खतिवडाले बताउनुभयो...
लहान, २३ माघ । सिरहा जिल्लामा पछिल्लो समय कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वात्तै बढेको छ । बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो विद्युत् भार कटौतीले समेत खासै असर नपर्ने भएपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम...
इटहरी, २३ माघ । सुनसरी जिल्लाको चाँदबेला गाउँ विकास समितिलाई एक वर्र्षभित्रमा बाल विवाहमुक्त गाउँ घोषणा गर्ने योजनासहित अभियानको थालनी भएको छ । स्थानीय गाविस, वल्र्डभिजन र बाल क्लबको सक्रियतामा सो अभियानको थालनी भएको हो । जातीय परम्परा र रुढीवादी चिन्तनकै कारणले गाउँ घरमा...
काठमाण्डु, २२ माघ– डन गणेश लामा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा सहभागी भएका छन् । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा सत्तापक्षविरुद्ध गर्ने भनिएको आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बिहीबार बसेको विपक्षी मोर्चाको बैठकमा लामा सहभागी भएका हुन् । उनी मोर्चा घटक विजयकुमार गच्छदार नेतृत्वको...
काठमाण्डु, २२ माघ– एमाले सम्वद्ध युवासंघको नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद चर्किएको छ । स्थायी कमिटी बैठक बोलाएर महेश बस्नेतले एकतर्फी रुपमा आँफैले राजीनामा दिने र आँफै स्वकीकृत गर्नेजस्तो अलोकतान्त्रिक निर्णय गरेको भन्दै त्यसविरुद्ध युवासंघकै असन्तुष्ट पक्षकाकारिले आपत्ति जनाएका छन् । शु्क्रबार रिपोर्टर्स क्लबमा...
काठमाण्डु,२२ माघ– प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले बिहिबार काठमाण्डु जिल्ला अदालतको आकस्मिक निरीक्षण गरेका छन् । न्याय प्रशासन ऐन, २०४८ दफा २१ बमोजिम प्रधानन्यायाधीश साहले काठमाण्डु अदालतको प्रत्येक शाखामा आफै पुगी निरीक्षण गरी सेवाग्राहीलाई गर्ने व्यवहार,कर्मचारीको अनुशासन र कर्मचारी समयमा कार्यालय आए नआएको जानकारी लिएको सर्वोच्च अदालतका सहप्रवक्ता...