समाचार

राप्रपा नेपालले दियो संविधानसभा छाड्ने चेतावनी

२०७१ माघ १९ गते ६:५१

काठमाण्डु, १९ माघ–  संविधानसभाको चौँथो ठूलो दलका रुपमा रहेको राप्रपा नेपालले अब सडक आन्दोलन गर्ने भएको छ । उसले सबै राजनीतिक दललाई समेटेर नयाँ संविधान निर्माण पक्रियामा नजाने, सबै विषयलाई संविधानसभामा उठाउन र निर्णय गर्न नपाउने हो भने कडा संघर्ष गर्ने बताएको छ । संविधानका...

शीरलाई छोपेर पाउमा पूजा…

२०७१ माघ १९ गते ६:३२

कास्की, १९ माघ– पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरभित्र रहेको भगवतीको प्रतिमा खिँइदै गएको छ । खराब रसायन मिसाइएको अबिर र पानी प्रतिमामा पर्दा तथा मानिसको हातको घर्षणले गर्दा प्रतिमाको क्षयीकरण भएको हो । करिब तीन सय वर्ष पुरानो मन्दिरमा रहेको प्रतिमा खिँइदै गएपछि अहिले...

ओबामाले भने, ‘भारतमा लोकतन्त्र छ, त्यसकारण ऊसँग नजिकको सम्बन्ध छ ’

२०७१ माघ १९ गते ६:०४

एजेन्सी, १९ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनाइ छ कि भारत अमेरिका नजिक हुनुको एउटा कारण लोकतन्त्र भएकोले हो जुन चीनमा छैन । यो कुरा उनले अमेरिकी टिभी च्यानल सिएनएनलाई दिएको एक अन्तर्वातामा बताएका हुन् । हालै ओबामाले भारतको तीनदिने भ्रमण गरे भने दिल्लीमा...

९७ जनाले गरे आत्महत्या

२०७१ माघ १९ गते ६:०१

सुनसरी, १९ माघ– बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ । सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना भएका छन् । जिल्लामा विष...

कांग्रेस अझै लचक भएर प्रस्तुत हुन्छ : गिरी

२०७१ माघ १९ गते ५:२४

शरद रेग्मी दाङ, १९ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मुलकलाई निकास दिनका लागि कांग्रेस अझै पनि लचक भएर प्रस्तुत हुने बताएका छन् । रिपोटर्स क्लबले दाङले आज बिहान उनकै निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दाङ क्षेत्र नम्बर ५ वाट निर्वाचित सभासद्समेत...

बागलुङका १३ वर्षीय बालक रिवाजले बनाए ‘क्वाडकप्टर’

२०७१ माघ १९ गते ४:२६

बागलुङ, १९ माघ– सबै चलचित्र रमाइलोमा सीमित हुन्नन्, ज्ञानका स्रोत पनि हुन्छन् भन्ने प्रमाण यहाँका एक बालकले दिएका छन् । चर्चित भारतीय चलचित्र ‘थ्री इडियट्स’ हरेपछि बागलुङ नगरपालिका–२ का रिवाज श्रेष्ठलाई ‘क्वाडकप्टर’ बनाउने प्रेरणा जाग्यो । जुन उनले चलचित्रमा उडाएको देखेका थिए । हेलिकोप्टरजस्तो...

११ महिनादेखि भत्ता पाएनन् वृद्धाले

२०७१ माघ १९ गते ४:०५

गौशाला, १९ माघ– महोत्तरीको मनरा गाविसका ७१ वर्षीय एक वृद्धले विगत ११ महिनादेखि वृद्धभत्ता पाएका छैनन् । मनरा–४ बस्ने ७१ वर्षीय वृद्ध रामदयाल राउतले आफूलाई सो गाविसका सचिव रामतपेश्वर रायले २०७० साल चैत महिनादेखि नै सामाजिक सुरक्षा भत्ता नदिएको बताएका छन् । २०७० साउनदेखि...

स्वरोजगार कोषबाट छ सय पाँच युवा रोजगार

२०७१ माघ १९ गते ३:१५

नवलपरासी, १९ माघ– युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रमबाट जिल्लामा छ सय पाँच बेरोजगार युवा व्यवसायी भएका छन् । कोषको कार्यक्रममार्फत छ सय पाँचबेरोजगार युवा रोजगार भएको कोषको सचिवालयले जानकारी दिएको छ । सचिवालयले परासीमा पत्रकारसम्मेलन मार्फत बेरोजगार युवालाई रोजगार बनाउने सरकारको नीतिअनुसार काम गरिएको...

सुनसरीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि

२०७१ माघ १९ गते २:५९

इनरुवा, १९ माघ –  बढ्दो आधुनिकतासंगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ । सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आथिर्क वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना भएका छन् । जिल्लामा...

धादिङमा विद्युत् सर्ट भई आगलागी हुँदा एकै परिवारका चारको ज्यान गयो

२०७१ माघ १९ गते २:४६

धादिङ, १९ माघ– दक्षिणी धादिङको धुषा–१ चरौँदीको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको छ । राति पौने १ बजेतिर विद्युत् सर्ट भइ आगलागी भएको थियो । भोज खाएर अबेर सुतेको बेला एक्कासि विद्युत् चुहिएर आगलागी हुँदा घरमा सुतिरहेका ती...

छुरा हानाहान हुँदा एकको मृत्यु, एक घाइते

२०७१ माघ १९ गते २:३१

वीरगन्ज १९ माघ–दुई पक्षबीच छुरा हानाहान हुँदा गम्भीर घाइते भएका बाराको खुटवा प्रसौनी–२ का ५० वर्षीय दीनानाथ साह तेलीको मृत्यु भएको छ । गएराति दीनानाथ र विनोद साह तेलीबीच भएको झगडामा विनोदले प्रहार गरेको छुराबाट दीनानाथ गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका...

अझै विद्यालय पुग्न सकेका छैनन् पाँच लाख बालबालिका !

२०७१ माघ १९ गते २:०२

काठमाण्डु , १८ माघ– विद्यालय जाने उमेरका पाँच लाख बालबालिका विद्यालय बाहिरै छन् । शिक्षा मन्त्रालयले संचालन गरेको स्वागत तथा भर्ना अभियान उनीहरुसम्म पुगेको छैन । शिक्षा विभागको पछिल्लो तथ्यांकअनुसार पाँच देखि १२ वर्ष उमेर समुूहका पाँच लाख १९ हजार पाँच सय वालवालिका विद्यालयसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us