समाचार

प्रभु साहले टेरेनन् प्रचण्ड र बाबुरामलाई

२०७१ माघ १४ गते ११:४४

काठमाण्डु, १४ माघ– एकीकृत माओवादी केन्द्रीय सदस्य तथा सभासद् प्रभु साहले पार्टी निर्देशनविपरीत संसदीय समितिको बैठक बोलाएका छन् । साहले बुधबार आफू सभापति रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक राखेका छन् । बुधबार बिहान बसेको एमाओवादी संसदीय दलको बैठकले आफ्ना सभासदहरुलाई संसदीय...

संविधानसभा छाडेर सडकमा आउन प्रचण्डलाई वैद्यको आग्रह

२०७१ माघ १४ गते १०:४३

काठमाण्डु, १४ माघ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीलाई संविधानसभा छाडेर सडकमा आउन आग्रह गरेका छन् । पार्टीको नेवाः राज्य समितिले बुधबार राजधानीमा गरेको कार्यक्रममा वैद्यले संविधानसभा नछाडेसम्म एमाओवादीसँग सहकार्य असम्भव रहेको बताए । संविधानसभाबाट नभई सडकको दबाबाट मात्र जनपक्षीय संविधान बन्ने दाबी उनको छ...

ब्रिकेट बालेर सुत्दा ज्याकलिनको मृत्यु

२०७१ माघ १४ गते १०:००

ललितपुर, १४ माघ– ललितपुरमा ब्रिकेट बालेर सुत्दा एक मलेसियाली नागरिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गत माघ ११ गते राति अमित राजकर्णिकारको घरमा ब्रिकेट बालेर सुत्दा मलेसियाली नागरिक आना र ज्याकलिन बिहान अचेत अवस्थामा रहेका र उनीहरूलाई उपचार गर्न...

समयमै आयोजना सम्पन्न गर्न निर्देशन

२०७१ माघ १४ गते ९:०४

काठमाण्डु, १४ माघ– व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको बुधबारको बैठकमा कान्ति लोकपथ, काठमाण्डु–निजगढ द्रूतमार्ग र काठमाण्डु–हेटौँडा सुरुङ मार्ग निर्माण गर्ने विषयमा निजी क्षेत्र र सरकारबीचको सहकार्यको अवस्था र चुनौतीका सम्बन्धमा छलफल भएको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसँग...

दुर्घटनामा एकको मृत्यु

२०७१ माघ १४ गते ८:४९

कैलाली, १४ माघ– कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पथरैयाबाट सामान खरिदका लागि भारतको तिकुनिया गइरहेका पथरैया गाविस–५ खैरीपुरका १९ वर्षीय एकीन्द्र जैसीको मृत्यु भएको हो । टीकापुर नगरपालिका–४ अस्नेहरीमा विपरीत दिशाबाट आएको बयलगाढासँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी...

सडकमा रित्तो सिलिन्डर गुडाउँदै सरकारको विरोध (फोटो फिचर)

२०७१ माघ १४ गते ८:४६

काठमाण्डु– सरकारले खाना पकाउने ग्यासको मूल्य अन्तराष्ट्रिय बजारअनुसार नघटाएको र ग्यास उपलब्ध पनि नगराएको भन्दै अखिल क्रान्तिकारीले बुधबार राजधानीमा विरोध जुलुस निकाल्यो । एकीकृत माओवादी निकटको विद्यार्थी संगठन क्रान्तिकारीले रित्तो सिलिन्डरसहितको विरोध प्रदर्शन गरेको हो । केही सातादेखि बजारमा ग्यास आयात भइरहेको तर उपभोक्ताले...

एमाओवादीका सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने

२०७१ माघ १४ गते ८:३२

काठमाण्डु, १४ माघ– एकीकृत नेकपा माओवादीले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ । सो पार्टीको बुधबार सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अहिलेको परिस्थितिका बारेमा समीक्षा हुनुका साथै सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै...

आमाविरुद्ध छोरीले हालिन् उजुरी

२०७१ माघ १४ गते ८:१६

चितवन, १४ माघ– चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिएकी हुन् । उजुरीका आधारमा प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । तल्लो...

आगलागीमा बाह्र लाखको क्षति

२०७१ माघ १४ गते ८:०५

इनरुवा, १४ माघ– सुनसरीको सत्तेरझोरा गाविस–६ मा मङ्गलबार मध्यरातमा आगलागी हुदाँ १२ लाखको क्षति भएको छ । सत्तेरझोरा–६ निवासी यादवको घरमा आगलागी हुँदा १२ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवले चिसोको बेला न्यानो हुनका लागि सल्काएको घुरबाट सल्केको आगोले...

एमाओवादी मोर्चाबाट अलग्याएर मधेसीलाई सरकारमा लाने तयारी

२०७१ माघ १४ गते ७:१८

काठमाण्डु, १४ माघ– पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेता झलनाथ खनालले विपक्षीले घोषणा गरेको आन्दोलन अघि बढ्ने नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लबले बुधबार गरेको कार्यक्रममा खनालले विपक्षीको आन्दोलनलाई जनताले साथ नदिने बताए । आन्दोलन सफल हुने भए प्रश्नावली समिति गठन भएकै दिनबाट...

ग्यास पाउनु भएको छैन ? यी ठाउँमा जानुस्

२०७१ माघ १४ गते ५:५८

काठमाण्डु, १४ माघ– नेपाल आयल निगमले बिहीबारदेखि उपभोक्तालाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट ग्यास वितरण गर्ने भएको छ । ग्यासको चरम अभाव झेल्न बाध्य उपभोक्ता आक्रोशित भएपछि निगम आफैंले ग्यास बाँड्न थालेको हो । निगमले काठमाण्डुको नया“बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा...

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगे ओली

२०७१ माघ १३ गते १५:१८

काठमाण्डु, १३ माघ– एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ओलीले मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका छन् । अचानक स्वास्थ्य बिग्रिएपछि ओली मंगलबार पार्टी मुख्यालयमा जनवर्गीय संगठनका नेताहरुको भेलामा सहभागी हुन सकेनन् । ओलीको निजी सचिवालयले नियमित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us