खोटाङ, २ जेठ-घरमा कोही नभएको मौकामा जिल्लाका दुईवटा पसल चोरी भएका छन् । भूकम्पको डरले घर छाडेर बाहिर बसेको मौकामा सदरमुकाम दिक्तेलस्थित अम्बागाछिका टङ्कप्रसाद आचार्यको कपडा पसल र बैंकचोकका प्रेमकुमार बजिमयको किराना पसल एकै रात चोरी भएका हुन् । आचार्यको कपडा पसलको ढोकाको ताला...
भूकम्पबारे जानकारी दिने एप्प सार्वजनिक काठमाण्डु, २ जेठ– आम सर्वसाधरणलाई भूकम्पबारे जानकारी दिन भूगर्भ विभागले शनिबार ‘नेपाल अर्थाेटेक्स अपडेट्स’ नामक एप्स सार्वजनिक गरेको छ । खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा आइटी इन्जिनियरद्वय सुरेश श्रेष्ठ तथा मनोहर श्रेष्ठले उक्त एप्स निर्माण गरेका हुन् । त्यस्तै...
काठमाण्डु, २ जेठ– सरकारले भूकम्पबाट पीडितहरुका लागि राहत,उद्धार,पुनर्वासका लागि भइरहेको गतिविधि तथा त्यस कार्यमा देखिएका कमी कमजोरी एवम् सुधारका लागि मन्त्रीहरुलाई प्रभावित जिल्लामा खटाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारले तत्काल चाल्नुपर्ने कदमका...
काठमाण्डु, २ जेठ–एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पबाट क्षतिग्रस्त बनेको मुलुकलाई निर्माण गर्नका लागि बलियो राष्ट्रिय सरकारको आवशयकता रहेको बताएका छन् । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने, ‘प्रचण्डले संसदमा राखेको धारणा नयाँ नेपाल निर्माण गर्ने खाका...
काठमाण्डु, २ जेठ– शनिबार साँझ ५ बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको धकका महसुस भएको छ । योसँगै शनिबार बिहानदेखि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५ वटा धक्का महसुस भएको छ । भूकम्पको धक्कासँगै राजधानीबासीहरु आत्तिदै सडकमा आएका थिए ।...
काठमाण्डु, २ जेठ–नेपालका लागि भारतीय राजदुत रञ्जित रेले पुर्नबास र पुर्ननिर्माणको लागि नेपालले जस्तो प्राथमिकता निर्धारण गर्छ त्यसमा सहयोग गर्न भारत तयार रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले भृकुटी मण्डपमा गरेको साक्षात्कारमा उनले भने, ‘नेपाली र भारतीय जनताको सस्कृति र परम्परा...
काठमाण्डु, २ जेठ– ओम अस्पतालका अध्यक्ष डा.भोला रिजालले आफ्नो नेतृत्वमा भूकम्पमा परेका १२ सय घाइतेको उपचार र ७९ वटा मेजर अप्रेसन गरेको बताएका छन् । रिपोर्टस क्लबद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कठिन परिस्थितिका बाबजुद ४६ जना मृतकहरुको व्यवस्थापन समेत गरेको उनले बताए ।...
काठमाण्डु, २ जेठ–उद्धारका लागि गएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु हुने आठै जनाको शव फेला परेको छ । गत वैशाख २९ गते आएको ठूलो पराकम्पनपछि दोलखामा उद्धारमा गएको हेलिकोप्टर बेपत्ता भएको र उक्त हेलिकोप्टर शुक्रबार दुर्घटनाग्स्त अवस्थामा सिन्धुपाल्चोक र दोलखाको सीमा घोर्थलीमा फेला परेको थियो...
रसुवा,२ जेठ-विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा ४७ दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार जिल्लाका १८ गाविसभित्र भूकम्पका कारण शुक्रबार बिहानसम्म ५६९ जनाको मृत्यु भइसकेको र भूकम्पपछि घाइते भएका ७५६ जनालाई उपचार सेवा दिन हेलिकप्टरद्वारा त्रिशूली तथा काठमाण्डुका...
काठमाण्डु,२ जेठ- इस्लामी सङ्घ नेपालले भूकम्पले मुख्य रुपमा प्रभाव पारेको १४ जिल्लाका २१ हजार २३१ घरधुरीलाई खाद्यान्न,त्रिपाल तथा अन्य अत्यावश्यकीय सामग्री वितरण गरेको जनाएको छ । सङ्घले गत वैशाख १३ गतेदेखि नै राहत सामग्री सङ्कलन तथा वितरण गरेको र खोजी तथा उद्धारमा सक्रिय सहभागिता...
काठमाण्डु, २ जेठ– एकीकृत माओवादीले राष्ट्रिय सरकारका नाममा केही मन्त्री मात्र थप्ने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही नेतालाई मन्त्रीको जागिर मिलाउने राष्ट्रिय सरकार मुलुकका लागि नचाहिएको बताए । मुलुक भूकम्पले ल्याएको संकटमा रहेका बेला राष्ट्रिय सहमतिको सरकार बन्नुपूर्व...
काठमाण्डु,२ जेठ-लायन्स क्लब इन्टरनेशनल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा कीर्तिपुरस्थित विश्वविद्यालय हातामा ब्लड बैंक स्थापना हुने भएको छ । तीन रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधायुक्त ब्लड बैंक स्थापना गर्न हालै सम्झौता भई शिलान्याससमेत गरिएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक ३२५ को शनिबार आयोजित...