काठमाण्डु, २२ माघ– मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले एमाओवादीलाई संविधानसभा छाडेर सडकमा आउन अपिल गरेको छ । केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार बुद्धनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले संविधानसभा प्रतिगामीहरुको कब्जामा परिसकेको भन्दै बाहिरिन आग्रह गरे । सहमतिमा संविधान आउने...
काठमाण्डु,२२ माघ– राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहिबार भेटघाट भएको छ । भेटघाटमा समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा वार्ता भएको जनाइएको छ । बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुगेका नेता ओली र राष्ट्रपति यादवबीच करिब एक घन्टा वार्ता भएको अध्यक्ष ओलीका सहयोगी...
काठमाण्डु, २२ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाशको बाटो नहिँडी संविधान निर्माण कार्यमा संलग्न हुन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो संविधानसभा संविधान नदिइकन घोसेमुन्टो लाएर असफल...
काठमाण्डु, २२ माघ– संविधानसभा बैठक आगामी माघ २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ । बैठक स्थगितसँगै प्रश्नावली समितिको म्यादसमेत पाँच दिन थप गरिएको छ । प्रश्नावली निर्माणको केही काम गर्न बाँकी रहेको भन्दै समितिको म्याद पाँच दिनका लागि थपिएको हो । बिहिबार...
मुद्धामा पराजित भए सभासद पद समाप्त हुने सिरहा, २२ माघ– जनकपुर बम काण्डका दोसी सञ्जय कुमार साहलाई पुनरावेदन अदालत जनकपुरले डेढ वर्È कैद सजाय एवं जरिवानाको सजाय गरेको छ । उक्त फैसलालाई साहले सर्वोच्च अदालतमा चुनौती दिएका छन । लामो समयदेखि पेशीमा चढ्दै आएपनि...
काठमाण्डु,२२ माघ– प्रधानमन्त्री कोइरालासँग दोश्रो विश्वयुद्धको अवधिमा नाजीहरुको मृत्यु शिवीरबाट उम्केकी इजराइलकी श्रीमति सारा अट्जमनले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी छिन् । भेटको अवसरमा दोस्रो विश्वयुद्ध र यहुदी विरुद्धको हिटलरको विनासकारी आमहत्या अभियान, इजराइलको जन्म, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी.कोइरालाको इजराइल भ्रमण र नेपाल–इजराइलको...
गोरखा,२२ माघ– एनेकपा(माओवादी)का वरिष्ठ नेता बाबुराम भट्टराइले जनतासँग शक्ति माग्न गाउँ फर्केको बताएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत कार्यान्वयन गरिने योजनाबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका भट्टराईले सञ्चारकर्मीहरु माझ सो कुरा बताएका हुन् । नागरिकसँग पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गर्न र शक्ति...
काठमाण्डु, २२ माघ– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । उपाध्यक्ष श्रेष्ठले ओलीको अभिव्यक्तिप्रति १९ दलीय मोर्चाले गरेको टिप्पणी पनि ‘अस्वाभाविक’ भएको बताए । ‘केपी ओलीले मोर्चाले ५० अर्ब पाए आन्दोलन रोक्छ भन्ने अभिव्यक्ति दिनु...
जुम्ला, २२ माघ– ताम्ती–२ सुर्की गाउँस्थित सात किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा चट्याङ पर्दा झन्डै १५ लाखबराबरको क्षति भएको छ । यही माघ २१ गते बेलुका ७ बजेतिर गएको चट्याङले जेनेरेटर जल्नाका साथै विद्युत्का सम्पूर्ण तार जलेको सुर्की गाउँका स्थानीयवासी परी रावतले जानकारी...
पाँचथर, २२ माघ– फिदिम–२ स्थित पल्लोटारमा रहेको सूर्योदय प्राविका कक्षा ५ का विद्यार्थीले गणित विषयमा लिइएको परीक्षामा कक्षा १ को प्रश्नपत्र पनि हल गर्न सकेनन् । पाठ्यक्रमबाट प्रश्नपत्र निर्माण गरी विद्यार्थीको परीक्षा लिन थाल्दा त्यस्तो देखिएको जिशिअ ज्ञानमणि नेपालले बताए । उनका अनुसार अब...
काठमाण्डु, २२ माघ– मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समिति बैठकले एमाओवादीसँग पार्टी एकता गर्ने जिम्मा स्थायी समितिलाई दिने भएको छ । तत्काल मुद्दाका आधारमा एमाओवादीसँग सहकार्य गर्ने निर्णय लिदै बैठकले त्यसका लागि पहल अगाडि बढाउने निर्णय समेत गरेको छ । बैद्य माअाेवादीका एक केन्द्रीय...
नुवाकोट, २२ माघ– नुवाकोटको चारघरेमा बुधबार राति मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खड्गभञ्याङ्बाट कोदो लोड गरेर सदरमुकामतर्फ आउँदै गरेको बा ३ ख ६७५ नम्बरको मिनिट्रक चारघरे–१ मान्द्रेढुंगामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक गोस्र्याङ–३ निग्लेनीका ३५ वर्षीय सुनिल...