समाचार

बहुमतीय प्रक्रियाले अवाञ्छित तत्वलाई फाइदाः श्रेष्ठ

२०७१ माघ ११ गते ५:१७

काठमाण्डु, ११ माघ– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ काँग्रेस–एमालेका कारण मुलुक द्वन्द्व र ध्रुवीकरणतर्फ अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले प्रक्रियाका नाममा सत्तापक्षले उकतर्फी रुपमा संविधान लाद्न खोजेर मुलुकलाई अप्ठेरो अवस्थामा धकेलेको आरोप उनले लगाए । प्रक्रियाबाट काँग्रेस–एमालेको चुनावी घोषणापत्रलाई संविधानका...

आगलागीबाट १० लाख क्षति

२०७१ माघ ११ गते ५:१५

  झापा, ११ माघ– बिर्तामोड नगरपालिका–१ स्थित वाल्मीकि एजुकेसन फाउन्डेसन नजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट वसन्त राजवंशीको दुईतले काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आगलागी एक घन्टापछि भद्रपुर र मेची नगर नगरपालिकाका दुई...

आज श्रीपञ्चमी, देशभर सरस्वतीको पूजाआराधना गरिँदै

२०७१ माघ ११ गते ४:३५

काठमाण्डु, ११ माघ– आज श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी पर्व मनाईंदैछ । काठमाण्डु उपत्यकाको स्वयम्भू, लेले र नील सरस्वती लगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । बालबालिकालाई अक्षर चिनाउन आजको दिन उत्तम मानिन्छ । शिक्षक, विद्यार्थी,...

शीतलनिवास पुगेर प्रधानमन्त्रीले भने, ‘भारत, चीन र अमेरिकाबाट दबाब आयो’

२०७१ माघ ११ गते ४:२५

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिपति रामवरण यादवलाई भेटेका छन् । राष्ट्रपति भेट्न कोइराला शनिबार राति शितलनिवास पुगेका थिए ।  भेटमा प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभामा जारी विपक्षीको अवरोध तथा प्रक्रिया अघि बढाउन भइरहेको तयारीबारे अवगत गराएका थिए । स्रोतका अनुसार संविधान...

एमाओवादी नेता क्षेत्री राजनीतिमा असफल, गाई पालनमा सफल

२०७१ माघ ११ गते ४:०८

 दाङ–  उत्पादनसँग जोड्ने एनेकपा (माओवादी) हेटौंडा महाधिवेशनको निर्णय निरर्थक बनेका बेला यहाँका एक नेताको एकल प्रयास भने सार्थक बनेको छ । एनेकपा (माओवादी) बागलुङ नगर इञ्चार्ज कुमारविक्रम क्षेत्री नेता मात्र होइनन् । उनीसँग एक सफल कृषि उद्यमीको परिचय पनि थपिएको छ । डेढ वर्ष...

जोगिन्द्रको पोखरीमा कसले हाल्यो विष ?

२०७१ माघ ११ गते ४:०१

महोत्तरी, ११ माघ– गौशालास्थित एक माछा पोखरीमा विष राखिएपछि एक लाख बराबरका माछा मरेका छन् । गौशाला नगरपालिका–४ नवराजपुरमा अवस्थित निगौल गाई गौशालाको पोखरीमा शनिबार राति अज्ञात व्यक्तिले विष राखेपछि तयारी अवस्थामा रहेका सम्पूर्ण माछा मरेको प्रहरीले जनाएको छ । गत कात्तिकमा आफूले त्यस...

संविधानसभामा आज भिडन्त हुने, संविधानसभा छाड्ने विपक्षीको तयारी

२०७१ माघ ११ गते ३:५१

काठमाण्डु, ११ माघ– एकीकृत माओवादी नेतृत्वको विपक्षी गठबन्धनका सभासदले आजको संविधानसभा बैठकमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नियमावलीविपरीत प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव गरे संविधानसभाभित्रै प्रतिरोध गर्ने तयारी विपक्षीको छ । सभाध्यक्ष नेम्वाङले आजको बैठकमा उक्त प्रस्ताव आफैंले पढेर सुनाउने...

सुदूरपश्चिममा सूचना केन्द्र स्थापना नहुँदा पर्यटक अन्योल

२०७१ माघ ११ गते २:५५

कैलाली, ११ माघ– सुदूरपश्चिममा पर्यटन सूचना केन्द्र स्थापना नहुँदा यहाँ घुम्न आउने पर्यटक अन्योलमा पर्ने गरेका छन् । केन्द्र स्थापना नहुँदा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका बारेमा जानकारी पाउन सकेका छैनन् । पर्यटकीय क्षेत्रका बारेमा वास्तविक...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७१ माघ ११ गते २:४८

चितवन, ११ माघ– पूर्वी चितवनको खैरहनी–८ मा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति ११ बजे भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना२९प ७४६८ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रोकिएको ना३ख ९७१७ नंको...

एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लियो : खाँण

२०७१ माघ ११ गते २:४४

बुटवल, ११ माघ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लिएकाले संविधान निर्माणमा अवरोध सिर्जना भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री खाँणले माओवादीले अवरोध गरे पनि संविधान बनाएरै छाडिने प्रतिबद्धता जनाए...

प्रचण्डलाई अज्ञात स्थानबाट फोन आएपछि सहमति भाँडियोः पोखरेल

२०७१ माघ १० गते १४:१३

काभ्रे, १० माघ– एमाले महासचिव ईश्वर पोखरेलले संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवार रहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध युवासंघको कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले संविधानका विवादित विषयमा जुटिसकेको सहमति प्रचण्डकै कारण भाँडिएको बताए । विवाद सहमतिनजिक...

एमाओवादी मोर्चाले संविधानसभा छाड्ने संकेत

२०७१ माघ १० गते १३:४७

काठमाण्डु, १० माघ–एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले आफूहरुको असहमतिका बाबजुद सभाध्यक्ष सुवास नेम्वाङको आइतबारको संविधानसभा बैठकबाट प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव पारित गराए संविधानसभा छाड्न सक्ने संकेत गरेको छ । ३० दलीय मोर्चाको बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार जारी गरेको विज्ञप्तिमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us