समाचार

चौतर्फि विरोधपछि मन्त्रीले फिर्ता गरे संसदबाट लिएको पाल

२०७२ जेठ ३ गते ५:०४

काठमाण्डु, ३ जेठ– गत वैशाख ३० गते संविधानसभामा पाल लिने सभासद्हरुको सूचीमा आपूर्तिमन्त्री सुनिलबहादुर थापा पनि रहेको खुलसा भएको छ । संसद सचिवालय स्रोतका अनुुसार त्यहाँ रहेको हाजिरी कापीमा हस्ताक्षर गरेर उनले पाल बुझेका थिए । पाल लिनेहरुमा सत्ताधारी दलका अधिकांश सभासद् तथा पूर्वमन्त्री...

जब डाक्टर अपरेशन थिएटरमा सुत्केरी छाडेर बच्चा च्यापेर भागे…

२०७२ जेठ ३ गते ४:२४

काठमाण्डु, ३ जेठ– नौ महिना प्रेमपूर्वक गर्भमा राखेर जन्माएको सन्तान जन्मने बित्तिकै आफ्नै आँखा अगाडिबाट कसैले च्यापेर भाग्दा आमाको मन कस्तो होला ? झट्ट सुन्दा कुनै चलचित्रको क्लिपजस्तो लाग्ने यो घटना सीता न्यौपानेले भने आफ्नै जीवनमा भोगिन् । प्रसंग हो, गत वैशाख २९ गतेको ...

गोरखापत्रमा सूचना छापेर जेल बस्न आउन अनुरोध

२०७२ जेठ ३ गते ४:१३

काठमाण्डु, ३ जेठ– सरकारले आइतबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै २१६ व्यक्तिलाई जेल बस्न आउन आग्रह गरेको छ । कारागार व्यवस्थापन विभाग, कारागार कार्यालय सिन्धुपाल्चोकले ८४ कैदी र १३२ बन्दीहरुले भूकम्पको फाइदा उठाउँदै भागेकोले जेल फर्कन आग्रह गरेको हो । फरार सबै कैदीबन्दीहरुको तीन पुस्तेसहित...

भूकम्पले डराएर मानिस भागेका बेला घरमा चोर पसेपछि…

२०७२ जेठ ३ गते ४:००

ललितपुर, ३ जेठ– भूकम्पका बेला मानिसहरु घर छाडेर खुला स्थानमा बसेको मौका छोपेर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका टिकापुर–८ सितापुर घर भई हाल काठमाण्डु पशुपति बस्ने २७ वर्षीय देवकुमार चौधरीलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।...

घर पहिले नै थिएन, अब आश्रम पनि भूकम्पले लग्यो

२०७२ जेठ ३ गते ३:५०

काठमाडौँ, ३ जेठ । पटक पटकको भूकम्पका कारण पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्र वृद्धाश्रम भत्किएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय बन्न पुगेको छ । भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि त्यहाँ रहेका २३० ज्येष्ठ नागरिकलाई...

लाखौँका पशुपंक्षी नष्ट

२०७२ जेठ ३ गते ३:१८

भक्तपुर, ३ जेठ – विनाशकारी भूकम्पमा परी भक्तपुर जिल्लामा लाखौँका पशुपक्षीको क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालय भक्तपुरका अनुसार जिल्लामा सबैभन्दा बढी कुखुरा र कुखुराको अन्डाको क्षति भएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले भूकम्पमा परी एक लाख ४२ हजार...

दोलखामा स्वास्थ्य शिविर

२०७२ जेठ ३ गते ३:१३

काठमाण्डु, ३ जेठ– दोलखा जिल्लाको सिङ्गटीबजारमा नेकपा माओवादीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्य शिविर खडा गरी भूकम्पपीडितको उपचार सुरु गरेको छ ।   जापानका हाडजोर्नी विशेषज्ञ डा इसिडाको नेतृत्वमा गएको सो टोलीमा सहभागी महासङ्घका सभापति डम्बर थापा, गोविन्द विष्ट, राजु थापालगायतले गत शुक्रबारदेखि उपचार...

प्रधानमन्त्री कोइराला दुःखित

२०७२ जेठ २ गते १५:५७

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्प पीडितको उद्धार र राहत कार्यमा सघाउन ल्याइएको अमेरिकी हुवे हेलिकोप्टर दुर्घटनाग्रस्त भई त्यसमा सवार चालकदलका सदस्य सहित उद्धारकर्मीहरुको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी जीवन गुमाउने बीर नेपाली सेना र अमेरिकी...

फेरी ऐतिहासिक नया बारपाक गाउँ बनाउने संकल्प गर्छौ!!

२०७२ जेठ २ गते १५:४७

बिश्वमा नेपालको पहिचान दिन सफल भि.सी.गजे घलेको गाउँ भनेर चिनिने नेपालकै नमूना ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याएको थियो! प्राय जस्तो आतंरिक तथा बाह्य पर्यटक जो कोही बारपाक गाउँ भनेपछि एकचोटी पुग्न पाए हुन्थ्यो भन्ने सपना मुटुमा राख्दथ्यो!दुर्भाग्य यही बैशाख १२...

धादिङ पुगेर हिमानीले भनिन्, ‘संकटको बेला छ सबै नेपाली एकजुट हुनुपर्छ’

२०७२ जेठ २ गते १४:०६

धादिङ, २ जेठ-हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई शनिबार तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । गएको वैशाख १२ गतेदेखि आएको भूकम्पका कारण त्यस आसपास क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हो । उक्त गाविसमा करिब एक...

भट्टराइले भने, ‘ध्वस्त संरचना पुनःनिर्माण गर्न विदेशीको भर नपरौं’

२०७२ जेठ २ गते १३:५४

गोरखाबजार,२ जेठ-पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता बाबुराम भट्टराईले विदेशीले टहरा निर्माण गरिदिन्छन् भन्ने भरमा परेर बस्न नहुने बताएका छन् । राज्यले बलियो नीति बनाएर राहत वितरण,घरहरुको पुनःनिर्माण र नयाँ घरहरु निर्माण गर्नुपर्ने भन्दै उनले भूकम्पपीडित आफैँ जागरुक भएर टहरा निर्माणमा जुट्नुपर्ने बताए । ‘विदेशीको मुख...

खनालले भूकम्प पीडित दोलखालीसँग भने, ‘आधुनिक बस्ती निर्माण गर्न सघाउँछु’

२०७२ जेठ २ गते १३:४४

चरिकोट,२ जेठ-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले दोलखालीसँग युगअनुसारको आधुनिक बस्ती बसाल्ने अठोट गरेका छन् । अहिलेको बस्ती माटो र ढुङ्गाको भएकाले भूकम्पबाट बढी क्षति भएको भन्दै आधुनिक बस्ती निर्माणमा आफू र आफ्नो दलले जोड दिने बताए । ‘भूकम्पले हामी सबैलाई छरिएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us