काठमाण्डू, १४ चैत– आज (बिहिबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो तर प्रतिपक्षदल हरुले अवारोध कायमै राख्ने भएपछि आजको बैठक आजै दिउँसो २ बस्ने गरी स्थगित भएको हो ।...
काठमाण्डू, १४ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको उपन्यास ‘प्रमिथस’ जस्तो बनाएर व्याख्या गरिरहेको भन्दै आपत्ति व्यक्त गरेका छन । देवकोटाको उपन्यासको सारांश सुनाउँदै ओलीले स्वर्गबाट आगो लिएर पृथ्वीमा...
काठमाण्डू, १४ चैत– आज बिहिबार भएको एक कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा...
काठमाण्डू, १४ चैत– आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन आज (बिहीबार) सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित रिट...
काठमाण्डू, १४ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन सबैलाई आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले आफूलाई श्रेयको भोक नभएको भन्दै पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको...
काठमाण्डू, १४ चैत– प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा विरोध गरेका छन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले राष्ट्रिय सभाको बैठकमा विरोध जनाएका हुन । आजको बैठकमा राष्ट्रिय सभा...
काठमाण्डू, १३ चैत– समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आगामी १५ चैतमा राजधानीमा हजारौं नागरिक उतार्ने निर्णय गरेको छ । तिनुकनेस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चा घटक दलहरुको बैठकले ‘भ्रष्टाचार, बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । माओवादी...
काठमाण्डू, १३ चैत– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरी थुन्न खोजेको खुलासा भएको छ । ओलीले ट्रान्समिशन खरिद र भारतसँग महंगोमा बिजलुी खरिद गरेको अभियोगमा पक्राउ गरी कुलमानमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाण्डू, १३ चैत– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रलाई थकित शक्तिको संज्ञा दिएका छन् । पार्टीनिकट युवा संघले बुधबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी ‘उपद्रो मच्चाएर थाकेर बसेको शक्ति’ भएको टिप्पणी गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजावादीको संज्ञा दिए ।...
काठमाण्डू, १३ चैत– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरिरहेका छन । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् । राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले...
काठमाण्डू, १३ चैत– काठमाण्डू महानगरपालिकाले काठमाण्डू टावरको भवन भत्काउने तयारी गरेको छ। टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले स्रोतले जानकारी दिएको छ । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले...
काठमाण्डू, १३ चैत– काठमाण्डू उपत्यका विकास प्रधिकरणको कार्यलयमा ताला लागेको छ । काठमाण्डू उपत्यका विकास प्रधिकरणका प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा ताला लागेको हो । आज (बुधबार) दिउँसो उपत्यका विकास प्रधिकरणका कर्मचारीले प्रमुख ढकालको कार्यकक्षमा तालाबन्दी गरेका...