समाचार

संविधानसभा निर्वाचन २१ औं शताब्दीको महाभारत: सापकोटा

२०७० कार्तिक २३ गते १५:१०

चौतारा, २३ कात्तिक– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले ४ मंसिरको संविधानसभा निर्वाचन एक्काइसौं शताब्दीको महाभारत भएको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले चुनावलाई २१ औं शताब्दीको नयाँ महाभारतको लडाईंसँग तुलना गरेका हुन् । सापकोटाले निर्वाचनविरोधी गतिविधि गर्नेहरुसँग नडराउन...

निर्वाचन रोक्ने तागत कसैसँग छैनः खनाल

२०७० कार्तिक २३ गते १४:४७

सर्लाही, २३ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ गते संविधानसभा निर्वाचन सफल नभए मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने बताएका छन् । निर्वाचन रोक्नसक्ने तागत कसैसँग नभएको भन्दै उनले निर्वाचन सफल पार्न आह्वान गरे । नेकपा–माओवादी लगायतका शक्तिहरुलाई कुनै बैकल्पिक व्यवस्था गरी संविधान निर्माण...

उच्चस्तरीय समितिद्वारा आमहड्ताल फिर्ता लिन अपिल ‍(अपिलको पूर्ण पाठसहित)

२०७० कार्तिक २३ गते १२:२०

काठमाण्डु, २३ कात्तिक– उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचन लक्षित आमहड्ताल फिर्ता लिन अपिल गरेको छ । राजधानीमा शनिबार साँझ बसेको समिति बैठकले बन्द र हड्तालजस्ता पूर्वघोषित कार्यक्रम फिर्ता लिन सामूहिक अपिल गरेको हो । बैठकमा सहभागी...

‘बुथ क्याप्चर’को सपना नदेख्न सरकारको चेतावनी

२०७० कार्तिक २३ गते १२:२०

काठमाण्डु, २३ कात्तिक– सरकारले संविधानसभा निर्वाचनका लागि मतदाता र उम्मेदवारको लागि आवश्यक सुरक्षा पूर्ण प्रवन्ध मिलाइएको बताएको छ । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको बताएका हुन् । १० हजार १७ मतदान केन्द्रलाई केन्द्रित गरेर सरकारले निर्वाचन...

एकीकृत माओवादीका जिल्ला नेता अपहरित

२०७० कार्तिक २३ गते १२:१८

जाजरकोट, २३ कात्तिक– एकीकृत माओवादी जाजरकोट जिल्ला नेता लिले रानाको अपहरण भएको छ । माअ‍ोवादी जिल्ला सदस्य रानालाई करिब एक दर्जनको संख्यामा आएका नचिनेका मानिसहरुको समूहले शुक्रबार राति अपहरण गरेर अज्ञात स्थलतर्फ लगेको प्रहरीले जनाएको छ । एकीकृत माओवादी जिल्ला कार्यालयका सचिव लालबहादुर नेपालीले...

कुनै पनि नाममा बल प्रयोग नगर: पापड

२०७० कार्तिक २३ गते १२:१५

काठमाण्डु, २३ कात्तिक–लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड) ले ४ मंसिरको संविधानसभा निर्वाचन शान्तिपूर्ण बनाउने काममा लाग्न सबैको ध्यानाकर्षण गराएको छ । पापडका तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले एक अर्काप्रति लक्षित गरी बल प्रयोगको धम्की नदिन आग्रह...

हामी भूमिगत हुने हल्ला निराधार: गजुरेल

२०७० कार्तिक २३ गते १२:०९

इलाम, २३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टी भूमिगत नहुने बताएका छन् । इलाम सदरमुकाममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भूमिगत हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरे । सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ताविरुद्ध अनावश्यक धरपकड जारी राखे भूमिगत...

काँग्रेस कार्यकर्ताले तुइन काटिदिएपछि समस्या

२०७० कार्तिक २३ गते ११:५५

रुकुम, २३ कात्तिक– जिल्लाको पूर्तिमकाँडा र गराएला गाविस जोड्ने भेरी नदीमाथिको तुइन काटिदिएपछि सर्वसाधारणको दैनिक आउजाउ असहज बनेको छ । पूर्तिमकाँडा–३ र गराएला–६ मेगा जोड्ने तुइनको डोरी नेपाली काँग्रेस निकट तरुण दलका कार्यकर्ताले काटिदिएको आरोप स्थानीय जनताले लगाएका छन् । भाइटीकाको दिन पूर्तिमकाँडा–३ गिठाकोटमा...

ताप्लेजुङको एमाले सभामा बम विष्फोट

२०७० कार्तिक २३ गते १०:३४

ताप्लेजुङ, २३ कात्तिक– ताप्लेजुङको खोक्लिङ गाविसमा नेकपा एमालेको चुनावीमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटका कारण घाइते भएका सात जनामध्ये दुईको अवस्था गम्भीर भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मानबहादुर बिक र अर्को एक नाम नखुलेका व्यक्ति छन् ।...

कतै अवरोध रोक्ने सर्वपक्षीय निर्णय, कतै आम हडताल तोड्ने चेतावनी

२०७० कार्तिक २३ गते १०:१४

बागलुङ, २३ कात्तिक– आसन्न निर्वाचनको वातावरण खल्बलिने गरी हुन सक्ने कुनै पनि क्रियाकलाप रोेक्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा शनिबार भएको सर्वपक्षीय भेलाले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो । जिल्लाका सबै सरोकारवाला...

इलाममा खाद्यान्न मौज्दात राख्न निर्देशन, म्याग्दीमा आपूर्ति सहज बनाइने

२०७० कार्तिक २३ गते १०:०४

इलाम, २३ कात्तिक– नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले यही कात्तिक २५ गतेदेखि गर्ने भनिएको बन्दमा खाद्यान्न सङ्कट हुन नदिन इलाम उद्योग वाणिज्य सङ्घले खाद्यान्न मौज्दात राख्न व्यापारीलाई निर्देशन दिएको छ । ग्राहकलाई बन्दका समयमा नुन, तेल, चामललगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन जिल्लाका फिक्कल,...

एमाओवादी उत्कर्षमा, यसपाली बाजी मार्छौं: प्रचण्ड

२०७० कार्तिक २३ गते ९:१०

हेटौँडा, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आसन्न संविधानसभा निर्वाचनमा एमाओवादीले बाजी मार्ने ठोकुवा गरेका छन् । एमाओवादीको पक्षमा देशभर जनलहर उर्लेकोले चुनावमा आफ्नो पार्टीले अप्रत्यासित मत ल्याउने अध्यक्ष प्रचण्डले ठोकुवा गरेका हुन् । मेची–महाकाली जागरण अभियानअन्तर्गत शनिबार मकवानपुरको हेटौँडामा जनसभालाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us