
काठमाण्डू, १३ चैत– समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आगामी १५ चैतमा राजधानीमा हजारौं नागरिक उतार्ने निर्णय गरेको छ ।
तिनुकनेस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चा घटक दलहरुको बैठकले ‘भ्रष्टाचार, बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदर्शनमा एक लाख बढीको सहभागिता रहने दाबी गरे । भुकृटीमण्डपमा सभाअघि राजधानीका विभन्न स्थानबाट प्रदर्शन हुने मोर्चाले जनाएको छ । सभालाई मोर्चाघटक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविm,त्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत आवद्ध छन् ।