राजेन्द्र न्यौपाने गोरखा, २ जेठ– चार जना सभासदसहितको अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरीक्षणका लागि यहाँ आइपुगेको छ । टोलीले जिल्लामा भएका कामको बारेमा जानकारी लिएर अहिले बारपाकका लागि प्रस्थान गरेको छ । जिल्लास्थित दैवीप्रकोप समितिले कामका लागि खाद्यन्न कार्यक्रम, अस्थायी टहरा,...
काठमाण्डु, २ जेठ–नेपालको भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि बेलायती सरकारले पठाएका हेलिकोप्टर नेपाल प्रवेशको अनुमति नपाएपछि बेलायत सरकारले फिर्ता बोलाएको छ । नेपालकै आन्तरिक कारण भन्दा पनि छिमेकी देशका कारण आफूले नेपाल प्रवेशमा अनुमति नपाएको भन्दै उसले रिसाएर आफ्ना हेलिकोप्टर फिर्ता बोलाएको हो ।...
भक्तपुर, २ जेठ– मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शनिबार भूकम्पबाट क्षतिग्रस्त यहाँका विभिन्न स्थानको सरसफाइ गरिएको छ । भूकम्पपछि वाग्मती सरसफाइ रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउने र सरसफाइ गर्ने अभियानअन्तर्गत शनिबार दोस्रो हप्ता पनि सरसफाइ गरिएको हो । गत...
भक्तपुर, २ जेठ– आरपी फाउन्डेसनले सञ्चालन गरेको भोकेसनल एकाडेमी पनौतीका विद्यार्थी भक्तपुरमा भूकम्पले पुरिएका सम्पदा जोगाउने अभियानमा लागेका छन् । गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले भक्तपुरका ऐतिहासिक सम्पदा पुरिएका छन् । यहाँका २० विद्यार्थीले भक्तपुर नगरपालिकास्थित महालक्ष्मी स्थानमा रहेको...
काठमाण्डु, २ जेठ– उच्च माध्यामिक विद्यालय संघ हिसानले भूकम्पबाट प्रभावित विद्यालय तथा क्यम्पसहरुको स्थलगत अवलोकन सुरु गरेको छ । शुक्रबारदेखि अवलोकन सुरु गरेको हिसानले शनिबार पनि बिहानैदेखि विभिन्न विद्यालय तथा क्याम्पसहरुमा गई अवलोकन गर्न लागिएको हिसान काठमाण्डुका अध्यक्ष रामहरि सिलवालले जानकारी दिए । अवलोकनका...
गोरखा, २ जेठ–गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई शनबिार बिहान निकालिएको छ । छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको...
काठमाण्डु, २ जेठ– भूकम्पका कारण काठमाण्डु उपत्यकाका ५० भन्दा बढी बालगृह बस्नै नहुने गरी चर्किएका छन् । ती बालगृह भत्किएकाले त्यसमा रहेका झन्डै हजारभन्दा बढी अनाथ तथा अभिभावकविहीन बालबालिका प्रभावित भएका छन् । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले उनीहरू बसेको घर...
काठमाण्डु, २ जेठ–भूकम्प गएपछि राजधानी उपत्यकाबाट बाहिरिएका सर्वसाधारणमा त्रास कायमै भएका कारण अझै फर्किन सकेका छैनन् । वैशाख १२ गते र त्यसपछि पटक पटक गएको भूकम्पको त्रासले राजधानी बाहिरिएका करिब आठ लाखभन्दा बढी सर्वसाधारण अझै फर्किन सकेका छैनन् । भूकम्प गएपछि वैशाख १२...
काठमाण्डु,१ जेठ-भूकम्पका कारण काठमाण्डु उपत्यकाका विभिन्न बालगृहका करिब एक हजार बालबालिका प्रभावित भएका छन् । उपत्यकाका ओसिसिडी नेपाल,कोपिला होम,दर्शन बालगृह, फ्युचर होप बालगृह, सुशीला संरक्षण, अप्रेस नेपाल, फेथ फाउन्डेसन, द्वन्द्वपीडित, ओमेन एन्ड चिल्डे«न सर्भिस नेपाललगायत ५० बालगृहका बालबालिका अहिले पालमुनि राखिएको छ ।...
रौतहट,१ जेठ-रौतहटको रङ्गपुर गाविसमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रङ्गपुर गाविस वडा नं ९ मनहर्वामा प्रतापपुर पल्टुवाबाट आउँदै गरेको ना २५ प १४३० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ४५०५ नम्बरको ट्रकले ठक्कर दिँदा...
काठमाण्डु,१ जेठ-नेपालका भूकम्पपीडितहरूको सहायतार्थ थाइल्यान्डका राजपरिवारले समेत सहयोग जुटाएका छन् । थाइल्याण्डको राजपरिवार लगायत औद्योगिक एवम् व्यापारिक प्रतिष्ठान,सामाजिक सङ्घसंस्था,थाई नागरिक र उक्त मुलुकमा रहेका गैरआवासीय नेपालीले १५ करोड ३३ लाख १९ हजार २२५ प्रदान गरेका हुन् । विश्वभर सञ्जाल भएको इन्डोरमा भेन्चर्स ग्लोबल...
काठमाण्डु,१ जेठ-भूकम्पबाट भत्किएका मठमन्दिर संरक्षणको लागि भन्दै चन्दा उठाउँदै गरेको अवस्थामा काठमाण्डु महानगरपालिका–११ त्रिपुरेश्वरका २१ वर्षीय एस पिगम्बर प्रताप शाह पक्राउ परेका छन् । गैरकानुनीरुपमा चन्दा सङ्कलन गरेको अभियोगमा शाहलाई काठमाण्डु महानगरपालिका–३१ कमलादीबाट पक्राउ गरिएको हो । प्रहरीले अभियुक्तबाट एक थान चन्दा...