काठमाण्डु,१७ माघ– विपक्षी मोर्चाको सहभागिताविनै शनिबार प्रश्नावली समितिको पहिलो बैठक बसेको छ । प्रश्नवाली समितिको बैठक लगत्तै सभासद रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय कार्यविधि निर्माण समिति समेत निर्माण गरिएको छ । गत आइतबार विपक्षी मोर्चाको असहमतिका बीचमै संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको अनूमोदन...
मोरङ, १७ माघ– मधेसी जनाधिकार फोरम नेपाल मोरङका पूर्व जिल्ला अध्यक्ष उमेश यादवलाई साधारण सदस्य नहरने गरी पार्टीको जिल्ला कमिटीले निष्कासन गरेको छ । गत बिहीबार साँझ मदिरा सेवन गरी पार्टी कार्यालय अगाडि सार्वजनिक रुपमा केन्द्रीय तथा मोरङ जिल्ला कार्यसमितिका नेतामाथि हातपात तथा दुव्र्यवहार...
बुटवल, १७ माघ– एमाले नेता सुरेन्द्र पाण्डेले एमाओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि नयाँ राजनीतिक बाटोबारे अभ्यस्त हुन नसकेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको कार्यक्रममा पाण्डेले संवैधानिक र युद्धको बाटोमा फरक छुट्टाउन नसक्दा एमाओवादी संकटमा फसेको टिप्पणी गरे । एमाओवादी आफ्नो...
दोलखा, १७ माघ– दोलखा मिर्गेबाट बेहुला बेहुलीसहित जन्ती लिएर फर्किएको बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा मेलुङ–२ की चार वर्षीया कृति खड्का रहेकी छिन् । रामेछापको बेतालीबाट शुक्रबार बेलुकी...
पर्सा, १७ माघ– पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् । सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् । सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा...
काठमाण्डु, १७ माघ– राजधानीको महाबौद्धस्थित एक घरमा विद्युत सर्ट भई आगलागी भएको छ । शनिबार करिब १२ बजे लागेको सो आगालागीबाट महाबौद्धस्थित लक्ष्मणसिंह श्रेष्ठको सात तले घर र वरिपरि रहेका पसलहरुमा क्षती पुगेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहयोगले निभाइएको...
काठमाण्डु, १७ माघ– एकीकृत नेकपा माओवादीको शनिबार बस्ने भनिएको केन्द्रिय समितिको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ । सत्ता पक्षले संविधानसभामा प्रश्नावली समिति गठन गरेपछि त्यसको बिरुद्द माओवादीले आन्दोलनका कार्यक्रम तय गर्न भन्दै शनिबारका लागि बैठक बोलाएको थियो । माओवादी पोलिटब्युरो सदस्य जोख...
महोत्तरी, १७ माघ– मोटरसाइकल दुर्घटनामा परी महोत्तरीको बर्दिबास नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–२ की उर्मिला बराकोटी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । आफ्ना पति अमरबहादुर रानामगर र आफन्त टीका पुलामीसँगै गएराति ज३प २५१८ नम्बरको मोटरसाइकलमा सिन्धुलीबाट...
सुनसरी, १७ माघ– सुनसरीको रामधुनी भासी नगरपालिकामा एक व्यक्तिको अत्यधिक मादक पदार्थ सेवनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी भासी नगरपालिका–५ का ४० वर्षीय हरि मगराती रहेका छन् । मगरातीले शुक्रबार साँझ अत्यधिक मादक पदार्थ सेवन गरेको र घर नजिकैको खेतमा मृत अवस्थामा...
काठमाण्डु, १७ माघ– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले दलीय सहमतिमै संविधान जारी गर्नुपर्ने बताएका छन् । शनिबार मालिगाउँस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले विपक्षीको सहमतिबिना आएको संविधान काम नलाग्ने बताए । सत्तारुढ काँग्रेस–एमालेले विपक्षी एमाओवादी र मधेसी मोर्चासँग तत्काल वार्ता गरेर सहमतिको वातावरण बनाउनुपर्ने...
काठमाण्डु, १७ माघ– काँग्रेस नेता तथा हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक खुमबहादुर खड्का भारतीय नेताहरुसँगको भेटघाटका लागि दिल्ली जाने भएका छन् । उनीनिटक स्रोतका अनुसार खड्का आगामी साता दिल्ली जानेछन् । एक साता लामो दिल्ली बसाइका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वँराजसहित...
जाजरकोट, १७ माघ– जाजरकोट नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् । बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बेपता बालिकाको...