काठमाण्डु, १२ पुस– सर्वोच्च अदालतले सिँचाइ मन्त्रालयका सचिव प्रतापकुमार पाठकलाई गरेको सजाय माफी दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले अदालतको आदेशको अपहेलना गरेका सचिव पाठकले यही पुस १ गते अदालतमा उपस्थित भई लिखित प्रतिबद्धतासहित क्षमायाचना गरेकाले माफी दिने आदेश...
काठमाण्डु, १२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नाम टुङ्गो लगाएको छ । राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापा, नेताहरु जयन्त चन्द, सरोजा शर्मा, परशुराम तामाङ, रमेश लामा, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, आनन्दी पन्त, गीता सिंह र लक्ष्मी थापा...
काठमाण्डु, १२ पुस–काठमाण्डुको लाजिम्पाटस्थित न्यूज ट्वान्टी फोर टेलिभिजन ‘सुविसु केबुल’बाट मात्रै प्रसारण भएको छ । स्याटलाइट प्रयोग गरे वाफत पैसा बुझाउन नसकेपछि बन्द भएको टिभि अब भने काठमाण्डु उपत्यकाको सिमित ठाउँमा हेर्न सकिन्छ । यसअघि न्यूज ट्वान्टी फोर टेलिभिजनले नै सन्चालन गर्दै आएको मनोरन्जनात्मक टेलिभिजन...
काठमाण्डु, १२ पुस–जिल्ला जनस्वास्थ्य कार्यालय दाङका भेक्टर कन्ट्रोलर अधिकृत दिर्घराज जि.सी. र प्रहरी नायव निरीक्षक रञ्जनभक्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिसी र पौडेलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । जिसीले बढुवा...
काठमाण्डु–१२ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शुक्रबारदेखि लिने तयारी गरेको माध्यमिक तहका शिक्षकको अन्तर्वार्ता स्थगन गरेको छ । लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो । एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा...
बागलुङ, १२ पुस– बागलुङमा लामो सयमदेखि अवैध रुपमा शिक्षण सहयोग केन्द्र (कोचिङ सेन्टर)हरू सञ्चालनमा रहेको पाइएको छ । होस्टेल या ट्युसन सेन्टरका रुपमा सञ्चालित त्यस्ता केन्द्रहरू बिना अनुमति सञ्चालनमा रहेका छन् । जिल्ला शिक्षा कार्यालयको अनुमति लिएरमात्र सञ्चालन गर्न पाइने व्यवस्था भए पनि त्यसको...
काठमाण्डु, १२ पुस–एकीकृत नेकपा माओवादीले समानुपातिक सभासद् केन्द्रीय समितिबाट टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय कोटेश्वरमा दुई दिनसम्म बसेको पूर्वपोलिटब्यूरो समितिको बैठकले सभासद् चयन केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने निर्णय गरेको हो । शुक्रबारको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले आउँदो आइतबार दिउँसो एक बजे केन्द्रीय...
काठमाण्डु १२ पुस–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनपछि नवीन समयको प्रारम्भ भएको बताएका छन । नेपालमा शान्ति र स्थायित्व कायम हुने वातावरण निर्माण हँुदै आएको स्मरण गराउदै रेग्मीले २०७० मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन भएको बताए ।...
काठमाण्डु, १२ पुस–आन्तरिक बिवादका बाबजुद नेकपा एमालेले समानुपातिक सभासद छनोट अन्तिम चरणमा पुर्याएको छ । पार्टीले पाएको ८४ समानुपातिक सिटमध्ये मध्यान्हसम्म झण्डै ६० सभासदको टुंगो लागिसकेको छ । बाँकी सभासद छनौटको प्रयास जारी छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा शुक्रबारै सूची...
महोत्तरी, १२ पुस– महोत्तरीको मटिहानी गाउँ विकास समितिमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी गाविस ६ का ५५ वर्षका रामनारायण खत्बे रहेको प्रहरी चौकी मटिहानीले जनाएको छ । शौच गर्न गइरहेका खत्बे गाउँभन्दा बाहिर रहेको पुल नजिकै पुग्दा चिसोले कामेर...
काठमाण्डु, १२ पुस – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र जनताबीचको दूरी बढ्नु नै चुनावमा पराजयको मुख्य कारण भएको बताएका छन् । पूर्वपोलिटब्युरो सदस्यको काठमाण्डुमा भएको बैठकमा प्रचण्डले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक र बाह्य दुवै कारण उत्तिकै जिम्मेवार रहेको बताए ।...
ललितपुर, १२ पुस–राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको छ । आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान कार्य छिटोछरितो भए पनि पछिल्लो समयमा जिल्ला प्रहरी...