समाचार

आगलागीमा बाबु, आमा र छोराको मृत्यु

२०७१ माघ १६ गते ३:२६

काभ्रे, १६ माघ– काभ्रेको पनौतिस्थित एक घरमा गएराति भएको आगलागीमा एकै परिवारका तीन जनाको जलेर मृत्यु भएको छ । पनौती नगरपालिका–१० का विनोद केसीको घरमा आगलागी हुँदा केसीसहित उनकी श्रीमती भागिरथा र छोरा ९ वर्षीय विपिनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको...

संविधानसभाबाट संविधान बन्ने सम्भावना न्यूनः प्रचण्ड

२०७१ माघ १५ गते १३:४८

काठमाण्डु, १५ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट संविधान जारी हुने सम्भावना अत्यन्तै न्यून बन्दै गएको बताएका छन् । बिहीबार सुरु केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले गर्ने दबाबमुलक आन्दोलनको बलमा मात्र संविधान जारी हुने सक्ने बताएका हुन् । ‘सत्ता पक्षको...

एमाले–काँग्रेसका युवाको स्कर्टिङमा हिंड्छन् चक्रे मिलन

२०७१ माघ १५ गते १३:३४

काठमाण्डु, १५ माघ– चर्चित गुण्डा नाइके चक्रे मिलन काँग्र्रेस सम्वद्ध तरुण दल र एमाले सम्वद्ध युवासंघको स्कर्टिङमा हिंड्ने गरेको खुलासा भएको छ । चक्रे ती दुई युवा संगठनका कार्यकर्ताको स्कर्टिङमा बिहीबार राजधानीबाट गोरखाको हरमटारी पुगेका हुन् । चत्रेलाई काठमाण्डुदेखि करिब ७० वटा मोटरसाइकलले अगाडि...

रामचन्द्रले भने– ‘सर्वसम्मत भनेको अधिनायकवाद हो !’

२०७१ माघ १५ गते १२:५५

काठमाण्डु, १५ माघ– काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सर्वसम्मत भनेको अधिनायकवादमा मात्रै हुने भन्दै दुई तिहाइ बहुमत नै लोकतान्त्रिक प्रक्रिया भएको दाबी गरेका छन् । उनले संविधानसभाबाट नै संविधान बनाई छोड्ने समेत बताए । बिहीबार पोखरा–१३ स्थित शीतलादेवी सामुदायिक प्रस्तावित उच्च माविको स्वर्ण जयन्तीको उद्घाटन...

एमालेले एमाओवादीलाई भन्यो– ऐतिहासिक अभिभारा सम्झेर आऊ !

२०७१ माघ १५ गते १२:२२

काठमाण्डु, १५ माघ– सत्तारुढ दोस्रो ठूलो दल एमालेले प्रमुख प्रतिपक्षी एमाओवादीलाई संविधान निर्माणमा सहमतिमा आउन आग्रह गरेको छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने ऐतिहासिक अभिभाराबाट विमुख नहुन आह्वान समेत गरको छ । एमालेको स्थायी समितिको बिहीबारको बैठकले सहमतिमा आउन एमाओवादीसहित विपक्षी...

आगलागीमा ३२ लाखको क्षति

२०७१ माघ १५ गते १२:०५

काठमाण्डु, १५ माघ– विभिन्न ठाउँमा बुधबार र बिहीबार आगलागी हुँदा झण्डै ३२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । ललित फेमिली रेस्टुरेन्टमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ललितपुर–६ मचागलस्थित दिनेश महर्जनको घरमा बुधबार राति आगलागी भएको हो...

सभासद् गृहजिल्ला गएपछि सिंहदरबार सुनसान

२०७१ माघ १५ गते ११:५५

काठमाण्डु, १५ माघ– आफ्ना फरक फरक उद्देश्यका साथ सत्तारुढ र विपक्षी दलका सभासद् गृहजिल्ला जाने क्रम बढेपछि यतिखेर सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिननका साथै संसदीय समितिका गतिविधि प्रभावित हुन पुगेका छन् ।   एकीकृत नेकपा माओवादीको संविधानसभा र व्यवस्थापिका–संसद्का समिति बहिष्कारको घोषणा गर्दै आफ्ना...

गणशेमानको जन्मशताब्दीमा कांग्रेसको देशव्यापी पदयात्रा

२०७१ माघ १५ गते ११:२५

काठमाण्डु, १५ माघ– नेपाली काँग्रेसले आफ्ना नेता गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा देशव्यापी पदयात्रा कार्यक्रम गर्ने भएको छ । सँगसँगै कांग्रेसले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट पार्टीका सबै जिल्ला समितिका कोषाध्यक्षलाई बजेट निर्माण र व्यवस्थापन विषयमा प्रशिक्षण दिने भएको छ । कांग्रेसले प्रशिक्षण माघ २७...

किन आए चेक गणतन्त्रका उद्योग मन्त्री ?

२०७१ माघ १५ गते ११:२४

काठमाण्डु, १५ माघ– युरोपेली मुलुक चेक गणतन्त्रका उद्योग वाणिज्य मन्त्री यान मलाडेक ३९ सदस्यीय उच्च प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज बिहान काठमाण्डु आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव एवम् युरोप–अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले, नेपालका...

विप्लव माओवादी ग्यास अभियानमा

२०७१ माघ १५ गते ११:२१

काठमाण्डु, १५ माघ– बजारमा खाना पकाउने ग्यास अभाव जारी रहेका बेला नेकपा माओवादीले बिहीबार आयल निगम घेरेको छ । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा अघिल्लो महिना गठित माओवादीले ग्यास सहज उपलब्ध गराउने दबाब दिन नेपाल आयल निगम घेराउ गरेको हो । नेकपा माओवादी नेवाः राज्य...

चुनढुङ्गा खानी सञ्चालनमा विप्लप माओवादी असहमत

२०७१ माघ १५ गते ११:०२

चितवन, १५ माघ– पूर्वी चितवनको शक्तिखोरमा रु पाँच करोडको लगानीमा चुनढुङ्गा खानी सञ्चालनमा आएको छ । विगतमा सञ्चालन भएर बन्द भएको शक्तिखोरको कोलारमा उक्त खानी सञ्चालनमा आएको हो । विगतमा पनि दुई वर्ष सो क्षेत्रमा खानी सञ्चालन गरिएको थियो । विविध कारणले बन्द भएको...

संविधानका लागि जनताको प्रत्यक्ष अभिमत लिनुपर्छः कमल थापा

२०७१ माघ १५ गते ९:५५

हेटौँडा, १५ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिगो र चिरस्थायी संविधान निर्माण गर्न जनताको प्रत्यक्ष अभिमत लिनुपर्नेमा जोड दिएका छन् । उनले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको छिनोफानो जनमत सङ्ग्रहबाट भए सबैलाई स्वीकार्य हुने र त्यो नै उच्चतम प्रजातान्त्रिक अभ्यास हुने बताए।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us