नवलपरासी, १६ माघ– नवलपरासीको प्रगतिनगरस्थित पशुपति साङ्वेद आवासीय संस्कृत माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छजना विद्यार्थी तीन दिनदेखि सम्पर्क बाहिर रहेक छन् । विद्यालयमै रहेका चोरमाराका विकास रेग्मी, बागलुङका चिरञ्जीवी शर्मा, यज्ञराज आचार्य, कावासोतीका कविर तिवारी, पोखराका मनिष सिग्देल र काठमाण्डुका रामप्रसाद सापकोटा...
मोरङ, १६ माघ– कलधाराको पानीको निकास विषयमा भएको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । कलधारा पानीको निकास विषयमा बिहीबार भएको कुटपिटमा मोरङको थलाहा–७ स्थित हुरहरिया टोलका ६५ वर्षीय भुकरेत सरदारको मृत्यु भएको हो । मृतक भुकरेत सरदारको छिमेकी २५ वर्षीय सेवा सरदारसँग कलधारा...
पाँचथर, १६ माघ– यही माघ १ गते तमोर नदीमा मकर नुहाउँदा डुबेर बेपत्ता भएका भारपा–९ सिमखपर्कका २६ वर्षीय राजेश योक्पाङदेनको शव १५ दिनपछि बुक्रबार फेला परेको छ । पाँचथर र तेह्रथुमको सिमाना तमोर नदीमा मकर नुहाउन जाँदा बेपत्ता भएका उनको शव स्थानीयवासीले फेला पारी...
कास्की, १६ माघ– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा उकाली चढेको सरकार उकाली पनि चढ्दै र विपक्षी मोर्चालाई पनि पर्खँदै अगाडि बढ्ने बताएका छन् । लौह पुरुष गणेशमान शतवार्षिकी अवसरमा पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने,, ‘अर्को पाँच दिन पर्खिने अर्को...
धादिङ, १६ माघ– वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माण गर्ने प्रक्रियाको थालनी भइसकेकाले देशले छिट्टै नयाँ संधिवान पाउने बताएका छन्। प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले संविधानसभाबाट संविधान बनाउने कार्यसूची एकीकृत नेकपामाओवादीको पनि भएकाले जनआन्दोलनका सहयात्री सबै दल संविधान निर्माण...
नवलपरासी, १६ माघ– नेपाल र भारतको सीमा क्षेत्रमा हुँदै आएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षाकर्मीले सहयोग गर्नेबारे नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज सहमति भएको छ । नवलपरासीको सीमा नाकामा अवस्थित १ देखि १० नं दशगजा सीमा स्तम्भको अवलोकन निरीक्षणका क्रममा...
सल्यान, १६, माघ– पश्चिमी क्षेत्रमा रहेका विद्यालयमा निर्माण गरिएका शौचालय प्रयोगविहीन बन्दै जान थालेका छन् । मूलखोला, घाँजरी पिपल, देवस्थल, बामेलगायत दुई दर्जनभन्दा बढी विद्यालयमा बनाइएका शौचालय यतिबेला पुराना थोत्रा सामग्री भण्डारण गर्ने कोठाका रुपमा प्रयोग हुन थालेका छन् । शौचालय निर्माण गरिएका विद्यालयमा...
धनकुटा, १६ माघ– जितपुरमा गए राति मुकुन्डोधारी हतियारसहितको लुटेरा समूहले ३० लाख बरावरको लुटपाट गरेको छ । जितपुर–६ आन्द्रुङका नारायण भनिने शिवशङ्कर लिम्बूको घरबाट सो समूहले करिब रु तीन लाख नगद र २७ लाख बराबरको बहुमूल्य रुद्राक्ष लुटपाट गरेको हो । घरमा आमाछोरी मात्र...
काठमाण्डु, १६ माघ– प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न शुक्रबार बिहानै लाजिम्पाटस्थित उनको निवासमा पुगेका छन् । सभाध्यक्ष सुवास नेम्वाङको आफूहरुको असहमतिबीच प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव पारित गराएपछि चिढिएका प्रचण्डलाई पक्राउन कोइराला बिहानै लाजिम्पाट पुगेका हुन् । त्यसअघि उनले चारपटक प्रचण्डलाई...
काठमाण्डु, १६ माघ– देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनविरुद्धको संघर्षका...
इलाम, १६ माघ– जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका, १८ वर्ष पुगेका, विदेशबाट फर्केका मतदाताका लागि नामावली सङ्कलन सुरु गरेको...
काठमाण्डु, १६ माघ– प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाहिर र भित्रका राजनीतिक दलसमक्ष संविधान निर्माणमा सघाउन आग्रह गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले हालसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त अधिकार संस्थागत गर्न समयमै संविधान बन्नुपर्ने उल्लेख गरेका छन् । ‘आपसी सहकार्य, मेलमिलाप...