इलाम, १३ माघ– बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चिसापानीका एक युवकलाई आज जिल्ला अदालत इलामले २० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले चिसापानी–५ का जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई मुलुकी ऐन जबर्जस्ती महलको १ र २ नं बमोजिम...
काठमाण्डु, १३ माघ– संविधानसभामा बहुमतीय प्रक्रियामा जान सभाध्यक्षलाई आग्रह गरेका सत्तारुढ दलहरु प्रतिपक्षी मोर्चा भड्केकोमा दुःखी भएको उल्लेख गरेका छन् । उनीहरुले आफूहरु वार्ता र सहमतिबाट समस्या समाधान गर्न चाहने भन्दै सम्भव भएसम्म सर्वसम्मतिबाटै संविधान निर्माण गर्न क्रियाशील हुने पनि बताएका छन् । मंगलबार...
काठमाण्डु, १३, माघ– आफू क्रान्तिकारी आन्दोलन विगठनको साक्षीको रुपमा वैद्य माओवादीमा बस्न नसकेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका उपत्यका संयोजक हरिश भट्ट विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन्। एक विञप्ती जारी गर्दै पोखरा विश्वविद्यालय अन्तरगत उपत्यका संयोजक भट्टको नेतृत्वमा...
काठमाण्डु, १३ माघ– प्रश्नावली समिति बनेकोमा खुशी व्यक्त गरेका सत्तारुढ दलहरुले विपक्षीले उक्त समिति निर्माण प्रक्रिया अस्वीकार गरेकोमा दुःखी भएको जनाएका छन् । मंगलबार बसेको कांग्रेस, एमाले लगायतका सत्तापक्षीय दलको बैठकले प्रश्नावली समितिमा बस्न विपक्षी मोर्चालाई आग्रह समेत गरेको छ । मंगलबारको बैठकका निर्णय...
सिन्धुपाल्चोक, १३ माघ– मदिरा भनेर झुक्किएर स्प्रिट सेवन गर्दा सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार बिहान एक वृद्धको मृत्यु भएको छ । मेलम्ची नगरपालिका–८ ग्रामचौर निवासी ६५ वर्षीय शुक्रम तामाङको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । दूध डेरीमा प्रयोग...
सिरहा, १३ माघ– आमालाई छुरा हानेर छोरी भगाएका तीन युवकलाई पक्राउ गर्न सिरहा प्रहरी सफल भएको छ । सिरहाको गोलबजार नगरपालिका–८ की मीनादेवी साहमाथि छुरा हानेर उनकी १४ वर्षीया छोरी ममताकुमारी साहलाई लिएर भागेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार...
इलाम, १३ माघ– माइपोखरीमा मंगलबार बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । घाँस काट्ने क्रममा माइपोखरी–१ मा ३६ एम ग्रिनेट फेला परेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ कालीध्वज गणका सहसेनानी सुवास केसीको नेतृत्वमा खटिएको...
काठमाण्डु–भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी चर्चामा छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा एकछत्र छाइरहेका मोदी केही कर्मले, केही प्रतिबद्धताले, केही अभिव्यक्ति कलाले र केही पोलिटिकल स्टण्टहरुले गर्दा सधैं चर्चाको केन्द्रमा छन् । पछिल्लो केही दिनयता नेपालमा पनि एक जना मोदी चर्चामा छन् । तर नेपाली...
काठमाण्डु, १३ माघ– सत्तारुढ दल र प्रतिपक्षी मोर्चाबीच राजनीतिक असहमति बढ्न थालेपछि त्यसको असर सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको छ । प्रतिपक्षी मोर्चाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्ला दिनमा सरकारको असक्षमतामाथि ट्वीटरबाट आलोचना गरिरहेका छन् । सोमबारको ट्वीटरमा डा. भट्टराईले लेखे, ‘तेल...
राजविराज, १३ माघ- अत्यधिक गतिमा रहेका कारण यात्रुबाहक बस मंगलबार खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका घाइते एक दर्जनमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना।४ख। ६९७६ नम्बरको यात्रुबाहक बस बक्धुवा–८ स्थित पूर्व...
झापा, १३ माघ– नेपाल कम्युनिस्ट पार्टी एमाले झापाका पहिलो सदस्य रुद्र चापागाईंको ८८ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । तोपगाछी-७ केरखास्थित निवासमा उनको निधन भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा २००६ सालदेखि लागेका चापागाईं पछिल्लो समय मुटु र दमको समस्याले पीडित थिए...
बागलुङ, १३ माघ– बागलुङमा एचआइभीरएड्सबाट २५ जनाको मृत्यु भएको छ । विसं २०६४ साउनदेखि यता एड्सबाटै मृत्यु हुनेको सङ्ख्या २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एड्सबाटै मृत्यु हुनेको सङ्ख्या २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुने सबै एड्सको...