समाचार

‘सहमति नभए बहुमतबाट संविधान ’

२०७० पुष ११ गते ९:५४

काठमाण्डु, ११ पुस– कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउने बताएका छन् । देउवाले कांग्रेसले अहिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । देउवाले सबै दलबीच सहमति हुन नसके बहुमतका आधारमा संविधान निर्माणको काम अघि बढाउने बताए...

को को परे मालेबाट सभासद ?

२०७० पुष ११ गते ९:३०

काठमाण्डु, ११ पुस- नेकपा मालेले समानुपातिक तर्फका सभासद् छनोट गरेको छ । बिहीबारको पोलिटब्यूरो बैठकले महासचिव सिपी मैनाली, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय सदस्य कमला विश्वकर्मालाई सभासद बनाउने निर्णय गरेको हो । यो नाम...

सभासद छान्न एमाओवादी पूर्व पोलिटब्यूरो बैठक

२०७० पुष ११ गते ८:४१

काठमाण्डु, ११ पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बसिरहेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्ने...

काठमाण्डु–ताप्लेजुङ सिधा उडान

२०७० पुष ११ गते ८:१६

काठमाण्डु, ११ पुस – २५ वर्षपछि नेपाल वायु सेवा निगमले काठमाण्डु–ताप्लेजुङ सिधा हवाई उडान सुरु गरेको छ । पर्यटन व्यवसायी तथा स्थानीयको अनुरोधमा निगमले सिधा हवाई सेवा सुरु गरेको हो । बिहीबार पहिलो दिन काठमाडौंबाट ९ र ताप्लेजुङबाट १७ जना यात्रुलाई गन्तव्यमा पुर्याइएको बताइएको...

शीतलहरले तराईको जनजीवन प्रभावित

२०७० पुष ११ गते ७:२९

सिरहा, ११ पुस – तराईमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका...

पहिचानको मुद्दामा गलत प्रचार भयो: कुमाल

२०७० पुष ११ गते ६:४७

रोल्पा, ११ पुस – आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन् । आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै उनले यसमा स्पष्ट हुन आग्रह गरेका छन् । आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको...

काँग्रेसमा सभासद चयनको विवाद तिव्र

२०७० पुष ११ गते ६:१६

काठमाण्डु, ११ पुस– नेपाली काँग्रेस पदाधिकारी बैठकमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सहमति नभएपछि विहीबार विहान बसेको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ । सभासद चयनबारे छलफल गर्न काँग्रेस पदाधिकारीहरुको बैठक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको थियो । बैठकपछि उपसभापति रामचन्द्र...

बिचारबाट बिचलित भएका छैनौं : प्रचण्ड

२०७० पुष ११ गते ६:१४

काठमाण्डु, ११ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओको बिचारबाट बिचलित नभएको बताएका छन् । मार्क्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग आफूहरुले गर्दै आएको उनको भनाइ छ ।...

गाडी चढ्नु अघि आफन्तको ठेगाना अनिवार्य

२०७० पुष ११ गते ५:१३

काठमाण्डु, ११ पुस– अब जिप तथा बसको टिकट लिँदा आफन्तको समेत विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गाडि दुर्घटनामा भएर कसैको मृत्यु भयो वा घाइते भयो भने आफन्तलाई सूचना दिन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।...

महिलाहरूले बनाए सडक

२०७० पुष ११ गते ५:१०

विराटनगर, ११ पुस–मोरङको रङ्गेलीमा महिलाले आफ्नै सक्रियतामा सडक निर्माण गरेका छन् । रंगेली गाविस–४ का आमा समूहमा सहभागी ४० भन्दा बढी महिलाले दिनरात खटेर आफ्नो गाउँको एक किलोमिटरभन्दा बढी सडकमा ग्राभेल तथा सडकको स्तरोन्नति तथा विस्तार गर्ने कार्य सम्पन्न गरेका छन् । महिलाहरूले समूहमा...

११ र १२ को परीक्षा प्रणालीमा सुधार

२०७० पुष ११ गते ४:३२

भक्तपुर, ११ पुस–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ । परिषदले सञ्चालन गर्दै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार गर्दै उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको हो । परिषद्का कामु परीक्षा नियन्त्रक...

छुरा हानेर एकजनाको हत्या

२०७० पुष ११ गते ४:१४

काठमाण्डु, ११ पुस– मोरङको विराटनगरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्ला विकास समितिको ढाट नजिक अज्ञात समूहले गएराती १० बजे छुरा हानेर स्थानीय उजार ठाकुरको हत्या गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएका ठाकुरको राति अबेर सुनसरीको धरानस्थित वीपी कोइराला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us