काठमाण्डु, १८ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो माओवादीलाई १० अर्बमा किन्न सकिने अभिव्यक्ति दिएपछि यसले मिडियामा चर्चा पाएको छ । ओलीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले फेसबुकमार्फत त्यसको जवाफ दिएका छन् । भट्टराईले आफ्नो फेसबुक स्टाटसमा ओलीप्रति...
भक्तपुर, १८ माघ– आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा पाँच लाख ७२ हजार दुई सय सात विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार एक सय २५ विद्यार्थी सहभागी...
बाजुरा, १८ माघ– रुगिन–१ फैतिकी रुपा मल्ल दुई दिनको पैदल यात्रापछि सदरमुकाम मार्तडी आएकी छिन् । उनी एक गैरसरकारी संस्थाको तालिममा आएकी हुन् तर फर्कंदा नुन डिपोमा दिनेजति नुन लिने तयारीमा छिन् । उनी बिहीबार नुन डिपोमा पुगेर ‘कोल्टीमा नुन पाइँदैन, १० केजी नुन...
काठमाण्डु, १८ माघ– केही वर्षअघिसम्म विशाल पार्टीको रुपमा रहँदै सबै प्रकारका संघर्षका कार्यक्रमलाई एकैसाथ लागू गर्ने माओवादी आन्दोलनका शीर्ष नेताहरु यसबेला माओवादी आन्दोलनकै नाममा आ–आफ्नै खालका संघर्षका कार्यक्रमहरु तय गर्न व्यस्त छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वले शसस्त्र जनयुद्धको शुरुवात गरेको १९ वर्ष पूरा...
काठमाण्डु, १८ माघ– संविधानका अन्तर्वस्तुमा देखिएकामा विवादबारे प्रश्नावली तयार पार्न गठित ‘प्रस्ताव समिति’ ले कार्यारम्भ गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले लगायत दलले एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चालाई यस प्रक्रियामा नपर्खने देखिए पनि सहमतिको प्रयास जारी रहने जनाएका छन् ।...
काठमाण्डु, १८ माघ– नेकपा माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टचारीको संरक्षण गरेको आरोप लगाएको छ । माओवादीले एक विज्ञप्ति जारी गर्दै अख्तियारले करोडौं भ्रष्टाचार गर्नेलाई केही गर्न नसकेको र तल्ला तहका न्युन रकम भ्रष्टचार गर्नेहरुलाई मात्रै समाउने गरेको भन्दै अख्तियारप्रति आक्रोश व्यक्त गरेको हो...
झापा, १८ माघ– झापाको लखनपुरमा आज एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । लखनपुर–५ का ६९ वर्षीय फर्समान मावोले आफ्नै घरमा झुन्डिएरको अवस्थामा भेटिएका हुन् । गएराति घरको बरन्डाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको...
भीमदत्तनगर, १८ माघ– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले संविधानका विषयमा रहेका विमतिहरुलाई संविधानसभाभित्रबाटै समाधान गर्न एकीकृत नेकपा माओवादीसहितको विपक्षी...
काठमाण्डु, १८ माघ– उपप्रधानमन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाबाटै संविधान जारी हुने बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले भने, ‘अघिल्लो संविधानसभा त्यत्तिकै गुमायौँ, अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ, सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्न...
कञ्चनपुर, १८ माघ– निर्माणाधीन स्कुलको छलबाट लडेर एक बालिकाको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–४ मा रहेको युनाइटेड हायर सेकेन्डरी स्कुलको निर्माणाधीन भवनको छतबाट लडेर स्थानीयवासी राजु चुनाराका ११ वर्षीया ज्योतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । एकतले भवनको छतबाट लडेर गम्भीर...
काठमाण्डु, १८ माघ– एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक अहिले बिहान ११ बजेपार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सत्तापक्षले संविधानसभामा प्रश्नावली समिति गठन गरी मस्यौदा निर्माणको प्रक्रिया अगाडि बढाएपछि त्यसका विरुद्ध थप संघर्षका कार्यक्रम तय गर्न र भावी राणनीति निर्माण गर्नका लागि बैठक डाकेको हो...
जाजरकोट, १८ माघ– जाजरकोटको द्वन्द्व प्रभावित नमूना बस्तीमा विद्युत् पुगेपछि स्थानीयबासी खुसी भएका छन् । खलंगा–८ रिम्नाको द्वन्द्व प्रभावित नमूना बस्तीमा विद्युत् सेवा पुगेको छ । यहाँका ५ सयभन्दा बढी घरधुरी गत सशस्त्र द्वन्द्वका बेला सबैभन्दा बढी मारमा परेको थियो । द्वन्द्व प्रभावित गाउँमा...