समाचार

दातृ निकायले पुनस्र्थापनामा सहयोग नगरेको प्रधानमन्त्रीको आरोप

२०७२ जेठ २२ गते १४:२७

काठमाण्डु २२ जेठ– प्रधानमन्त्री सुशिल कोइरालाले दातृ निकायहरुले भुकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनामा सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन् । प्रधानमन्त्री कोइरालाले शुक्रबार बिहान बालुवाटारस्थित आफ्नै निवासमा सिद्धार्थ बैंकको सहयोग रकम बुझ्ने क्रममा दातृ निकायहरुले प्रतिबद्धता अनुसार सहयोग नगरेको गुनासो गरे । उनले भने,...

राष्ट्रका लागि एक दिन पसिना बगाउन सक्नुहुन्छ ?

२०७२ जेठ २२ गते १४:००

काठमाण्डु, २२ जेठ-भूकम्पपीडितका लागि सम्पूर्ण नागरिकलाई आफ्नो क्षेत्रबाट एक दिन प्रदान गर्न आग्रह गर्दै एक्ट्स नेपालले ‘राष्ट्रका लागि एक दिन’ अभियान सुरु गरेको छ ।   शुक्रबार आयोजित एक कार्यक्रममा एक्ट्स नेपालका कार्यक्रम संयोजक अजय मल्लले विपद्का बेला सबै नेपालीले मिलेर यसको सामना गर्न...

पक्राउ परे चक्रे मिलनका सहयोगी

२०७२ जेठ २२ गते १३:४३

काठमाण्डु, २२ जेठ–कुनै समय चक्रे मिलनका सहयोगी बनेर काम गरेका डन विशाल गुरुङ ‘छोटा’ पक्राउ परेका छन् । छोटालाई महानगरीय प्रहरी अपराध महाशाखाले सरस्वतीनगरको कोठाबाट गिरफ्तार गरेको हो । २०६० सालमा खैरो हिरोइन २७ ग्रामसहित पक्राउ परेका उनी ५ वर्ष जेलसजाय भोगे पनि अदालतले...

वनमारा घारीमा बन्यो ‘पृथ्वी झोला घर’ !

२०७२ जेठ २२ गते १३:११

काठमाण्डु, २२ जेठ-नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेको हालको तारकेश्वर नगरपालिकाको पुटुवार बस्तीको माथिल्लो भागमा कुनै बेला सिस्नाका झाङ थिए । हाल सिस्नु पन्छ्याइएको भएपनि अहिले यस बस्तीको नाम सिस्नुसँगै जोडिएको ‘न्हाकँडोल’ छ ।   नेवारीमा ‘न्हाकँडोल’ को अर्थ सिस्नुको झाङ नै हो । यहाँ...

आफ्नै श्रीमानको हत्या गर्ने पक्राउ

२०७२ जेठ २२ गते १३:०९

  रोल्पा, २२ जेठ– आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा भावाङ–१ घर भई लिवाङ नगरपालिका–२ सातदोवाटो डेरा गरी बस्ने ३१ बर्षीया दिलमाया घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेकी घर्तीले बिहिबार साँझ आप्नै ३५ बर्षीय श्रीमान अजय घर्तीलाई घाँटीमा रहेको गल्बन्दीले कसेर...

एभिन्यूज टेलिभिजनको समाचार कक्षमा आगलागी

२०७२ जेठ २२ गते १३:०१

काठमाण्डु, २२ जेठ– शुक्रबार बिहान एभिन्यूज टेलिभिजनको समाचार कक्षमा आगलागी भएको छ । आगलागीका कारण समाचार कक्षमा रहेका कम्यूटरलगाएतका सामानमा क्षति पुगेको टेलिभिजनले जनाएको छ । हाई भोल्टेजका कारण लागेको आगो टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।...

जोखिम क्षत्रेका बासिन्दा तत्काल अन्यत्र सार्न विकास समितिको निर्देशन

२०७२ जेठ २२ गते १२:४८

काठमाण्डु, २२ जेठ– व्ययस्थापिका संसदको विकास समितिले भूकम्पले क्षति पु¥याएका बस्ती मानिसलाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले भूकम्पबाट प्रभावित क्षेत्रमा रहेका बस्तीका मानिसहरुलाई वर्षाअघि नै सुरक्षित स्थानमा सारेर थप क्षति हुनबाट रोक्न सरकारको ध्यानाकर्षण गराएको हो । समितिले...

स्वास्थ्यको कारण देखाउँदै ओली नआएपछि शीर्ष नेताको बैठक स्थगित

२०७२ जेठ २२ गते १२:१४

काठमाण्डु, २२ जेठ– स्वास्थ्यको कारण देखाउँदै एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि प्रमुख चार दलको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइको बैठकमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका नेताहरु पुगेका थिए । करिब एक घण्टापछि...

रुखबाट लडेर महिलाको मृत्यु

२०७२ जेठ २२ गते १०:३५

विराटनगर,२२ जेठ– भोजपुरमा बिहीबार साँझ रुखबाट लडेर एक महिलाको मृत्य भएको छ । बोया–९ की ३५ वर्षीया कुमारी तामाङको घरनजिकै खेतमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेपछि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।...

जलेश्वर कारागारमा सोलार जडान

२०७२ जेठ २२ गते ९:३५

धनुषा,२२ जेठ – महोत्तरी तथा धनुषाको संयुक्त जेल जलेश्वर कारागारमा सोलार जडान गरिएको छ । कारागार व्यवस्थापन विभागको पहल तथा शान्ति मन्त्रालयको आर्थिक सहयोगमा कारागारमा तीन थान सोलार जडान गरिएको हो । सोलारले कारागारभित्र ३५ वटा बत्ती बाल्न सक्नेछ । सोलार जडानपछि कारागारको सुरक्षा...

भूकम्पबाट प्रभावित तीनसय बालबालिकालाई मनोविमर्श सेवा

२०७२ जेठ २२ गते ९:३३

चितवन, २२ जेठ – युवा समाज नेपाल चितवनले ३०० भन्दा बढी बालबालिकालाई मनोविमर्श सेवा दिएको छ । भूकम्प प्रभावित बालबालिका खोजेर मनोविमर्श सेवा दिएको युवा समाज नेपाल चिवतनका अध्यक्ष केशवप्रसाद रेग्मीले जानकारी दिए । स्कुल बाल क्लब तथा विभिन्न संस्थामा पुगेर भूकम्प प्रभावित बालबालिका खोज्दै...

पहिले संबिधान अनि राष्ट्रिय सरकारः गजुरेल

२०७२ जेठ २२ गते ९:२६

विराटनगर २२ जेठ – एकिकृत माओवादीका नेता हरिबोल गजुरेलले संबिधान जारी गरेर पुननिर्माण योजना बनाइसकेपछि मात्र नयाँ राष्ट्रिय सरकार बनाउनु हितकर हुने बताएका छन् । शुक्रबार विराटनगरमा क्रान्तिकारी पत्रकार संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले राष्ट्रिय सरकार बनाए पछि संबिधान जारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us