कुलमानलाई प्रमिथस बनाइएको भन्दै ओलीले भनेः यति गज्जबको त उपन्यास पनि हुँदैन

काठमाण्डु टुडे २०८१ चैत १३ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, १४ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको उपन्यास ‘प्रमिथस’ जस्तो बनाएर व्याख्या गरिरहेको भन्दै आपत्ति व्यक्त गरेका छन ।

देवकोटाको उपन्यासको सारांश सुनाउँदै ओलीले स्वर्गबाट आगो लिएर पृथ्वीमा दिएबापत दण्ड गरिएको बताएका छन । आज (बिहिबार) आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदिरहेका छन् ।’

एउटा कर्मचारी हटाएको सामान्य विषयलाई ठूलो इस्यू बनाइएकोप्रति आपत्ति जनाउँदै ओलीले भनेका छन्, ‘अघिल्लो चार वर्ष पनि उहाँले त्यहीँ काम गर्नुभएको थियो ।

पछिल्लोपटक नियुक्त गरेको भोलिपल्ट उहाँले लाइटर बालेजस्तो झिलिक्क पारेर नेपाल झलल्ल पार्नुभयो ।’ विपक्षीहरूले देशलाई कानुनविहीनताको अवस्था सिर्जना गर्द अहिले संसद् अवरोध गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us