समाचार

सर्भिस फर पिसले पचास भूकम्पपीडित बालबालिकालाई संरक्षण दिने

२०७२ जेठ ५ गते ३:५५

सर्लाही, ५ जेठ–विनाशकारी भूकम्पबाट पीडित बालबालिकालाई सर्लाहीको हरिवनस्थित सर्भिस फर पिस नेपाल नामक संस्थाले संरक्षण दिने भएको छ । भूकम्पमा परी अभिभावक गुमाएका र कमजोर आर्थिक अवस्था भएका परिवारका ५० बालबालिकालाई शिक्षासहित पालनपोषणको जिम्मा लिइने सर्भिस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले जानकारी...

माधव नेपाललाई पितृशोक

२०७२ जेठ ५ गते २:५१

काठमाण्डु, ५ जेठ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । नेपालका बुवा मंगलकुमार उपाध्यायको मंगलबार बिहान निधन भएको छ । कोटेश्वरस्थित आफ्नै निवासमा ९९ वर्षको उमेरमा उनको निधन भएको हो । उपाध्यायलाई दमको समस्या थियो । उनका तीन छोरा र तीन...

यो सरकार असफल, छिट्टै राष्ट्रिय बन्छः देउवा

२०७२ जेठ ४ गते १५:१३

काठमाण्डु, ४ जेठ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकले छिट्टै राष्ट्रिय सरकार पाउने दाबी गरेका छन् । भूकम्पबाट भएको क्षतिको अवलोकन गर्न सोमबार नुवाकोट आएका देउवाले भूकम्पले निम्त्याएको संकट व्यवस्थापनका लागि राष्ट्रिय सरकार चाहिएको बताए । राष्ट्रिय सरकार गठनका विषयमा सकारात्मक छलफल चलिरहेको उनको...

नेपालमा फेरि भूकम्पको धक्का

२०७२ जेठ ४ गते १४:२२

काठमाण्डु, ४ जेठ– नेपालमा सोमबार साझँ फेरि भूकम्पको धक्का महसुस गरिएको छ । साझँ ६ बजेर २७ मिनेटमा धादिङ र गोरखा  केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि सोमबार बिहान ९ बजेर ११ मिनेटमा दोलखा केन्द्रविन्दु भएर...

भूकम्प पीडितका लागि पौडेलले पाँच सय अस्थायी घर बनाइदिने !

२०७२ जेठ ४ गते १२:५०

काठमाण्डु,४ जेठ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भूकम्पले आफ्नो बसोबास गुमाएका भूकम्प प्रभावित जिल्लामा ५०० घरपरिवारलाई अस्थायी घर बनाइदिने घोषणा गरेका छन् ।   पौडेलले आफ्नो नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा एक हजार ५०० भन्दा बढी युवा परिचालन गरी ५०० घर टहरा निर्माण गर्ने घोषणा...

कक्षा ११ र १२ को परीक्षा तालिका आयो

२०७२ जेठ ४ गते १२:४४

काठडमाण्डु, ४ जेठ– विनाशकारी भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।   उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पवाट अति प्रभावित ७ जिल्ला बाहेक ६८ जिल्लाका लागि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२...

प्रधानमन्त्री कार्यालय स्थानीयको शरणमा !

२०७२ जेठ ४ गते १२:४१

काठमाण्डु,४ जेठ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीनवटा मन्त्रालयको कार्यालय सोमबारदेखि अर्को ठाउँमा सारिएको छ ।   भूकम्पका कारण क्षतिग्रस्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबारदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको हो । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठाउँ दिएको स्थानीय...

भूकम्पमा हराएको मच्छिन्द्रनाथको भोटो भेटियो !

२०७२ जेठ ४ गते १२:३३

ललितपुर,४ जेठ-वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ ।   दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए । मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा...

असार मसान्तसम्म नयाँ भवन निर्माण गर्न नपाइने !

२०७२ जेठ ४ गते १२:१४

काठमाण्डु, ४ जेठ-आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाइएको छ ।   सरकारले उक्त अवधिसम्म नयाँ भवन निर्माणको अनुमति नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि भवन आचारसंहिता लागू गर्ने उद्देश्यले नयाँ भवन निर्माणका लागि सरकारले तत्कालका...

‘महिला र बालबालिकालाई बचाऊ’

२०७२ जेठ ४ गते १२:०६

काठमाण्डु,४ जेठ-वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा पराकम्पका कारण विस्थापित हुन पुगेका महिला तथा बालबालिकाहरु विभिन्न किसिमका हिंसा एवम् बेचविखन तथा ओसारपसारमा पर्ने जोखिम रहन सक्ने भएकाले यसतर्फ सचेत रहन महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयले आग्रह गरेको छ ।   यस...

मकवानपुरमा बस र ट्रक ठोक्कियो, ६ जनाको मृत्यु

२०७२ जेठ ४ गते १२:०३

मकवानपुर, ४ जेठ– मकवानपुरको मनहरीमा सोमबार बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हेटौडाबाट नारायणगढ जाँदै गरेको ना४ख ५७६५ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना४ख २६९७ नम्बरको रमनटारमा ठोक्किएका थिए । मृतकहरुको अझै सनाखत...

भुकम्प प्रभावित जिल्लामा श्रमदान अभियान सञ्चालन गर्दै काँग्रेस

२०७२ जेठ ४ गते ११:४४

काठमाण्डु,४ जेठ-नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।   अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us