समाचार

नयाँ पत्रिकाकर्मीद्वारा भूकम्पपीडित सहकर्मीलाई आर्थिक सहयोग

२०७२ जेठ ५ गते १०:३३

काठमाण्डु, ५ वैशाख– नयाँ पत्रिका दैनिकका पत्रकार र कर्मचारीले आफ्ना भूकम्पपीडित सहकर्मीको सहयोगार्थ तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पत्रकार महासंघ नयाँ प्रकाशन प्रालि प्रतिष्ठान शाखाको पहपलमा उनीहरुले रकम सहयोग गर्न लागेका हुन् । शाखा अध्यक्ष सुदीपकुमार ढुंगानाले समाचार शाखाअन्तर्गतका संवाददाता, सम्पादक...

सिंगटीबाट अमेरिकन सेनाको हेलिकोप्टर चढेका घाइते वेपत्ता !

२०७२ जेठ ५ गते १०:१६

काठमाण्डु, ५ जेठ– विनाशकारी भूकम्पका कारण घाइते भएका र अमेरिकन सेनाले उसको हेलिकोप्टरमा उदार गरेर ल्याएका भनिएका दोलखाका पाँचजना व्यक्ति वेपत्ता भएका छन् । वैशाख २९ गते आएको विनाशकारी भूकम्पपछि दोलखाको सिंगटी बजारबाट ती व्यक्तिलाई अमेरिकन सेनाको हेलिकोप्टरले उदार गरेर लगिएको स्थानीय बासिन्दाले बताएका...

राहत वितरण प्रभावकारी भए नभएको बामदेवसँग बुझ्न ओलीलाई पौडेलको सुझाव

२०७२ जेठ ५ गते १०:०७

काठमाण्डु, ५ वैशाख–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले सरकारको राहत वितरण प्रभावकारी भएन भन्न नसुहाउने बताएका छन् । पौडेलले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै राहत विरणको काम गृहमन्त्रालयले गरेको भन्दै रहात वितरण प्रभावकारी भए नभएको बारे कांग्रससँग भन्दा पनि बामदेवसँग बुझ्न...

सरकार भूकम्प पीडितका लागि परिचयपत्र वितरण गर्ने तयारीमा छः उद्योगमन्त्री

२०७२ जेठ ५ गते ९:१३

काठमाण्डु, ५ जेठ– उद्योगमन्त्री महेश बस्नेतले भूकम्पबाट क्षतविक्षत भएका भूगोलको अध्यययन गर्न भूगर्भ विशेषज्ञहरुको टोली वुधबार प्रभावित क्षेत्रमा पुगिसक्ने बताएका छन् । मंगलबार भृकुटीमण्डपमा अस्थाई रुपमा सञ्चालन गरेको रिपोर्टस् क्लब कार्यालयको अनुगमन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले भूकम्प पीडितको...

मन्त्रालयमै पुगेर यसरी मुख छाडे वामदेवलाई अमृत बोहराले

२०७२ जेठ ५ गते ८:३५

काठमाण्डु, ५ जेठ– बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको चीनको खासादेखि सिन्धुपाल्चोकको बाह्विसे सडक चीनले रातारात खुलाएको समाचार बाहिर आएपनि त्यससँग जोडिएका कतिपय सन्र्दभ अझै बाहिर आएको छैन ।   उक्त सडक खुलाउन चीनले कम्ती पापड बेल्नु परेन । सडक खुलाउन भनेर सिमासम्म आएको...

ईपिएस कोरिया भाषा परीक्षा असोजमा हुने

२०७२ जेठ ५ गते ८:३४

काठमाण्डु, ५ जेठ– केही समयअघि स्थगित भएको ईपीएस भाषा परीक्षा आगामी असोज २ र ३ गते हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयको सोमबारको बैठकले सो निर्णय गरेको हो । यसअघि जेठ ३० र ३१ गते गर्ने भनिएको सो परीक्षा मुलुकमा आएको विनाशकारी...

कुटपिटमा संलग्न विप्लव माओवादीका कार्यकर्तामाथि कारबाहीको माग

२०७२ जेठ ५ गते ८:१६

काठमाण्डु, ५ जेठ– नेकपा माओवादी विप्लब समूहका कार्यकर्ताद्वारा कुटपिट गरी घाइते भएका भूकम्पमा परेकाहरुका लागी उद्धार कार्यमा खटिएका महाबौद्धका सुदीपराज कुँवरले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन् । विप्लव माओवादीले आइतबार टुँडिखेलमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै कुँन्वरले भने, ‘जनतालाई एउटा पाल दिन...

केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार : ज्वाला

२०७२ जेठ ५ गते ८:०४

दाङ, ५ वैशाख–एमालेका नेता प्रकाश ज्वालाले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । रिपोटर्स क्लब दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पोलिटब्युरो सदस्य ज्वालाले नेपालमा आएको विपत्तिलाई उचित व्यवस्थापन तथा संविधान निर्माणलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका हुन्...

श्रीमानको हत्यामा श्रीमती नै संलग्न भएपछि…

२०७२ जेठ ५ गते ७:३४

चितवन,५ जेठ– चितवन भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर...

विनासकारी भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ६ सय १७ पुग्यो

२०७२ जेठ ५ गते ६:२०

काठमाण्डु, ५ जेठ–वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछि पटक पटक आएका पराकम्पनमा परेर  मृत्यु हुनेको संख्या ८ हजार ६ सय १७ पुगेको छ भने २१ हजार ७ सय ५० जना घाइते भएका छन् । नेपाल प्रहरीले मंगलबार विहान १० बजे सार्बजनिक गरेको...

६० वर्षीय बृद्धले गरे पुलमा झुन्डिएर आत्महत्या

२०७२ जेठ ५ गते ५:५९

कञ्चनपुर, ५ जेठ– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० सनबोरा नदीको पुलमा झुन्डिएर ६० वर्षीय बृद्धले मंगलबार बिहान आत्महत्या गरेका छन् । नगरपालिका वडा नं ११ अमरपुरका करे दमार्इंले झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । पुलको बीचभागमा झुन्डिएको अवस्थामा शव देखेपछि स्थानीय...

भँगराका दुई सय पीडित परिवारलाई त्रिपाल र कम्बल

२०७२ जेठ ५ गते ४:४८

पर्वत, ५ जेठ– विनाशकारी भूकम्पबाट पीडित बनेका पर्वतको भँगराका बासिन्दाले सोमबार पहिलोपटक राहत पाएका छन् । हेफर इन्टरनेसलन नेपालको सहयोग तथा सोडेक नेपाल र स्थानीय भँगरा गाविसको व्यवस्थापनमा भूकम्पबाट पूर्ण र आंशिक रुपमा घर क्षति भएका स्थानीय २०२ परिवारलाई त्रिपाल र कम्बल वितरण गरिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us