समाचार

काँग्रेसले पाँच विकास क्षेत्रमा प्रशिक्षण गर्ने

२०७१ माघ १५ गते ९:४९

काठमाण्डु, १५ माघ– नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका सबै जिल्ला समितिका कोषाध्यक्षलाई बजेट निर्माण र व्यवस्थापन विषयमा प्रशिक्षण दिने भएको छ । माघ २७ देखि २९ गतेसम्म प्रशिक्षण हुनेछ । तीनदिने प्रशिक्षणको उद्घाटन केन्द्रीय कार्यालयमा हुने र बन्दसत्र काभ्रेको धुलिखेलमा हुने...

सभाध्यक्षले संविधानसभाको अपहरण गरेः भट्टराई

२०७१ माघ १५ गते ८:५३

काठमाण्डु, १५ माघ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जबर्जस्ती प्रक्रियामा जाने निर्णय गरेर संविधानसभाको अपहरण गर्ने काम गरेको बताएका छन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा रिपोर्टस क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै नेता भट्टराइले माघ ११ गते संविधानसभा अध्यक्षबाट संविधानको अपहरण भएको...

बजारभित्रका सबै घर भत्काइने

२०७१ माघ १५ गते ८:३५

विराटनगर, १५ माघ– ढल तथा नाला र सडक विस्तारका लागि मापदण्ड विपरीत विराटनगर उपमहानगरपालिका क्षेत्रमा बनाइएका घरटहरा भत्काउन आइतबारदेखि सुरु गरिने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार विराटनगर बजारभित्रको काम तीन ठाउँबाट एकैपटक सुरु गर्ने जानकारी दिए । उनले ढल,...

भक्तपुर साना हातहतियारको ‘ट्रान्जिट प्वाइन्ट’

२०७१ माघ १५ गते ८:३४

भक्तपुर, १५ माघ– महानगरीय प्रहरी वृत्त थिमीले माघको पहिलो हप्ता सिक्सर रिभल्वर एक थान र त्यसमा प्रयोग हुने गोली एक थानसहित केही ब्यक्तिलाई प्रकाउ गरेको छ । काभ्रे चिसापानी–७ बस्ने वर्ष १८ को अजय लामा र काभ्रे महादेवटार घर भई हाल च्याम्हसिंह बस्ने वर्ष...

घुस लिँदालिँदै घिमिरे पक्राउ

२०७१ माघ १५ गते ८:३३

बुटवल, १५ माघ– जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिइरहेका बेला बुटवलको एक होटलबाट पक्राउ परेकका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लागि आएको बजेटबाट ५० हजार घुस लिँदै गर्दा...

मिटर बक्स पड्केर आगलागी

२०७१ माघ १५ गते ८:३३

सिन्धुपाल्चोक, १५ माघ– सिन्धुपाल्चोकको हगाम गाविस–१ स्थित खानीडाँडाका रुपबहादुर श्रेष्ठको घरमा जडान गरिएको विद्युत् मिटर अचानक पड्केर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । आगलागीबाट ढुङ्गाको छाना भएको दुईतले घरमा नोक्सान हुनाका साथै अन्नपात लत्ताकपडालगायत धनमाल क्षति भएको इलाका...

एमाओवादीले कार्यकर्तालाई गाउँ फर्कन निर्देशन दिने

२०७१ माघ १५ गते ८:०९

काठमाण्डु, १५ माघ– एकीकृत माओवादीले आफ्ना कार्यकर्तालाई गाउँ फर्कन निर्देशन दिने भएको छ । बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकले यस सम्बन्धमा निर्णय गर्ने बताइएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल गरेको छ । सत्तापक्षीय दलहरुले बहुमतीय...

किन दाबी गर्छ नेपाली सेना आफूलाई मात्रै भरोसायोग्य ?

२०७१ माघ १५ गते ७:५३

काठमाण्डु, १५ माघ– संविधानसभामा सहमतीय संविधान निर्माणको प्रक्रिया अवरुद्ध भएको र प्रमुख दलहरुबीच असमझदारी बढ्दै गएको बेला एकथरी विश्लेषकहरुको ध्यान नेपाली सेनातिर गएको छ । सत्ताको प्रमुख अंग मानिने सेनाले पनि आफूलाई राष्ट्रवासीको एक मात्र भरोसा र विश्वास आर्जन गरेको शक्ति भएको दाबी गरेको...

आगलागीमा परी महिलाको मृत्यु

२०७१ माघ १५ गते ५:४८

बागलुङ, १५ माघ– जिल्लाको बाटाकाचौर–४ मझुवास्थित प्रेमबहादुर खत्रीको गोठमा आगलागी हुँदा एक महिलाको जलेर ज्यान गएको छ । बाटाकाचौर– ३ हरिडाँडा बस्ने प्रेमबहादुर बोहराकी श्रीमती ४५ वर्षीया पुनम बोहराको मृत्यु भएको हो । मानसिक सन्तुलन बिग्रिएकी बोहरा बिहीबार ११ बजे छिमेकी प्रेमबहादुरको गोठमा सुतिरहेकै...

छात्रले बनाए हवाइजहाज

२०७१ माघ १५ गते ५:३१

धनगढी, १५ माघ– कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका धनगढीका योगेश ओझाले हवाइजहाज निर्माण गरेका छन् । पाईथन प्रोग्रामिङ्ग लेङ्गोइज‘ नामको प्रविधिको प्रयोग गरी तयार पारिएको उक्त मानवरहित जहाजलाई बुधबार स्थानीय ऐश्यर्य विद्या निकेतन उच्च माविको प्राङ्गणमा आयोजित समारोहमा आकासमा उडाएर प्रदर्शन गरिएको छ । ‘कार्बन...

अब एसएमएसबाटै राहदानीबारे जानकारी

२०७१ माघ १५ गते ५:१८

चितवन, १५ माघ– जिल्ला प्रशासन कार्यालय चितवनले अब सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ । सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले जानकारी दिनुभयो । अब आउने लटको राहदानी एसएमएसबाटै जानकारी दिने तयारी...

आमाको नाममा नागरिकता दिन अदालतको परमादेश

२०७१ माघ १४ गते १६:१३

बाँके, १४ माघ– पुनरावेदन अदालत नेपालगञ्जले बागेश्वरी गाविस– २ की वर्षा शर्मालाई आमाको नाममा नागरिकता दिन जिल्ला प्रशासन कार्यालय बाँकेका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश रामकृष्ण भट् र यमुना भट्टराईको संयुक्त इजलासले बुधबार आमाको नाममा परमादेश जारी गर्न निर्देशन दिएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us