समाचार

पाँच वर्षअघि अपहरणमा परेका साहको हत्या भएको खुलासा !

२०७२ जेठ ४ गते ११:१०

रङ्गेली,४ जेठ-रङ्गेली नगरपालिका–३ का १४ वर्षीय किशोर उपेन्द्र साहको अपहरणपछि हत्या भएको खुलासा भएको छ । उनी पाँच वर्षअघि अपहरणमा परेका थिए ।   लामो र गहन अनुसन्धानबाट अपहरण गरेकै दिन साहको हत्या भएको इलाका प्रहरी कार्यालय,रङ्गेलीले सोमबार पत्रकारसम्मेलन गरेर बताएको हो ।  ...

परराष्ट्रमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहयोग जुटाउन कुटनीतिक पहल गरिरहेका छौं’

२०७२ जेठ ४ गते ११:०१

काठमाण्डु,४ जेठ-परराष्ट्र मन्त्रालयले सरकारको आह्वानअनुरुप भूकम्पपीडित मुलकलाई भरथेग गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो सहायता जुटाउन कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।   परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आपत्कालीन अवस्थामा...

चिनियाँ पत्रकारसँगै राहत वितरणमा चन्द

२०७२ जेठ ४ गते १०:४२

भक्तपुर,४ जेठ-भक्तपुर नगरपालिकास्थित काँक्रेबारी क्षेत्रका २१६ भूकम्पपीडित परिवारलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सोमबार राहत प्रदान गरेका छन् ।   उक्त दलको जिल्ला कार्यालय र चिनियाँ पत्रकार झाङ जुनले संयुक्तरुपमा उपलब्ध गराएको एक बोरा चामल र एक पाकेट नुन प्रत्येक परिवारलाई वितरण गर्दै उनले...

एमाले अध्यक्ष ओलीले ल्याए धरहरा निर्माणको नयाँ प्रस्ताव

२०७२ जेठ ४ गते १०:२७

काठमाण्डु,४ जेठ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाशकारी भूकम्पका कारण ध्वस्त भएको धरहरालाई नेपाली मौलिक शैलीमा बनाउनुपर्ने बताएका छन् ।   पार्टी निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले भूकम्पपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्न...

विहे गर्न आउने भन्दै घरबाट हिडेको छोरालाई जब भूकम्पले सिध्यायो…

२०७२ जेठ ४ गते १०:०५

वीरगन्ज,४ जेठ-‘यसपालि विवाह गर्छु । तपाइँ विवाहको तयारी गर्नुस्,म कार्यालयको काम सिध्याएर वैशाख २० गते घर आइपुग्छु भनेर छोरा काठमाडुतिर लागे, म छोराको विवाहको तयारीमा जुटें, हेटौडा नगरपालिका—१० की विमला लामा भक्कानिदै भनिन्, ‘अहिले घरमा छोराको शव आयो । अब म कसरी बसु ।’...

भ्रामक समाचारको पछि नलाग्नोस्: सञ्चार मन्त्रालय

२०७२ जेठ ४ गते ९:४९

काठमाण्डु,४ जेठ सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।   उक्त मन्त्रालयले सोमबार एक विज्ञप्ति...

नयाँ बस्ती निर्माणमा क्यानडाको अनुभव सान्दर्भिक हुने

२०७२ जेठ ४ गते ८:४७

काठमाण्डु,४ जेठ-भर्खरै आएको विनाशकारी भूकम्पले ध्वस्त भएका संरचनाहरुलाई नयाँ ढंगले विकास गर्न क्यानडा अनूभव सान्दर्भिक हुने जनाइएको छ । सोमबार क्यानडाका दक्षिण एसिया हेर्ने उपनिर्देशक रोवर्ट सिडक्येरले नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा सो कुरा बताएका हुन् । सो प्रस्तावसँगै विनाशकारी भूकम्पबाट नेपालमा क्षति...

दाइजो नल्याएको भन्दै श्रीमतीलाई पिसाव खुवाएपछि…

२०७२ जेठ ४ गते ८:०९

महोत्तरी,४ जेठ- विवाह भएको वर्षौं बित्दासमेत दाइजोमा मोटरसाइकल तथा घडेरी नल्याएको भन्दै महोत्तरीको बर्दिवासमा एकजनाले आफ्नै श्रीमतीलाई बारम्बार यातना दिएको घटना सार्वजनिक भएको छ ।   बर्दिवास नगरपालिकाका ३८ वर्षीया लक्ष्मीनारायण यादवले आफ्नी २६ वर्षीया श्रीमती सुशीलालाई पिसाब खुवाएर यातना दिएको पीडितले स्थानीय सञ्चारकर्मीलाई...

डोल्पाका विद्यार्थी विद्यालय बन्द गरेर यार्सागुम्बा संकलनतिर

२०७२ जेठ ४ गते ७:४८

डोल्पा,जेठ-यार्सागुम्बा सङकलन गर्ने यामको सुरुवातसँगै डोल्पाका सबै विद्यालय बन्द भएका छन् ।   हरेक वर्ष जेठदेखि असार अन्तिमसम्म सुरु हुने यार्सा सङ्कलन गर्न सबै विद्यार्थी पाटनतिर लाग्ने गरेकाले एक महिनासम्म विद्यालय बन्द हुने गरेको त्रिपुरासुन्दरी माविका प्रधानाध्यापक हेमराज हमालले बताए ।   डोल्पालीको मुख्य...

भूकम्पमा परेर मृत्यु हुनेको संख्या आठ हजार छ सय चार पुग्यो

२०७२ जेठ ४ गते ७:२२

काठमाण्डु,४ जेठ-भूकम्पमा परी हालसम्म आठ हजार ६०४ जनाको मृत्यु भएको र २१ हजार ४९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म आठ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइएको र घाइते छ हजार २६९ जनाको उपचार भइरहेको छ ।   भूकम्पपीडितको उद्धार तथा...

चरेशसहित दुईजना पक्राउ

२०७२ जेठ ४ गते ७:०५

पर्सा,४ जेठ-सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।   रौतहटका अरविन्द यादव र वीरगन्जको छपकैयाका शेष तमन्नालाई पाँच किलो चरेशसहित आदर्शनगरबाट गएराति पक्राउ गरिएको सशस्त्र प्रहरी बलका उपरीक्षक भीमबहादुर थापाले बताए ।   अभियुक्तद्वयबाट ना २५ प ४५३०...

अब प्रतिअन्डाको मूल्य ८ रुपैयाँ मात्रै

२०७२ जेठ ४ गते ६:४५

काठमाण्डु, ४ जेठ उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य ८ रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ ।   भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य १३ रुपैयाँ को हाराहारीमा तिर्ने गरेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us