समाचार

आज धनवन्तरी दिवस

२०७० कार्तिक १५ गते २:०२

काठमाण्डु, १५ कात्तिक–समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा शुक्रबार धन्वन्तरी दिवस मनाइँदै छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा...

एमाओवादीका उम्मेदवारको गाडीमा आगजनी

२०७० कार्तिक १५ गते १:५७

काठमाण्डु, १५ कात्तिक–मोरङ, सुनसरी र प्युठानमा एकीकृत नेकपा माओवादीका तीन उम्मेदवारको गाडी अज्ञात समूहले जलाएको छ । मोरङ क्षेत्रनम्बर ८ का एमाओवादी उम्मेदवार गोपी अछामीको को १ च ६२७० नम्बरको गाडीमा आगजनी भएको छ । विराटनगरको विराटचोकमा पार्किङ गरि राखिएको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर...

बेहोस हुने गरी पत्रकार कुटिए

२०७० कार्तिक १४ गते १८:१८

रुकुम–नेपाली काँग्रेसका कार्यकर्ताहरुले रुकुमको चौरजहारीमा एक पत्रकारलाई बेहोस हुनेगरी कुटेका छन् । उनीहरुले रेडियो सानोभेरीका संवाददाता शेर प्रसाद ढकाललाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरी कुटेका हुन् । पत्रकार ढकालको अहिले अचेत अवस्थामा चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन आचारसंहिता विपरित बिहिवार दिउसो साढे...

डिआइजी अर्याल एआइजीमा बढुवा,पार्वती थापा निराश

२०७० कार्तिक १४ गते १८:१४

काठमाण्डु–प्रहरी नायव महानिरीक्षक (डिआइजी)उपेन्द्रकान्त अर्यालय अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको ६ घण्टा लामो बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले एआजी विनोद सिंहले अवकाश पाएपछि रिक्त रहेको पदमा अर्याललाई बढुवा गरेको हो । पूर्वाञ्चल प्रहरी...

प्रवासी नेपालीको मतदान अधिकारबारे सरकार र आयोगलाई सर्वोच्चको आदेश

२०७० कार्तिक १४ गते १४:५६

काठमाण्डु, १४ कात्तिक– विदेशमा रहेका नेपालीहरुले पनि संविधानसभा निर्वाचनमा मताधिकार पाउन माग गर्दै दायर एक रिट निवेदनमा विहिबार सर्वोच्च अदालतले सरकार तथा निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित...

कति भए आचारसँहिता विपरितका काम ?

२०७० कार्तिक १४ गते १४:३८

काठमाण्डु, १४ कात्तिक– निर्वाचन आयोगले राजाधानीका विभिन्न स्थानमा आचारसँहिता विपरितका काम भइरहेको जनाएको छ । आयोगका कर्मचारी र प्रहरीले बुधबार काठमाण्डु र भक्तपुरका विभिन्न स्थानमा गरेको अनुमगमनका क्रममा आचारसँहिता विपरितका काम भइरहेको जनाएको हो । काठमाण्डुको केशर पुस्तकालय, लैनचौर, लाजिम्पाट, चावहिल गोपीकृष्ण, मित्रपार्क, पशुपति...

सडक निर्माण तीव्र गर्न रेग्मीको निर्देशन, १६ किलोमिटर मंसिरभित्रै

२०७० कार्तिक १४ गते १३:३१

काठमाण्डु, १४ कात्तिक– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाण्डुमा विस्तारित सडक निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले सम्बद्ध मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहिबार भएको बैठकमा सो निर्देशन दिर्एका हुन् । बैठकमा...

निर्वाचन महत्वपूर्ण कदमः ईयु पर्यवेक्षक

२०७० कार्तिक १४ गते १२:२४

काठमाण्डु, १४ कात्तिक– युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयु ईओएम) नेपालकी प्रमुख पर्यवेक्षक इभा जोलीले आउँदो संविधानसभाको निर्वाचन नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण कदम रहेको बताएका छन् । नेपालको तीन दिने भ्रमणपछि एक वक्तव्य जारी गर्दै जोलीले भनेका छन्, ‘लोकतान्त्रिक विकासको महत्वपूर्ण कदम रहेको यस...

काँग्रेसको चुनावी कार्यक्रममा अवरोध नगर्न कोइरालाको आग्रह

२०७० कार्तिक १४ गते १२:०१

नेपालगञ्ज, १४ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आफ्ना पार्टीको चुनाव प्रचार अभियानमा अवरोध पुर्‍याइएको भन्दै त्यसो नगर्न एकीकृत माओवादी नेतृत्वलाई आग्रह गरेका छन् । नेपालगञ्जको वीपी चोकमा बिहीबार भएको कोणसभामा कोइरालाले  माओवादी गतिविधिले दलहरुबीच द्वन्द्वको अवस्था निम्तिन सकिने बताए । एमाओवादीका गतिविधिले ऊ निर्वाचन...

तर्साएर मताधिकारबाट वञ्चित गराउन पाइदैनः बिजुक्छे

२०७० कार्तिक १४ गते ११:२०

बुटवल, १४ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनतालाई तर्साएर मताधिकारबाट वञ्चित गराउन नपाइने बताएका छन् । निर्वाचनमा भाग लिने र नलिने राजनीतिक अधिकार जनतामा सुरक्षित रहेकाले तर्साएर वञ्चित गराउन नपाउने बताएका हुन् । संविधानसभा निर्वाचन बहिष्कार गर्नेहरु उद्देश्यविहीन भएको भन्दै विजुक्छेले...

पक्ष र विपक्ष दुवैको तर्फबाट मुद्धा लड्ने वकिलहरुविरुद्ध उजुरी

२०७० कार्तिक १४ गते १०:४८

काठमाण्डु, १४ कात्तिक– होटल सोल्टीस्थित क्यासिनो मजदुरहरुको सेवा सुविधाको विषयमा मजदुर र व्यवस्थापनको दुवैको तर्फबाट बहस पैरवीमा सहभागी भएका अधिवक्ताहरुविरुद्ध नेपाल कानुुन व्यवसायी परिषद्, ललितपुरमा मजदुरहरले उजुरी गरेका छन् । होटल सोल्टीस्थित क्यासिनोका ३९ जना कर्मचारीहरुले बिहीबार अधिवक्ता रमेश बडाल, विदुरप्रसाद ढुंगाना, भोजराज आचार्य...

एमाले आक्रमणमा ६ माओवादी कार्यकर्ता घाइते

२०७० कार्तिक १४ गते ९:५५

बाजुरा, १४ कात्तिक– बाजुराको कोटिला गाविसमा एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा गइरहेका बेला एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि झडप भएको हो । एमाले कार्यकर्ताको ढुंगामुढाबाट एकीकृत माओवादीका ६ जना कार्यकर्ता घाइते भएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us