काठमाण्डु, १३ माघ– संघीय लिम्बुवान पार्टीले सत्तारुढ काँग्रेस–एमालेको उक्साहटमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नियमावली र विगतका सहमतिविपरीत प्रश्नावली समिति गठनको प्रस्ताव गरेर मुलुकलाई द्वन्द्वमा धकेलेको आरोप लगाएको छ । सो पार्टीका अध्यक्ष कुमार लिङदेनले मंगलबार विज्ञप्ति जारी गरी रेफ्रीको भूमिकामा रहेका सभाध्यक्ष आफैंले गोल...
काठमाण्डु, १३ माघ– नेपालस्थित युरोपेली युनियनका राजदूतहरुले तराईलाई नेपालबाट अलग गर्ने अभियानमा सक्रिय सीके राउतलाई आफूहरुले भेटेको स्वीकार गरेका छन् । कुटनीतिक मर्यादाविपरीत मुलुक टुक्र्याउने गतिविधिमा संलग्न व्यक्तिलाई भेटेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनीहरुले मंगलबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे समक्ष आफूहरुले राउतसँग भेटेको स्वीकार...
काठमाण्डु १३ माघ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एकीकृत माओवादी सहमति गरेर अगाडि बढ्न नचाहेको बताएका छन् । एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा पार्टीका जनवर्गीय सङ्घसङ्गठनलाई देशव्यापीरुपमा संविधान जारी गर्न जनमत सिर्जनाका लागि निर्देशन दिन आज आयोजना गरेको कार्र्यक्रममा उनले एमाओवादीले नकारात्मक भूमिका...
काठमाण्डु, १३ माघ– प्रमुख दलहरुलाई एक ठाउँमा ल्याउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सफल नभएपछि सभाध्यक्ष अघि सरेको एमाले सचिवले दाबी गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले प्रचण्ड असफल भएपछि सभाध्यक्ष सुवास नेम्वाङले बहुमतीय प्रक्रिया अघि बढाएको बताएका हुन् । राजधानीमा मंगलबार भएको...
ललितपुर, १३ माघ– यस वर्ष पनि प्रणय दिवस भ्यालेन्टाइन डे का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस...
विराटनगर, १३ माघ– सञ्चारमन्त्री तथा कांग्रेस नेता डा मीनेन्द्र रिजालले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभा निर्वाचन बहिष्कार गर्नेसँग नमिल्न आग्रह गरेका छन् । उनले संविधानसभामा अभिव्यक्त जनताको अभिमतको कदर गर्न पनि प्रतिपक्षी मोर्चालाई अनुरोध गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत माओवादी...
कपिलवस्तु, १३ माघ– महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा दुई बस आपसमा ठोक्किँदा दुईटै बसका चालकको ज्यान गएको छ । ना ५ ख २७९८ र ना ४ ख ४०७९ को बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा चालकद्वय दाङ...
काठमाण्डु, १३ माघ– नेपाल पत्रकार महासंघले तत्काल संवाद थालेर सहमतिमै संविधान ल्याउन प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी १२ बुँदे समझदारी, २०६२÷०६३ को जनआन्दोलन र शान्ति सम्झौताका सहयात्री शक्तिहरूबीच न्यूनतम सझदारी र सहकार्य हुनै पर्नेमा जोड दिएको छ...
काठमाण्डु, १३ माघ– प्रधानमन्त्री तथा गरिव घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोडका अध्यक्ष सुशील कोइरालाले देशको झण्डै एक चौथाई नेपालीको जीवन स्तर उठाउने गरिबी निवारणका कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । वोर्डको मंगलबार प्रधानमन्त्रीे कार्यालयमा बसेको ११ औं बैठकमा...
काठमाण्डु, १३ माघ– एमाओवादीले सत्तारुढ दलहरुले आफूहरुको घाँटीमा प्रक्रियाको तरबार राखेर वार्ताको कुरा गर्नु हास्यास्पद भएको बताएको छ । राजधानीमा मंगलबार भएको कार्यक्रममा उनले सत्तारुढ दलहरुले मोर्चाबन्दी गरेर ९ बुँदे साझा प्रस्ताव ल्याएपछि आफूहरु मोर्चाबन्दी गर्न बाध्य भएको बताएका हुन् । बहुमतीय आधारमा संविधान...
काठमाण्डु, १३ माघ– आइतबारदेखि नेसनल ट्रेडिङ लिमिटेडले ग्यासको सहज आपूर्ति गर्ने भन्दै थालेको ग्यासको बितरण कार्यले फेल खाएको छ । सबैभन्दा बढी खपत हुने चिसो सिजनमा व्यवसायीले सिलिन्डर लुकाएपछि ग्यासको हाहाकार भएको अवस्थामा लिमिटेडले आफुले सहज आपूर्ति गर्ने भन्दै बितरण थालेको थियो । बितरण...
काठमाण्डु, १३ माघ– काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका नेताहरुसँग वार्ता सुरु गरिसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजित कार्यक्रममा बडुले बुधबारबाटै प्रधानमन्त्रीले द्विपक्षीय, त्रिपक्षीय र ‘वान टु वान’ वार्ता गर्ने बताए । बडुले...