जनताको संविधान निर्माण गर्न चाहान्छौः महारा

काठमाण्डु टुडे २०७१ माघ २३ गते १४:२० मा प्रकाशित

krishna_bahadur_mahara
रोल्पा,२३ माघ- एकीकृत नेकपा(माओवादी) का महासचिव  कृष्णबहादुर महराले जनताको संविधान निर्माण गर्ने पक्षमा आफूहरुको अडान कायमै रहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको पत्रकारसम्मेलनमा महासचिब महराले नेपाली जनतालाई हकअधिकार दिलाउन आफूहरु अडानबाट पछि नहट्ने उल्लेख गरे ।

उनले प्रतिगमनकारी शक्तिको चलखेल भइरहेको दाबी गर्दै गणतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । सहमतिको ढोका अझै बन्द भइनसकेको बताउँदै सहमतीय संविधान निर्माणका लागि आफूहरु संविधानसभाबाहिर आएको हो उनले प्रष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us