समाचार

डिआइजी थापाको रिटमा सरकारलाई आदेश

२०७० कार्तिक २४ गते ९:३०

काठमाण्डु, २४ कात्तिक– सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्नु पर्नाको कारण स्पष्ट पार्न सरकारलाई आदेश दिएको छ । विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका अर्याललाई १५ दिनभित्र लिखित...

‘रुख चढाएर फेंद ढाल्ने धोकेबाज एमाले’

२०७० कार्तिक २४ गते ६:३०

कपिलवस्तु, २४ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा स्पष्ट अडान नभएको नेकपा एमालेले नेपाल र नेपालीलाई धोका दिएको आरोप लगाएका छन् । एमालेसँग मिलेर बनेको आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रा कार्यक्रम ल्याए पनि एमालेकै कारण सफल हुन नसकेको उनले स्मरण गरे...

माओवादीबिना संविधान असम्भव : देउवा

२०७० कार्तिक २४ गते ६:२८

कञ्चनपुर, २४ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचनपछि नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराइनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार भीमदत्तनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले माओवादी पनि एक राजनीतिक शक्ति भएकाले उसबिना संविधान निर्माण गर्न नसकिने बताए...

एमाओवादी उम्मेदवार किराँतीमाथि गोली प्रहार

२०७० कार्तिक २४ गते ५:१५

खाँदबारी, २४ कात्तिक– एकीकृत नेकपा माओवादी संखुवासभा क्षेत्रनम्बर २ का उम्मेदवार राजेन्द्र किराँतीलाई गोली प्रहार भएको छ । जिल्लाको जलजला गाविस–२ मा चुनावी सभा सकेर फर्किने क्रममा शनिबार राती ९ बजेति किराँतीमाथि गोली प्रहार भएको हो । तर, गोली नलागेपछि उनी सकुशल छन् ।...

गणेशमानको ९८ औं जन्मजयन्ती आज

२०७० कार्तिक २४ गते ५:११

काठमाण्डु, २४ कात्तिक–२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ९८ औं जन्मजयन्ती मनाइदैछ । जन्मजयन्तीको अवसरमा काठमाण्डुको शोभाभगवतीस्थित सिंहको सालिकमा विहान माल्र्यापण गरिएको छ । गणेशमान सिंहले १९९७ मा शोभाभगवतीबाट राजनीति सुरु गरी नेपाल प्रजापरिषद् मार्फत राणा विरोधी...

३३ दलीय मोर्चाको बैठक बस्दै

२०७० कार्तिक २४ गते ३:५५

काठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचनको विरोधमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आइतबार बस्दै छ । चुनाव विरुद्धको आन्दोलनको स्वरुपबारे छलफल गर्न बैठक बस्न लागेको हो । काठमाण्डुको बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकले पूर्वघोषित आमहड्तालको कार्यक्रममा पुनर्विचार गर्ने नेताहरुले बताएका छन्...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

२०७० कार्तिक २४ गते ३:३६

काठमाण्डु, २४ कात्तिक–नवलपरासी र महोत्तरीमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । नवलपरासीको हकुईमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय ओम नारायण चौधरी रहेका छन् । शनिबार बेलुकी पूर्वबाट पश्चिमतर्फ...

सेनाका जवान ग्रिनेटसहित पक्राउ

२०७० कार्तिक २४ गते ३:२८

बर्दिवास, २४ कात्तिक–महोत्तरीको बर्दिवासबाट नेपाली सेनाका जवान दीपक लिम्वु ग्रिनेटसहित पक्राउ परेका छन् । इलामको जितपुर ८ का ३२ वर्षीय पूर्व माओवादी लडाकु लिम्वु बर्दिवास १ स्थित ससुराली घरबाट पक्राउ परेका हुन् । उनको साथबाट दुई थान ग्रिनेट बरामद भएको प्रहरीले जनाएको छ ।...

वाइसीएलले एमाले नेता विष्टलाई लखेट्यो

२०७० कार्तिक २४ गते ३:१८

गुल्मी, २४ कात्तिक–एकीकृत नेकपा माओवादी निकट वाइसिएल नेपालको टोलीले गुल्मीको पुर्कोटदहमा नेकपा एमालेको चुनावी प्रचार टोलीलाई लखेटेको छ । वाइसिएल नेपाल १३ नम्बर इलाका भेलाको तयारी गरेको स्थलमा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको भन्दै उनीहरुलाई लखेटिएको हो । पुर्कोटदहको बजारमा वाइसिएलको टोली नारा जुलुससहित...

दाङ र बर्दिया बन्द

२०७० कार्तिक २४ गते ३:१२

घोराही, २४ कात्तिक–संविधानसभा निर्बाचनको विरोधमा उत्रिएको नेकपा–माओवादीले आइतबार दाङ र बर्दिया जिल्ला बन्द आह्वान गरेको छ । चार दलका शीर्ष नेताहरुलाई बहिष्कार गर्ने कार्यक्रम अनुसार विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमाओवादी अध्यक्ष पुष्पकमल...

प्रहरी महानिरीक्षक राना विदामा

२०७० कार्तिक २४ गते १:५५

काठमाण्डु, २४ कात्तिक– सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुबेर सिंह राना आइतबारदेखि बिदा बस्दैछन् । उमेर हदका कारण उनले यही कात्तिक २९ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन् । अनिवार्य अवकाश पाउनुभन्दा चार दिन अघि राना विदा बस्न लागेका हुन् । रानासँगै ७ एआईजी र...

प्रहरी जवानले आईजीपीलाई फोनमा भनेः श्रीमान-श्रीमती सँगै बस्न पाउनुपर्‍यो

२०७० कार्तिक २३ गते १५:१४

काठमाण्डु, २३ कात्तिक– प्रहरी हवल्दार तथा जवानहरुले प्रहरी सेवामै रहेका श्रीमान–श्रीमतीलाई एउटै युनिटमा बस्न पाउने व्यवस्था मिलाउन प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानासँग अनुरोध गरेका छन् । आईजीपी रानाले फोनमार्फत् समस्या तथा गुनासा सुनुवाई गर्ने क्रममा शनिबार प्रहरी हवल्दार तथा जवानहरुले सो अनुरोध गरेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us