समाचार

नामावली सच्याउन महिला संघको माग

२०७० पुष १६ गते ८:५९

काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसद्वारा समानुपातिक निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीभित्रका विजयी उम्मेदवारहरुको नामावलीलाई सच्याउन नेपाल महिला संघले आग्रह गरेको छ । पार्टीले आयोगमा पेस गरेको विजयी नामावलीमा पार्टीको सिद्धान्त र निष्ठामा अविचलित कार्यकर्ताभन्दा शीर्ष नेताका वरिपरि घुमिरहने र उनीहरुका आफन्तहरुकै...

‘एच नाइन’ भाइरसले कुखुरा मरे

२०७० पुष १६ गते ८:०७

कैलाली १६ पुस – कैलालीको गोदावरी गाविसस्थित एक पोल्टी फार्ममा ‘एच नाइन’ भाइरसका कारण कुखुरा धमाधम मर्न थालेका छन् । स्थानीय नारद जोशीको पोल्टी फार्ममा ठूलो सङ्ख्यामा कुखुरा मर्न थालेको जिल्ला पशु सेवा कार्यालय कैलालीले जनाएको छ । पोल्ट्री फार्ममा रहेका तीन हजार ५००...

हात्ती आतंकबाट स्थानीय चिन्तित

२०७० पुष १६ गते ७:५९

पर्सा १६ पुस –  पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले फेरि आतङ्क मच्चाएपछि स्थानीयवासी चिन्तित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गएराति बस्तीमा पसेको जङ्गली हात्तीले ठोरी–३ सरस्वतीनगरका जितबहादुर सुनारको भान्छाघर भत्काइदिएको छ । निकुञ्जको जङ्गलबाट ठोरी–५ हनुमाननगरमा पसेको जङ्गली हात्तीले सरस्वतीनगर स्थित सुनारको...

राजनीतिमा स्थायी शत्रु हुँदैन : पौडेल

२०७० पुष १६ गते ७:५१

काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिमा कसैको स्थायी शत्रु नहुने बताएका छन्  । नेपाली काँग्रेस भक्तपुर–२, ले दूधपाटीमा आयोजना गरेको ३७ औँ मेलमिलाप दिवस तथा बिरामीलाई फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको स्वार्थसँग गोलबद्ध हुनुपर्ने समय आएको धारणा राखे...

पोषण योजना कार्यान्वयनको माग

२०७० पुष १६ गते ७:४१

काठमाण्डु, १६ पुस – राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी रुपमा कार्यान्वय गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ । गत वर्षदेखि सो योजनालाई पाँचवटा मन्त्रालयहरु शिक्षा, सहरी विकास, कृषि, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयमा ल्याइरहेका छन् । आयोगद्वारा...

सवारी दुर्घटनामा दुईको मृत्यु

२०७० पुष १६ गते ७:३५

धनगढी, १६ पुस – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बलिया सडकखण्डमा बस र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बलियाका अनुसार, दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिकाका अन्दाजी ३५ वर्षीय जनक कुँवर र ४० वर्षीय विष्णु साउदको...

दुई सय बढी मुक्तकमैयाले जग्गा पाएनन्

२०७० पुष १६ गते ७:२६

कञ्चनपुर, १६ पुस – जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् । पचकडिया...

सभासद चयनपछि किचलोमा दलहरु

२०७० पुष १६ गते ७:२१

काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनका विषयमा दलहरुमा तिब्र अशन्तुष्टि देखिएको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतका दलहरुमा अशन्तुष्टि बढेको हो । काँग्रेसमा युवा नेताहरुको विरोध काँग्रेसमा गगन थापासहितका १५ जना केन्द्रीय नेताहरुले सभासदको नाम...

पुरुष मृत भेटिए, हत्याको आशंका

२०७० पुष १६ गते ५:३६

भक्तपुर, १६ पुस–भक्तपुरको लोकन्थलीस्थित मनोहरामा मंगलबार बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ । लोकन्थली प्रहरी बिटनजिकै मनोहरा आँखा अस्पताल जाने सडकको खोंचमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । हेर्दा बाहुन, क्षत्रीजस्तो देखिने जनै लगाएको कलेजी ज्याकेट, जिन्स पाइन्ट लगाएको,...

कर्णालीमा हिमपात, जनजीबन प्रभावित

२०७० पुष १६ गते ५:०३

काठमाण्डु, १६ पुस–कर्णाली अन्चलका अधिकांश जिल्लामा भारी हिमपात भएको छ । हिमपातको कारण जनजीबन प्रभावित भएको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । एक फिटसम्म हिउँ जमेपछि मुगु, हुम्ला, जुम्ला लगायत जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ...

सूची नबुझाउनेलाई के गर्ने भन्नेमा आयोग मौन

२०७० पुष १६ गते ४:३८

काठमाण्डु, १६ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले बुझाएको सभासदहरुको नामावलीमा मंगलबारबाट छानविन शुरु गरेको छ । निर्वाचन कानुन अनुसार भएनभएकोबारे अध्ययन शुरु गरेको आयोगले जनाएको छ । प्रक्रिया पूरा नभएको पाइए दलहरुलाई जानकारी गराउने र संशोधन गर्न भन्ने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी...

काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदै

२०७० पुष १६ गते ३:०७

काठमाण्डु, १६ पुस–नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउंदै छ । संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us