काठमाण्डु, २३ माघ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा प्रक्रिया पनि चलिरहने र संवाद पनि सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरु एकले अर्कालाई सुन्नै नसक्ने शब्द प्रयोग गरी धारे हात लगाएर गाली गर्नुको सट्टा सहमतिका लागि पहल गर्न आग्रह समेत गरे । सहिद...
पोखरा,२३ माघ– पोखरा बस व्यवसायी समितिले नगर क्षेत्रमा सुविधासम्पन्न १७ वटा थप नयाँ मोडलका नगर बस सञ्चालनमा ल्याएको छ । पच्चीस फिट लम्बाइ, ८४ इन्च भित्री चौडाइ ६ दशमलव ३ फिट उचाइ र ३२ सिट क्षमता भएका वातावरण मैत्री जिपिए,सिसी टिभी र एलसिडी प्रविधि...
झापा, २३ माघ– प्रेममा धोका दिएको भन्दै एक युवकले पूर्वप्रेमिकाको नाबालक छोरा अपहरण गरेका छन् । उदयपुर तपेश्वरी– १ का सुरेन लिम्बूले पूर्वप्रेमिका मनिका तामाङका छोरा अपहरण गरेको धरान प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका–५ स्थित माइती आएकी मनिकाको छोरा डेढ वर्षीय हेमराजको लिम्बूले...
पोखरा,२३ माघ– एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै त्यस जातिको नाममा प्रदेश नामाकरण गर्न खोजिएको बताएका छन् । एमाओवादी कास्कीद्धारा शुक्रबार आयोजित ‘सङ्घीय गणतान्त्रिक संविधान निर्माणमा यथास्थिति र...
भीमदत्तनगर,२३ माघ– कुनै समय जङ्गलका राजा मानिने राउटे समुदाय वनमै रमाउँथे । उनिहरु गिठा,भ्याकुर,कन्दमूलको भरमा वस्दथे । अहिले जङ्गलमा गिठा,भ्याकुर र कन्दमूलजस्ता खानेकुराहरु सर्वसुलभ छैनन् । राउटेले गुना बाँदर लगायतका जङ्गली जनावरको सिकार गर्दथे । काठका भाँडाकुँडा बनाई बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए...
एजेन्सी– अघिल्लो साता मात्रै भारत भ्रमणमा आएर फर्केका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा धार्मिक असहिष्णुता भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रपति ओबामाले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको नामै नलिई भारतमा धार्मिक असहिष्णुता हुनु गान्धीमाथि चोट पुर्याउनु हो भनेका छन् । तिब्बती नेता...
काठमाण्डु, २३ माघ– राष्ट्रपति रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । राष्ट्रपति भेट्न प्रचण्ड बिहान शीतलनिवास पुगेका थिए । ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनमा सहभागी हुन विराटनगर जानुअघि उनले राष्ट्रपति भेटेका हुन् । भेटमा राष्ट्रपतिले आन्दोलन छाडेर...
काठमाण्डु,२३ माघ– नेपाल बार काउन्सिलका पाँच पार्षद्का लागि शनिबार हुने निर्वाचनमा पाँच विकास क्षेत्रमा प्रजातान्त्रिक कानुन व्यवसायी र बृहत् प्रगतिशील कानुन व्यवसायी समूह प्रतिस्पर्धामा उत्रिएका छन् । प्रजातान्त्रिक समूहबाट पूर्वाञ्चलमा हेमनारायण चौधरी,मध्यमाञ्चलमा अमितालक्ष्मी सैँजु श्रेष्ठ, पश्चिमाञ्चलमा मोहननाथ कोइराला,मध्यपश्चिमाञ्चलमा वीरबहादुर रोकाया र सुदूपश्चिमाञ्चलमा वरिष्ठ अधिवक्ता...
ललितपुर,२३ माघ– ललितपुर ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र यात्रुसहित २६७ जनालाई कारबाही गरेको छ । गत पुस २८ गते लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरिएको भएपनि चालकले जथाभावी गाडी रोक्ने,यात्रु चढाउने र ओराल्ने गरेकाले चालक २०३...
काठमाण्डु, २३ माघ– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिपक्षी एमाओवादी लगायतका दलसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । दुई साताअघि सुरु भएको संविधानसभाको बहुमतीय प्रक्रियाका कारण सत्तापक्ष र विपक्षीबीच संवादहीनताको अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान...
काठमाण्डु,२३ माघ– पशुपति क्षेत्र विकास समितिले पाशुपत क्षेत्र आसपासका सडकखण्डमा ३०० वटा सौर्य बत्ती जडान गरेको छ । सो आसपासका सडक बत्तीलाई रातभर बाल्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा ती बत्ती जडान भएको हो । विशेष किसिमको सफ्टवेयर जडान गरी स्वचालित ढङ्गले साँझको समयमा...
काठमाण्डु, २३ माघ– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । विगतमा विद्यार्थी सङ्ख्याको बढ्दो चापलाई थेग्न नसकी विद्यार्थी भर्नाको निश्चित कोटा निर्धारण गर्ने गरेका विश्वविद्यालय क्याम्पसअन्तर्गतका केन्द्रीय विभागमा यतिखेर भने विद्यार्थीको आकर्षण निकै कम देखिएको...