समाचार

आगोमा जलेर तीन आमा-छोराको मृत्यु

२०७० पुष १४ गते ४:३६

भद्रपुर, १४ पुस–झापाको सतासीधाम–७ स्थित दुधेबजारस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीनजनाको जलेर मृत्यु भएको छ । गणेश बजगार्इंको दुईतले काठको घरमा आगो लाग्दा ३६ वर्षीया मनिका भट्टराई, उनका छोराहरु १२ वर्षीय नितेष र सात वर्षीय निसानको घटनास्थलमै मृत्यु भएको हो । मोरङको...

हृदयघातले डाक्टरको मृत्यु

२०७० पुष १४ गते ४:३५

काठमाण्डु, १४ पुस–वीर अस्पताल आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. भरत थापाको हृदयाघातका कारण मृत्यु भएको छ । एमडिजिपी पढेका थापा ५ बर्षदेखिदेखि बीर अस्पतालको आकस्मिक विभागमा कार्यरत थिए । स्थायी घर गोरखा भएका थापाले गोरखाको आँपपिपलस्थित मिसन अस्पताल र इलाम अस्पतालको प्रमुखको रुपमा समेत...

हात्ती आतङ्कले रातभर जाग्राम

२०७० पुष १४ गते ३:३०

कञ्चनपुर, १४ पुस–भारतीय दुधुवा नेसनल पार्कबाट नेपाली बस्ती छिर्ने हात्तीको बथानले कञ्चनपुरको परासन गाविस–८ मा आतङ्क मच्चाएको छ । साँझ नहुँदै बस्ती छिर्ने हात्तीको बथानले स्थानीय तीनजना बासिन्दाको घर भत्काउनुका साथै घरभित्र राखेको अन्न सबै खाएर नोक्सानी पुर्‍याएको छ । स्थानीय बासिन्दाले लगाएको गहुँ...

पूर्व लडाकुले बनाएको गेट सेनाले भत्कायो

२०७० पुष १४ गते ३:१९

नवलपरासी, पुस १४ गते–पूर्व जनसेनाले नवलपरासीको कावासोतीमा बनाएको शहिद स्मृतिद्वार नेपाली सेनाले भत्काएपछि नवलपरासीका दुबै माओवादीले नेपाली सेनाको सो कार्यको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता पछि तात्कालिन नेकपा (माओवादी)ले निर्माण गरेको जनमुक्ति सेनाले अस्थायी शिविरमा बस्ने क्रममा नवलपरासीको कावासोतीको फलफूल चोकमा शहिदहरुको...

एमालेमा असन्तुष्टी चुलिदै, तालावन्दी र राजीनामाको लहर

२०७० पुष १३ गते १६:१०

काठमाण्डु १३ पुस–समानुपातिक सभासद छनौट प्रति असन्तुष्टी व्यक्त गर्दै एमालेका आकाँक्षीहरुले राजीनामा दिन थालेका छन । नेकपा (एमाले) सोलुखुम्बुका सम्पूर्ण पदाधिकारीले शनिवार सामूहिक राजीनामा दिएका छन् । अन्य जिल्ला पनि असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिने लहर चलेको एमालेका असन्तुष्ट नेताहरुले बताएका छन । समानुपातिक...

यस्तो छ संघीय समाजवादीको सर्कुलर

२०७० पुष १३ गते १४:५३

काठमाण्डु–संघीय समाजवादी पार्टीको बैठकले पार्टी निर्माणका लागि कार्यकर्ताहरुका वीचमा सर्कुलर जारी गरेको छ । महासचिव राजेन्द्र श्रेष्ठद्धारा प्रस्तुत र पार्टीको केन्द्रीय समितिबाट पारित दस्तावेज जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । श्रमजीवी वर्ग एवम् उत्पीडित समुदायहरू – एकजुट होऔं !! सङ्घीय समाजवादी पार्टी, नेपाल...

निर्माणाधीन बेलिब्रिज नदीमा खस्योे

२०७० पुष १३ गते १४:१४

खोटाङ, १३ पुस–  उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान गर्ने क्रममा आज बिहान भाँचिएर नदीमा खसेको छ । एक सातादेखि जडान कार्य थालिएको बेलिब्रिज जडान गर्ने क्रममा भाँचिएर नदीमा खसेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादर खत्रीले बताए । समयमा बेलिब्रिज सञ्चालन...

दुर्घटनामा बालिकाको मृत्यु

२०७० पुष १३ गते १४:११

वीरगन्ज, १३ पुस– वीरगन्ज पथलैया सडकखण्डको जितपुरमा आज भएको सडक दुर्घटनामा परी एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा वारा जितपुर गाविस–८ का १४ वर्षीया शालु कुमारी रहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । बाटो काट्न लागिरहेको बेला पथलैयाबाट वीरगन्ज आउँदै...

एमाओवादीले समानुपातिकमा नयाँलाई प्राथमिकता दिने

२०७० पुष १३ गते ११:१७

काठमाण्डु, १३ पुस– एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पार्टीले समानुपातिक तर्फका सभासद छान्दा नयाँलाई प्राथमिकता दिने बताएका छन् । उनले सकेसम्म सबै जिल्लालाई समेट्ने बताए । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार आयोजित नियमित भेटघाट कार्यक्रममा सापकोटाले समानुपातिक सूचीका बारेमा आइतबार १ बजे बस्ने...

चिसोले रौतहटमा एक जनाको मृत्यु

२०७० पुष १३ गते १०:५८

रौतहट, १३ पुस– चिसोका कारण शनिबार बिहान एक जनाको मृत्यु भएको छ भने मर्नेको सङ्ख्या दुई पुगेको छ । बिहान हुस्सुसँगै चलेको चिसो हावाका कारण अत्यधिक चिसो लागी गम्हरिया विर्ता गाविस–१ निवासी लक्षु पण्डितको मृत्यु भएको हो । अन्दाजी ६० वर्षका पण्डितको मृत्यु हुनाका...

त्यागी भन्दा विवादास्पद छविका सभासद बढी

२०७० पुष १३ गते १०:१२

काठमाण्डु, १३ पुस– नेकपा एमालले संविधासभामा समानुपातिकतर्फ आफ्नो भागमा परेको ८४ जनाका नाम टुंग्याएलगत्तै पार्टी भित्रै यसको चरम आलोचना हुन थालेको छ । पार्टीका योग्य तथा त्यागी नेताको साटो नेताका खल्तीका मान्छेलाई सभासद बनाएको भन्दै विरोध सुरु भएको हो । एमालले विवादास्पद छविका महेन्द्र...

प्लास्टिक झोला प्रयोग गर्ने कारबाहीमा

२०७० पुष १३ गते ८:५४

धनकुटा, १३ पुस– धनकुटा नगरपालिकाले घोषणा गरेको प्लास्टिक झोला नियन्त्रण अभियानअन्तर्गत हालसम्म ४ सय ३७ जना व्यापारी तथा प्रयोगकर्ता कारबाहीमा परेका छन् । गएको वैशाखबाट नगर क्षेत्रमा सुरु गरिएको यो अभियान उल्लंघन गर्ने व्यापारी तथा प्रयोगकर्ताहरु कारबाहीमा परेका हुन् । नगरपालिकाले यस अभियानअन्तर्गत दिनहुँजसो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us