समाचार

तीन किलोमिटर सडक ‘अति दुघर्टनाग्रस्त’ क्षेत्र घोषित

२०७१ माघ ११ गते १०:२९

झापा, ११ माघ– पूर्व–पश्चिम राजमार्गको मेचीनगर खण्डमा पर्ने काली खोलादेखि निन्दा पुलसम्मको तीन किलोमिटर सडकलाई प्रहरीले ‘अति दुघर्टनाग्रस्त’ क्षेत्र घोषणा गरेको छ । राजमार्गको अन्य क्षेत्रको तुलनामा अत्यधिक सवारी दुर्घटना हुने गरेका कारण यसलाई दुर्घटनाग्रस्त क्षेत्र ठानेर दुर्घटना न्यूनीकरणका उपाय अपनाउन थालिएको प्रहरीको भनाइ...

शान्तिसम्झौतामा तरबार चलाइयो, प्रतिक्रान्ति भयो : प्रचण्ड

२०७१ माघ ११ गते ९:३८

काठमाण्डु, ११ माघ– संविधानसभाको आइतबारको बैठकबाट बहुमतीय प्रक्रिया सुरु भएपछि विपक्षीले त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिएको छ । आक्रोशित मुद्रामा देखिएका प्रचण्डले आजको घटनालाई ‘महाभूल’ भनेका छन् । आजै १९ दलको बैठक सिंहदरबारमा बस्दैछ । उनले भने, ‘यो नेपालको इतिहासमा महाभूल हो । अध्यक्ष एउटा...

भारतीय टीकापुर पार्क, नेपाली भारतको तिकुनिया

२०७१ माघ ११ गते ९:२७

कैलाली, ११ मघ– भारतसँग जोड्ने कैलालीको मोहना नदीको खक्रौलामा पक्की पुल निर्माण भएपछि डुङ्गा तरेर जानुपर्ने बाध्यता हटेको छ । पक्की पुल निर्माणले नेपाल–भारत आवतजावत गर्ने सबैलाई सजिलो हुनाका साथै मोहना नदीमा डुङ्गा तरेर जानुपर्ने बाध्यता हटेको हो । आर्थिक वर्ष २०६३/६४ देखि निर्माण...

संविधानसभाभित्रको विवादपछि माओवादीभित्र ‘अक्टोबर क्रान्ति’को चर्चा

२०७१ माघ ११ गते ९:००

काठमाण्डु, ११ माघ– संविधानसभाभित्र सहमतिको सम्भावना कमजोर हुन थालेपछि माओवादी आन्दोलनभित्र संविधानसभा बहिष्कारको चर्चा हुन थालेको छ । दश वर्ष लामो सशस्त्र युद्धको नेतृत्व गरेको शक्ति विभाजित रहेको बेला संविधानसभा बहिष्कारको ‘नारा’ले सबै माओवादीलाई एकै ठाउँमा ल्याउन सक्ने अनुमान गरिएको छ । माघ ५...

ज्वाइँले ससुराको हत्या गरेको खुलासा

२०७१ माघ ११ गते ८:५९

दमक, ११ माघ– दुई दिनअघि झापाको गौरादहमा ज्वाइँले ससुराको हत्या गरेको खुल्न आएको छ । पुरानो रिसइवीका कारण ससुरालाई ढुङ्गाले हानेर मारेको घटनाका आरोपित ज्वाँइ लखनपुर–७ का २१ वर्षीय बिमल ऋषिदेवले स्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानपछि सो घटनाबारे त्यस्तो रहस्य...

आजै चार बजे विपक्षीको पत्रकार सम्मेलन

२०७१ माघ ११ गते ८:५९

काठमाण्डु, ११ माघ– संविधानसभामा सभाध्यक्षले बहुमतीय प्रक्रिया औपचारिक रुपमा सुरु गरेपछि विपक्षी १९ दलीय मोर्चाले संविधानसभाको औचित्यमाथि नै प्रश्न उठाएको छ । १९ दलले आज चार बजे पत्रकार सम्मेलन गर्ने बताएको छ । आइतबार संविधानसभामा विपक्षी सभासदहरुको प्रतिवाद र विरोधका बीचमा मार्सल लगाएर सभाध्यक्षले...

१९ दलको आकस्मिक बैठक सिंहदरबारमा

२०७१ माघ ११ गते ८:४७

काठमाण्डु, ११ माघ– संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङले विपक्षीको अवरोधका बीचमै बहुमतीय प्रक्रियाका लागि प्रश्नावली समिति गठन गरेपछि विपक्षी १९ दलीय मोर्चाको आकस्मिक बैठक सिंहदरबारमा बस्दैछ । प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तापक्षीय दलहरुको निर्णयको प्रतिवाद गरिने जनाउँदै बैठकबाट बाहिरिएका थिए । नेम्वाङले...

सभाध्यक्षद्वारा ४९ सदस्यीय प्रश्नावली समिति गठन, विपक्षीद्वारा विरोध

२०७१ माघ ११ गते ८:१४

काठमाण्डु, ११ माघ– संविधानसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ १९ दलीय विपक्षी मोर्चासँग सम्बद्ध सभासदहरुले बहुमतीय प्रक्रियामा जान पाइँदैन भन्दै नारा लगाइरहेका छन् । सभाध्यक्ष नेम्वाङले भने गगन थापा, रवीन्द्र अधिकारी र प्रकाश ज्वालासहितको समिति गठन गरेका छन् ।...

परिवारका सबै सन्तान दृष्टिविहीन भएपछि…

२०७१ माघ ११ गते ८:०८

धादिङ, ११ माघ– धादिङको खाल्टे गाउँ विकास समितिको एक परिवारका सबै सन्तान दृष्टिविहीन भएपछि उनीहरुको परिवारलाई समस्या पर्दै आएको छ । परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि आफूहरु बिचल्लीमा परेको खाल्टे गाविसको डाँडागाउँका विनोद ग्यामी मगरले बताए । सामान्य परिवारका ३५ वर्षीय विनोद मगरका तीनजना...

राष्ट्रपतिले किन भेटे एमाओवादी शीर्ष नेतृत्वलाई ?

२०७१ माघ ११ गते ७:४५

काठमाण्डु, ११ माघ– संविधान निर्माण प्रक्रियामा दलहरुबीच चर्को विवाद भइरहेको बेला राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भेटवार्तामा संविधान निर्माण प्रक्रिया, दलहरुबीच देखिएको विवाद तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राष्ट्रपतिले...

१५ लाखको जग्गादान, दुई लाखको अक्षयकोष

२०७१ माघ ११ गते ६:२०

प्यूठान, ११ माघ– प्यूठान तोरबाङ गाविसका एक शिक्षक दम्पतीले गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि झन्डै १५ लाख मूल्यबराबरको जग्गा दान गरेका छन् । नेरा निमावि मर्कावाङमा शिक्षक रहेका भोजराज शर्मा र कमला शर्माले स्वास्थ्य चौकी भवन निर्माणका लागि छ रोपनी जग्गादान गरेका...

रोकिएको ट्र्याक्टरले लियो ज्यान

२०७१ माघ ११ गते ५:२०

विराटनगर, ११ माघ– ताप्लेजुङमा रोकिएको ट्र्याक्टर अचानक गुड्दा चालकको मृत्यु भएको छ । निगरादिन–५ मा सोही ट्र्याक्टरका चालक झापा धाइनज–६ का २३ वर्षीय लोकनाथ दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । ट्र्याक्टर रोकेर शौच गर्न लागेको बेला अचानक गुडेको सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us