काठमाण्डु, १९ पुस– गैरकानुनी रुपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भिओआइपी) सञ्चालन गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाण्डु महानगरपालिका ३ लोसाल जनमार्गस्थित गीताकुमारी जोशीको घर भाडामा लिएर ‘कल बाइपास’ गरेको अभियोगमा गएराति बंगलादेशका नागरिक तबराकुल...
काठमाण्डु, १९ पुस – संविधानसभा अदालतमा निर्वाचनका सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ प्रारम्भ भएको छ । विभिन्न क्षेत्रबाट परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै सोलुखुम्बुबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् बलबहादुर केसी विरुद्ध परेको उजुरीको शुक्रबार सुनुवाई भएको छ । केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म...
दाङ, १९ पुस – दाङमा शुक्रबार ट्रक र बस एकआपसमा ठोक्किँदा ५ जना गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४८६९ नम्बरको ट्रक र लमहीबाट पूर्वतर्फ गईरहेको ना २ ख ९६४४ नम्बरको बस चैलाही–८ मजगाउँ नजिकै एकआपसमा ठोक्किएर दुर्घटना...
काठमाण्डु, १९ पुस– अनेरास्ववियु (क्रान्तिकारी)ले रिक्त महासचिवमा रत्न ढकाललाई चयन गरेको छ । नेकपा–माओवादी सम्बद्ध विद्यार्थी संगठनको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सचिवमा उत्तम अधिकारी, खगेश्वर केसी, वीरेन्द्र बस्नेत, तीर्थ राई, दीपेन्द्र चलाउने, सेवन्त भण्डारी, खुसीराम पौडेल, अशोक पाण्डे र कोषाध्यक्षमा...
काठमाण्डु, १९ पुस – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले स्वाभाविक रुपमा राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्ने प्रचलन भए पनि बैठक कसले बोलाउने भन्नेमा अहिले राजनीति अल्झनमा परेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले अघिल्लो संविधानसभाको बैठक...
काठमाण्डु, पुस १९ – निर्वाचन आयोगले संविधानसभा चुनावको अन्तिम परिणाम सरकार र संसद सचिवालयमा बुझाएको छ । विहीबार राष्ट्रपतिलाई बुझाइएको विवरण शुक्रबार सरकार र संसद सचिवालयमा बुझाइएको हो । आयोगका सचिव नरेन्द्र दाहालले ५ सय ७५ जना सभासदको नामावलीसहितको सम्पूर्ण विवरण मन्त्री परिषदको कार्यालयका...
काठमाण्डु, १९ पुस–एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई बलियो बनाउने भुमिका खेल्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । समानुपातिक सभासदको विषयलाई लिएर विवाद गर्नुभन्दा देश र पार्टीलाई बलियो बनाउन उनले आफ्नै पार्टीका शीर्ष नेताहरुलाई सुझाव दिएका हुन् । काठमाण्डुको जनसन्चार अभियानमा शुक्रबार...
काठमाण्डु, १९ पुस – द्वन्द्वग्रस्त दक्षिण सुडानमा शान्तिकार्यमा परिचालित नेपाली शान्ति सैनिकमध्ये घाइते भएका चारजनाको अवस्था सामान्य रहेको र त्यहाँ तैनाथ इन्द्रबक्स गण दृढतापूर्वक कार्य क्षेत्रमा सँलग्न रहेको जंगी अड्डा, सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यही पुस ९ गते नेपाली शान्ति सेना रहेको...
काठमाण्डु, १९ पुस– कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै बोलाउने बताएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा सिंहले अन्तर्राष्ट्रिय परम्परा अनुसार नै राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले बैठक बोलाउने सिंहले बताए । सिंहले यो विषयमा विवाद र बहस गर्नुको कुनै औचित्य नभएको समेत बताए...
वीरगन्ज, १९ पुस– एमाले नेता माधवकुमार नेपालले संविधानसभाको बैठक कसले बोलाउने भन्ने विषयमा आग्रह र पूर्वाग्रहभन्दा पनि संविधानको भावना र प्रक्रियाअनुरुप नै बोलाउँदा उपयुक्त हुने बताएका छन् । वीरगञ्जमा भएको कार्यक्रममा नेता नेपालले संविधानको भावना अनुसार नै सबै चल्नुपर्ने भएकाले बैठक बोलाउने विषयमा विवाद...
नेपालगन्ज, १९ पुस– शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनअघि हिउँदे झरीपछि एक्कासी शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन । चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका कमजोर घरसंरचना भएका...
काठमाण्डु, १९ पुस – मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत काठमाण्डु जिल्लाका सबै विजयी उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाए पनि पराजित केही उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । कार्यालयले विजयी सबै उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले तोकेको मापदण्डभित्रमै आएको तर,...