काठमाण्डु, २ जेठ– महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारी गरेको आरोपमा शनिबार राजधानीको कालिमाटीबाट दुईजना व्यापारीलाई पक्राउ गरेको छ । विपदको बेला कालोबजारी गरेको भन्दै काभ्रे जिल्ला घर भई कालिमाटीमा व्यापार गर्दै आएको केशव श्रेष्ठ र काभ्रेकै अमित श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई...
काठमाण्डु,२ वैशाख-नेपाली काँग्रेस पदाधिकारीको बैठकले विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रसँग समन्वय,सम्पर्क र सहयोगमा राहत वितरण तथा पुनःस्थापनाको कार्यक्रम हुन नसकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले अहिले भइरहेको राहत वितरण कार्यमा समन्वयको अभावले गर्दा कतै राहत...
मोरङ,२ जेठ-भूकम्पको विपत्तिमा परेका पीडितलाई राहत दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष गच्छदारले अगामी १० दिनभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताए । सहमतिको सरकार बनाउँदा...
काठमाण्डु, २ जेठ- काठमाण्डु आसपासका क्षेत्रमा मौसम बदली भई एक्कासि वर्षा केही बेर वर्षा भाएको छ । पानीसँगै असिना पनि परेका कारण पालमा बस्ने भूकम्प पीडितहरु थप समस्यामा परेका छन् । काठमाण्डु उपत्यकाका तीनै जिल्लामा वर्षा भएको र वर्षा सँगै भक्तपुर आसपासका क्षेत्रमा असिना पनि...
दमक,२ जेठ-लिचीको दाना अड्किएर झापा दमकका एक काखे बालकको शनिबार मृत्यु भएको छ । दमक–१ घर भएका मनमाया मगरका दुई वर्षीय बालक रिदम मगरको मृत्यु भएको हो । लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएको उनको दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याउनाका साथ मृत्यु भएको...
काठमाण्डु, २ जेठ-काठमाण्डु उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेल बताउँछन् । उनी भन्छन्,‘भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल...
काठमाण्डु, २ जेठ-वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनलाई सतुङ्गल वडा १५ का बासिन्दा आध्यात्मिक कार्यमा केन्द्रित भई बिर्सने प्रयास गर्दैछन् । उनीहरुले आफूहरुले दैनिक रुपमा घरमा पूजाआजा गर्दै आएका शिव,पार्वती,गणेश र सरस्वतीका मूर्तिलाई खुला स्थानमा ल्याई भजन कीर्तिनको स्थल बनाएका...
काठमाण्डु, २ जेठ– प्रधानमन्त्री सुशील कोइरालासँग अन्तर्राष्ट्रिय रेडक्रस महासंघका महासचिव इल्हाज एस्सीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले गरेको क्षति, उद्धार, राहत, पुनस्थापना, पुनर्निर्र्माण र मानवीय सहयोगका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले...
नुवाकोट,२ जेठ-भूकम्पका कारण ध्वस्त भएका सरकारी कार्यालयले पालभित्र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले भत्केको कार्यालयको प्राङ्गणमा चार पाल राखेर सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्ने कार्यालय नै भत्किएपछि कर्मचारी मिलन केन्द्रको एउटा कोठामा सीमित...
काठमाण्डु,२ जेठ-देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी शनिबार बिहानसम्म १३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९५६ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा काठमाण्डु उपत्यकामा ११, पूर्व क्षेत्रमा चार,मध्य क्षेत्रमा ११८ र पश्चिम क्षेत्रमा तीन जना छन्...
काठमाण्डु, २ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारको रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा शनिबार बिहान प्रधानमन्त्री निवासमा होटल संघ नेपालले भूकम्प पीडितहरुको लागि प्रदान गरेको राहत रकम ग्रहण गर्दै बताएका हुन्...
काठमाण्डु,२ जेठ-वैशाख १२ गते गएको शक्तिशाली भूकम्पसँगै काठमाण्डु दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ । भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाव बढेको छ । सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा...