कठमाण्डु, ३ जेठ–वैशाख २९ गते गएको ठूलो पराकम्पनपछि उद्धारका लागि दोलखातर्फ गएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएका सैनिकहरुको शव आइतबार काठमाण्डु ल्याइएको छ । हेलिकोप्टर दुर्घटनामा दुई नेपाली र छ अमेरिकी सेना गरी आठ जनाको मृत्यु भएको थियो । आइतबार बिहान अमेरिकी सेनाकै...
काठमाण्डु, ३ जेठ– नेपाल प्रेस यूनियनले भूकम्पबाट प्रभावित पत्रकारहरुको क्षतिको विवरण संकलनका लागि यूनियनका सचिव खिला कार्कीको संयोजकत्वमा विवरण संकलन समिति निर्माण गरेको छ । यूनियनको आइतबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । सो समितिले वैशाख १२, १३ र २९ गते आएका...
काठमाण्डु, ३ जेठ– माधवकुमार नेपाल नेतृत्वको अनुमगन टोली काठमाण्डु क्षेत्र नम्बर २ मा भूकम्पले पुर्याएको क्षति बुझ्न जाँदा सो क्षेत्रका सभासद् दीपक कुइँकेल र नेपालबीच हातै हालाहालको स्थिति उत्पन्न भएको छ । संसदको विशेष अधिवेसनले राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति बनाएको...
काठमाण्डु, ३ जेठ–राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित जिल्लामा अनुगमनका लागि खटिएको संसदीय टोलीलाई हेलिकप्टर नचढ्न निर्देशन दिएको छ । समितिको आयतबार बसेको बैठकले अनुगमनमा रहँदा मितव्ययी ढङ्गले काम गर्न र अनावश्यक रुपमा आर्थिक भार नपर्ने गरी जिम्मेवारी पूरा गर्नसमेत...
पाल्पा,३ जेठ-पाल्पाको प्रशासन कार्यालयले भूकम्पले विभिन्न स्थानको जमिन फाटेको भन्दै प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण नगर्न अनुरोध गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेग सहलकोट–९ सुकेकोट क्षेत्र अनुगमनपछि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले स्थानीयवासीलाई त्यस क्षेत्रको विशेष प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण...
दमौली,३ जेठ-तनहुँमा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भानु गाविस वडा नं ५ साँखेटारका ६० वर्षीय सूर्यबहादुर गुरुङको चुँदी खोलाको बाङ्गे रह नजिकै डुबेर मृत्यु भएको छ । बिहान घरबाट खोलातर्फ लागेका गुरुङको उक्त रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको...
फाइल फोटो काठमाण्ड, ३ जेठ– एमाओवादीलगायत पाँच माओवादी घटकले भूकम्प प्रभावित क्षेत्रमा अभियानको रुपमा श्रम शिविर चलाउने भएको छ । भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्कालका लागि अस्थायी आवासस्थल निर्माण गर्न सो शिविर चलाउन लागिएको उनीहरुले बताएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास...
काठमाण्डु, ३ जेठ– भूकम्पका कारण एमालेको बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शंखपार्कस्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठानको कार्यालय रहेको भवनमा सर्ने भएको छ । एमालेको आजको स्थायी कमिटीको बैठकले हाललाई भाडामा लिएर शंखपार्कका कार्यालय सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए...
काठमाण्डु, ३ जेठ–आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो । मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उनकी आमाले काखमा लिएर बसेकी थिइन । मानिसहरु खासखुस गर्दै थिए, आज अद्भूत बालक (गुगल ब्वाइ) आदित्य दाहालले...
काठमाण्डु, ३ जेठ– गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार पाँच सय ६७ पुगेको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार बढी मृत्यु हुनेमा हालसम्म सिन्धुपाल्चोकमा तीन हजार ४२३, काठमाण्डुमा एक हजार...
काठमाण्डु, ३ जेठ– नागार्जुन नगरपालिकास्थित सेतोगुम्बाले देशका विभिन्न स्थानमा भूकम्प पीडितलाई करिब एक करोड रुपैयाँ वरावरको राहत वितरण गरेको छ । रसुवाका हाकु, गतलाङ, थुमनलगायत गाविस तथा सिन्धुपाल्चोकमा अहिलेसम्म २२ हजार बोरा चामल, तेल, नुन, कम्बल, दुई हजार थान त्रिपाललगायत सामग्री उपलब्ध गराएको हो...
काठमाण्डु, ३ जेठ– नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरित गिरीले ट्विटरमा गरेको उउटा ट्विटका कारण धेरै आलोचना खेप्नु परेको छ । उनले ‘भूईंचालोलाई आधार बनायी भूकम्प प्रभावित जनता लाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताकालागि कार्य भयी रहेको महसूस हुन थालेको छ।’ भनि आफ्नो ट्विटरमा...