समाचार

राष्ट्रलाई एकताबद्ध बनाउन चाहन्छन प्रचण्ड

२०७० कार्तिक १३ गते १५:२४

बनेपा, १३ कात्तिक- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रलाई एकीकृत गराउन जिम्मेवारी लिन चाहेको बताएका छन् । पृथ्वीनारायण शाहले भुरे, टाकुरे राज्यलाई एकीकरण गरेजस्तै आफूले राष्ट्रलाई एकीकृत गर्न चहेको प्रचण्डले बताएका हुन् । चुनाव बहिष्कारको घोषणा गर्दै बिथोल्ने गतिविधि गरिरहेका वैद्य माओवादीले आह्वान...

बैद्यका कार्यकर्ताको मत पाउने खनालको आशा

२०७० कार्तिक १३ गते १५:०१

इलाम, १३ कात्तिक– नेकपा एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले नेकपा–माओवादीले चुनाव भाँड्नुभन्दा एमालेलाई सहयोग गरे चुनावपछि उनीहरूलाई सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनले भने, ‘मुलुक चुनाव केन्द्रित भइसक्यो, चुनाव बिथोल्नुभन्दा हामीलाई सघाउनुस्, एमाले सहयोग गर्न प्रतिबद्ध...

३३ प्रतिशत महिला उम्मेदवार नबनाएकोमा सर्वोच्चले आयोग र सरकारलाई बोलायो

२०७० कार्तिक १३ गते १४:३८

काठमाण्डु, १३ कात्तिक– दोस्रो संविधानसभा चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार नउठाएको भन्दे परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । संविधान सभा चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार नबनाउनुको जवाफ माग गर्दै आयोग र सरकारलाई आउँदो २२ गते उपस्थित हुन सर्वोच्चले अन्तरिम...

निर्वाचन बिथोल्न खोज्नेलाई कारबाहीको चेतावनी

२०७० कार्तिक १३ गते १४:३७

काठमाडु, १३ कात्तिक– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने र विद्यमान कानुन विपरीतका गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् । निष्पक्ष, स्वतन्त्र एवम् भयरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्वाचन बिथोल्न कानुन विपरितका कार्य गर्नेहरुलाई कारवाहीको निर्देशन दिइसकेको बताउका...

सेनाको पूर्वी पृतनामा गोली हानाहान, एक जवानको मृत्यु

२०७० कार्तिक १३ गते १३:५५

इटहरी, १३ कात्तिक– इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा एक जवानको गोली लागेर मृत्यु भएको छ । मुख्यालयमा बटुक दल गणका सेनाबीच गोली हानाहान हुँदा झापाका जवान हेमबहादुर कटुवालको मृत्यु भएको हो । २७ वर्षीय उनको शव मुख्यालय परिसरमै फेला परेको हो ।...

एमालेलाई पासाङले दिए खलनायकको संज्ञा

२०७० कार्तिक १३ गते १२:४४

काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ले एमाले नेपाली राजनीतिको ‘खलनायक’ पार्टी रहेको आरोप लगाएका छन् । उनले कांग्रेसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मात्रै गणतन्त्रप्रति प्रतिवद्धता जनाएको जिकिर गर्दै एमाले ‘खलनायक’ भएको बताए । कांग्रेसले...

गोलमेचको बाजा बजाउने मौसम गैसक्योः विष्ट

२०७० कार्तिक १३ गते ११:२६

म्याग्दी, १३ कात्तिक–  एकीकृत माओवादीका वरिष्ट केन्द्रीय सदस्य एवं म्याग्दी जिल्लाका प्रत्यक्ष उम्मेदवार लोकेन्द्र विष्ट मगरले गोलमेचको प्रस्ताव बेमौसमी बाजा भएको जिकिर गरेका छन् । विष्टले चुनावी सरगर्मी देशभर तातिसकेपछि गोलमेचको कुरा गरेर वैद्य माओवादीले बार्गेनिङ गर्न खोजेको आरोप लगाउँदै चुनाव नबिथोल्न आग्रह आग्रह...

‘राजसंस्था स्थापना गर्ने अन्तिम अवसर’

२०७० कार्तिक १३ गते ११:११

मोरङ, १३ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचन हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र स्थापना गर्न अन्तिम विकल्प भएको बताएका छन् । राजादेखि माओवादीसम्म अटाउने संविधान निर्माणका लागि आगामी चुनावमा राप्रपा नेपाललाई मत दिन उनले आग्रहसमेत गरे । राष्ट्रिय एकता यात्राको क्रममा बुधबार...

नेपालको सुरक्षाबारे भारतमा बैठक

२०७० कार्तिक १३ गते १०:५६

जनकपुरधाम, १३ कात्तिक– आगामी संविधानसभाको निर्वाचनमा सुरक्षाका विषयलाई लिएर  नेपाल र भारतबीच पूर्वी धनुषाको सीमावर्ती भारतको जयनगरमा बैठक भएको छ । बैठकमा निर्वाचनमा कुनै पनि आपाराधिक क्रियाकलाप हुन नदिन दुबै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् । बैठकबाट संविधानसभाको निर्वाचन हुनुभन्दा ४८ घन्टा पहिले...

चोरी शिकारीमा भारतीयको संलग्नता बढी

२०७० कार्तिक १३ गते ९:३९

कञ्चनपुर, १३ कात्तिक- सीमा क्षेत्रमा हुने वन्यजन्तु र वन पैदावारको अवैध चोरी सिकारीमा भारतीय नागरिकको बढी संलग्नता हुने गरेको पाइएको छ । नेपाल–भारतका वन संरक्षणमा संलग्न पदाधिकारीहरुको संयुक्त गोष्ठिमा सो निश्कर्ष आएको हो । चोरी शिकारी रोक्नका लागि पहल गर्ने बताउँदै दुबै देशका पदाधिकारी...

काँग्रेस नेता रिजालमाथि आक्रमण, प्रहरीद्वारा हवाई फायर

२०७० कार्तिक १३ गते ६:१५

गोरखा, १३ कात्तिक–गोरखामा काँग्रेस नेता मीनेन्द्र रिजालमाथि अज्ञात समूहले बुधबार आक्रमण गरेको छ । प्रतिरक्षाकालागि प्रहरीले हवाई फायर गरेको छ । गोरखा – १ मा काँग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा धैरुङ बतासेमा रिजालमाथि ढुंगामुढा भएको हो । रिजाललगायत काँग्रेस नेता-कार्यकर्ता भने सुरक्षित...

निर्वाचन सामग्री लुट्ने दुईजना पक्राउ

२०७० कार्तिक १३ गते ५:२६

इलाम, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका चुनाव प्रचार सामग्री लुटपाटमा संलग्न संघीय लिम्बुवान राज्य परिषदका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्च सम्बद्ध परिषदका दुई कार्यकर्ता इलामको चुलाचुली गाविसबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चुलाचुली १ का विक्रम फागो र पप्पु फागो रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us