समाचार

शिक्षण अस्पताललाई छ करोडको उपकरण

२०७० पुष १२ गते ८:१६

काठमाण्डु, १२ पुस–संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित प्रोजेक्ट क्योर संस्थाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई करिब छ करोड रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराएको छ । पूर्व सभामुख तारानाथ रानाभाटको पहलमा अन्तर्राष्ट्रिय रोटरी क्लब कान्तिपुरको आर्थिक सहयोगमा शिक्षण अस्पताललाई शुक्रबार ती सामान हस्तान्तरण गरिएको हो...

जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव

२०७० पुष १२ गते ५:४७

काठमाण्डु १२ पुस–पछिल्लो जनादेशले दिएको मेलमिलाप र सहकार्यको सन्देशलाई आत्मसात गरेर अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिइएको छ । टङ्कप्रसाद स्मृति प्रतिष्ठानद्वारा स्व. आचार्यको १०२ आँै जन्मजयन्तीका सन्दर्भमा शुक्रवार आयोजित ‘वर्तमान राजनीतिक स्थिति र आगामी दिनमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका’ विषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक प्रक्रियामार्फत...

अब पार्किङ शुल्क तिर्नु पर्दैन

२०७० पुष १२ गते ३:००

काठमाण्डु, १२ पुस–काठमाण्डु महानगरपालिका भित्र शुक्रबारदेखि पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ । यसअघि गाडि, मोटरसाइकल पार्किङ गरेबाफत् शुल्क बुझाउनु पर्थ्यो । शुक्रबारदेखि भने काठमाण्डु महानगरपालिकाले घोषणा गरेको निःशुल्क पार्किङको व्यवस्था कार्यान्वयनमा आएको छ । महानगरपालिकाले पुस १ गतेदेखि नै निःशुल्क पार्किङ कार्यान्वयनमा ल्याउने...

भैंसीको दूध बढाउन कुन घाँस खुवाउने ?

२०७० पुष १२ गते २:१३

कास्की, १२ पुस– दुहुना गाई भैंसीको दूध कसरी बढाउने भन्ने चिन्ता सँधै किसानहरुलाई हुन्छ । धेरै दूध आओस् भनेर कतिपय किसानले पैसा खर्च गरेर बजारबाट बिभिन्न प्रकारका दाना किनेर खुवाउँछन् । तर, अब चिन्ता गर्नु पर्दैन, तपाईं हाम्रै खोलाखोल्सीमा पाइने घाँसबाट दूध बढाउन सकिन्छ...

संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने

२०७० पुष ११ गते १५:१७

काठमाण्डु, ११ पुस– संविधानसभाको पहिलो बैठक मन्त्रीपरिषदका अध्यक्षले बोलाउने कि राष्ट्रपतिले बोलाउने भन्ने विवाद बढ्दै जाँदा सरकारका प्रवक्ताले प्रधानमन्त्रीले पहिलो बैठकले बोलाउने बताएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले अन्तरिम संविधानको धारा ६९ मा प्रधानमन्त्रीले संविधान सभाको पहिलो बैठक...

पार्टी हार्नुमा आन्तरिक कारण जिम्मेवार : एमाओवादी

२०७० पुष ११ गते १५:१५

काठमाण्डु, ११ पुस– एकीकृत माओवादीका पूर्वपोलिटब्युरो सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुमा आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन् । बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांशले पार्टी संगठन मजबुत नहुँदा चुनावमा पराजय ब्यहोर्नुपरेको बताएका छन् । जनता र पार्टीबीचको दूरी बढेकाले...

नयाँ जनादेश अनुसार राष्ट्रपति : ज्ञवाली

२०७० पुष ११ गते १५:०४

भक्तपुर, ११ पुस– नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले कांग्रेरस एमाले प्रतिस्पर्धी भए पनि संविधान निर्माण प्रक्रियामा सहकर्मी भएकाले लोकतन्त्रलाई संस्थागत गर्न दुई दलबीच सहकार्य आवश्यक भएको बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा नेता ज्ञवालीले कांग्रेसले एमालेलाई कमजोर बनाउन एमाओवादीलाई कार्डका रुपमा प्रयोग...

विद्युत प्राधिकरणका स्टोरकिपर विरुद्ध मुद्दा

२०७० पुष ११ गते १४:४७

काठमाण्डु, ११ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीलाई पदीय दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार रत्नपार्क वितरण केन्द्रका तत्कालीन स्टोरकिपर केसीले सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियतपूर्वक ५४ लाख...

माओवादी बैठकमा किराँतीको यस्तो प्रस्ताव

२०७० पुष ११ गते १४:४०

काठमाण्डु, ११ पुस– एकीकृत माओवादी नेता गोपाल किराँती आफ्ना अभिव्यक्ति र गतिविधिका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । बिहीबार काठमाण्डुमा बसेको एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठकमा पनि  किराँतीले नयाँ कुरा गरेर बैठकमा सहाभागी नेताहरुको ध्यान आफूतिर तान्ने काम गरे । उनले समानुपातिकतर्फको सभासद चयनबारे अनौठो...

‘प्रजातान्त्रिक संविधान जारी हुने विश्वास’

२०७० पुष ११ गते १२:४४

काठमण्डु, ११ पुस – उपराष्ट्रपति परमानन्द झाले संविधानसभाले पूर्ण प्रजातान्त्रिक संविधान जारी गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । भारतीय दूतावासले बिहिबार गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उपराष्ट्रपति झाले...

अरुको जग्गा बेच्ने १२ जनाविरुद्ध मुद्दा

२०७० पुष ११ गते १२:१६

काठमाण्डु, ११ पुस – नक्कली कागजपत्र बनाई अरुको जग्गा विक्री गर्ने १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मकवानपुरको भीमफेदी गाविसको तीन कित्ता जग्गा किर्तेगरी विक्री गरेको अरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । १८ वर्ष...

मोरङका क्रसर उद्योग बन्द गर्न निर्देशन

२०७० पुष ११ गते ११:३७

मोरङ, ११ पुस – मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई मोरङ प्रशासनले तत्काललाई बन्द गराएको छ । बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, स्थानीय विकास अधिकारी शिवराम पोख्रेल, जिल्ला वन अधिकृत श्रीप्रसाद बराल र प्रहरी उपरीक्षक विश्वराज पोखरेलको संयुक्त अनुगमन टोलीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us