समाचार

सुनेको भरमा कम्प्युटर पढ्छन् विद्यार्थी

२०७० पुष २८ गते ५:३३

जाजरकोट, २८ पुस–जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ हुने कम्प्युटर शिक्षा सुनेकै भरमा विद्यार्थीले पढ्ने र शिक्षकले बिना अध्ययन नै पढाउने गरेका छन् । कम्प्युटरसम्बन्धी आधारभूत जानकारी नै नभएका शिक्षकले कम्प्युटरबिना नै किताबको भरमा पढाउने गरेको गुनासो विद्यार्थीले गरेका छन् । सरकारले यसै वर्षदेखि कक्षा ६...

कन्चनपुरमा यातायात बन्द खुल्यो

२०७० पुष २८ गते ५:२८

कञ्चनपुर, २८ पुस–सुदूरपश्चिमका यातायात व्यवसायीहरुद्वारा गरिएको यातायात बन्द कञ्चनपुरमा आइतबार बिहानैदेखि खुलेको छ । थारू समुदायको आउँदै गरेको माघी पर्व र महेन्द्रनगर बजारमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलालाई मध्यनजर गर्दै यातायातका साधन सञ्चालनमा ल्याइएको सेती महाकाली बस तथा मिनीबस व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष बाबुराम...

सर्वसम्मत प्रधानमन्त्री बन्ने कोइरालाको कसरत

२०७० पुष २८ गते ४:५५

काठमाण्डु, २८ पुस–संविधानसभाको पहिलो बैठक आह्वानपछि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यलाई थप तिव्रता दिएको छ । सभापति सुशील कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको पहललाई तिव्रता दिएका हुन् । सबैभन्दा ठूलो दलको सभापति भएकोले कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाउन आइतबारदेखि आन्तरिक छलफल शुरु...

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७० पुष २८ गते ४:५०

काठमाण्डु, २८ पुस– सरकार गठन लगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो एक बजे बस्ने बैठकमा सरकार गठन र संविधानसभा बैठकमा एमालेको तयारी लगायत बिषयमा छलफल हुने सचिव विष्णु पौडेलले जानकारी दिए । साथै...

संसद सचिवालयको व्यस्तता बढ्यो

२०७० पुष २८ गते ४:४९

काठमाण्डु, २८ पुस– संविधानसभाको पहिलो बैठक आह्वान भएपछि संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ । संविधानसभाको पहिलो बैठक आह्वान नहुदैदेखि तयारी जारी राखेको सचिवालयले अबदेखि बैठक सुरु हुनुपूर्वको तयारी थालेको हो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पहिलो कामको रुपमा महासचिव मनोहर प्रसाद...

आगलागीमा एक बृद्धको मृत्यु

२०७० पुष २८ गते ३:५५

म्याग्दी, २८ पुस–म्याग्दी सदरमुकामसँगै जोडिएको ज्यामरुकोट गाविस–८ हाँडेभिरस्थित एक अस्थायी छाप्रोमा आइतबार विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दी नदीको किनारमा लघुउद्यम भवननजिकै विगत करिब १२ वर्षदेखि छाप्रोमा बस्दै आएका मराङ–७ घर भएका ६५ वर्षीय थमबहादुर जुग्जालीको मृत्यु भएको हो ।...

चितवन लागुऔषध ओसारपसारको ‘निकासी विन्दु’ बन्दै

२०७० पुष २८ गते ३:१४

रत्ननगर, २८ पुस–पछिल्लो समयमा चितवन लागुपदार्थ ओसारपसारको मुख्य विन्दु बन्दै गएको पाइएको छ । लागूपदार्थविरुद्ध विगत केही महिनादेखि सुरु गरेको प्रहरी कारबाहीमा यस्तो पाइएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो तीन महिनाको अन्तरालमा प्रहरीले पक्राउ गरेका २२ जना लागुऔषध ओसारपसारका कारोबारीबाट यस्तो रहस्य खुलेको...

पर्साको बालमैत्री स्थानीय शासन देशकै नमुना

२०७० पुष २८ गते २:४१

वीरगन्ज, २८ पुस-बालबालिकाको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले पर्सामा सञ्चालित ‘बालमैत्री स्थानीय शासन’ कार्यक्रम देशकै नमुनाका रूपमा विकसित हु“दै गएको छ । विकेन्द्रीकृत शासन, जनउत्तरदायी सेवा र सामुदायिक कार्यप्रक्रिया सुदृढ गराई बालबालिकाको अधिकार सुनिश्चित गराउने लक्ष्यका साथ सन् २०११ मा जिल्लाका दुईवटा गाविसबाट सुरु भएको...

‘गणितीय हिसाबले संविधान आए मान्दैनौं’

२०७० पुष २७ गते १४:०८

पर्सा, २७ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गणितीय  हिसाबमा मधेसको मुद्दालाई बहुमतले समाप्त पार्ने प्रयास गरिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संविधानसभामा रहेका दलहरूले बहुमत र अल्पमतको आधारमा मधेसको मुद्दालाई ओझेलमा पारी मधेसीलाई अधिकार नदिए आफूहरुसँग आन्दोलन गर्नुको...

संविधानसभाको पहिलो बैठक माघ ८ गते

२०७० पुष २७ गते १४:०२

काठमाण्डु, २७ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी माघ ८ गते बुधबारका लागि संविधानसभाको बैठक आह्वान गरेका छन् । अध्यक्ष रेग्मीको निजी सचिवालयले निकालेको विज्ञप्ति अनुसार माघ ८ गते बुधबार दिउँसो ३ वजे वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक आह्वान गरेको जनाइएको...

डा गोविन्द केसी फेरि आमरण अनसनमा

२०७० पुष २७ गते १२:५५

चिकित्साशास्त्र अध्ययन संस्थानमा नियमविपरीत नयाँ डिन नियुक्ति भएको भन्दै प्राडा गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् । केसीको अनसनको विरोधमा एक समूहले अवरोध सिर्जना गर्न खोजेपनि अन्तत: उनल अनसन सुरु गरेका छन् । केसी अनसन सुरु गर्नुअघि खाना खान पसेका बेला उक्त समूहले...

हिमपातले मध्य तथा सुदूपश्चिमको जनजीवन प्रभावित

२०७० पुष २७ गते १२:४१

कालीकोट, २७ पुस– लगातारको वर्षासँगै परेको हिमपातका कारण मध्य तथा सुदूपश्चिमको जनजीवन प्रभावित बनेको छ । त्यस क्षेत्रका कालीकोट, जाजरकोट, डडेलधुरा, डोटी, हुम्लालगायतका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो । वर्षासँगै परेको हिमपातले त्यस क्षेत्रको माथिल्लो उच्च हिमाली क्षेत्रका गाविसका स्थानीयवासीको जनजीवन कष्टकर भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us