समाचार

काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक २२ गते ३:१५

बनेपा, २२ कात्तिक– काभ्रे क्षेत्रनम्बर ४ का काँग्रेस उम्मेदवार कुमार लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपा – १ मा रोकिराखेको बा ९ च ११२६ नम्बरको जीपमा आगजनी भएको हो । नचिनेका व्यक्तिहरुको समूहले...

एमाओवादी नेताको घर अघि नक्कली बम

२०७० कार्तिक २२ गते ३:०३

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको जोरपाटी नयाँबस्तीमा एकीकृत नेकपा माओवादीका नेता गणेश रेग्मीको घर अगाडि नक्कली बम फेला परेको छ । काठमाण्डु क्षेत्रनम्बर ३ का उम्मेदवार समेत रहेका रेग्मीको घर अगाडि प्रेसर कुकरमा जोडिएको तार सहितको  शंकास्पद बस्तु फेला परेको थियो । सो बस्तु बम हुनसक्ने...

चितवन बन्द फिर्ता

२०७० कार्तिक २२ गते ३:०१

चितवन, २२ कात्तिक–कार्यकर्ता पक्राउको विरोधमा नेकपा–माओवादीले शुक्रबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । एकीकृत नेकपा माओवादीका नेता तथा चितवन क्षेत्र नं. ५ का उम्मेदवार अमिक शेरचन चढ्ने गाडीमा आक्रमण गरेको अभियोगमा चितवन प्रहरीले नेकपा–माओवादीका ५ नं. क्षेत्रीय इन्चार्ज टङ्क रेग्मी गोर्खालीलाई...

जनचाहनाअनुसारको संविधान आवश्यक:रेग्मी

२०७० कार्तिक २२ गते २:२६

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यमान सङ्क्रमणकालीन राजनीतिक अवस्था अन्त्य गरी हालसम्मका सबै संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी शासन व्यवस्था सञ्चालन गर्नु आवश्यक रहेको बताएका छन् । छठ पर्वको अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा अध्यक्ष रेग्मीले जनचाहनाअनुसारको संविधान निर्माण गरी राष्ट्रलाई शान्ति र...

बौद्धमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, त्रिशुलीमा ट्रक खस्दा चालकको ज्यान गयो

२०७० कार्तिक २२ गते १:५६

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको बौद्धमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । दुर्घटनामा कार चालक सिन्धुपाल्चोक मेलम्चीका २९ वर्षीय श्याम कुमार कालिगड र कारमा सवार काभ्रेका ४५ वर्षीय शिव कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सिन्धुपाल्चोक...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २२ गते १:४९

वर्दिवास, २२ कात्तिक– चुनावलाई लक्षित गरी एकीकृत नेकपा माओवादीले शुरु गरेको मेची–महाकाली अभियान शुक्रबार तेस्रो दिन पनि जारी छ ।महोत्तरीको बर्दिवासबाट तेस्रो दिनको अभियान सुरु भएको छ । शुक्रबारको अभियान पर्साको वीरगन्जमा पुगेर सकिनेछ । अभियान अन्तर्गत शुक्रबार महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका...

छठ पर्व श्रद्धापूर्वक मनाइँदै

२०७० कार्तिक २२ गते १:३८

काठमाण्डु, २२ कात्तिक–मिथिलाञ्चलको महापर्व छठ शुक्रबार काठमाण्डु उपत्यकालगायत तराई क्षेत्रमा श्रद्धापूर्वक मनाइँदैछ । नजिकको जलाशयमा नुहाइ धुवाई गरी शुक्रबार अस्ताउँदो सूर्यलाई विधिपूर्वक पहिलो अर्घ दिइन्छ । शनिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समाप्त हुन्छ । छठ पर्व मनाउन सरकारले शुक्रबार सार्बजनिक विदा...

आज विश्व सहरी योजना दिवस

२०७० कार्तिक २२ गते १:२६

काठमाण्डु, २२ कात्तिक–सहरी विकास योजना र मापदण्डलाई आम नागरिकमा पुर्याउने उद्देश्यले सरकारले शुक्रबार पहिलोपटक ‘विश्व सहरी योजना दिवस २०७०’ मनाउदै छ । पहिलो पटक सरकारी तवरबाटै मनाउन लागिएको सो दिवसको मूल नारा ‘सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड’ राखिएको छ । सहरी विकास...

प्रचारमा गएको ट्रयाक्टर पल्टँदा २० घाइते

२०७० कार्तिक २१ गते १७:२९

बाजुरा, २१ कात्तिक–नेकपा (एमाले) बाजुराले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत फालासैनको आमसभामा जाँदै गरेको से१त ९७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार २० जना एमाले कार्यकर्ता घाइते भएका छन् । त्यसमध्ये दुईजना सख्त घाइते भएको बताइएको छ । बाजुरा जिल्लाको बारबिर गाविसको बेतालमाडौँ बजारबाट कुल्देवमाडौँ...

नेपाल–भारत सीमा ४८ घण्टा बन्द गर्ने सहमति

२०७० कार्तिक २१ गते १६:३९

पर्सा, २१ कात्तिक–संबिधानसभा निर्वाचन भन्दा दुई दिन अगाडिदेखि नेपाल भारत सीमा बन्द गर्ने सहमति भएको छ । आसन्न संविधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रका अधिकारीहरूको बिहिवार सकिएको बैठकमा निर्वाचन सफल बनाउन दुवै राष्ट्रका सुरक्षा अधिकारीबीच सूचना अदानप्रदान गर्ने सहमति भएको भारत बिहार पूर्वी...

डीआईजी थापाबाट सर्वोच्चमा रिट

२०७० कार्तिक २१ गते १५:०२

काठमाण्डु, २१ कात्तिक– उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको एआईजीमा बढुवा गरिएको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले वरिष्ठता मिचेर बढुवा गरेको भन्दै डीआईजी पार्वती थापाले अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । रिटमा थापाले आफूभन्दा कनिष्ठलाई बढुवा गरिएकाले निर्णय खारेजीको माग गरेकी छन्...

रेग्मीविरूद्धको रिटको सुनुवाई चुनावपछि

२०७० कार्तिक २१ गते १२:५२

काठमाण्डु, २१ कात्तिक– बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा दायर सातवटा रिट निवेदनमा विहीबार हुने भनिएको सुनुवाइ फेरि मङ्सिर ६ गतेका लागि सारिएको छ । न्यायाधीशद्वय तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्की देशबाहिर जानुभएका कारण नौ सदस्यीय विशेष इजलास गठन हुन नसकेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us