भक्तपुर, २३ जेठ– पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । एमालेको स्वयम्सेवक दस्ताले शनिबार भक्तपुरको चाँगुनारायण उच्च माविको भत्किएको भवनको भग्नावशेष हटाउने तथा विद्यालयको टहरा निर्माण कार्यक्रममा सहभागी हुँदै उनले यो दुःखद र विपत्को...
महोत्तरी, २३ जेठ– आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको शनिबार बिहान रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तीन दिनदेखि जलेश्वर नगरपालिका–५...
काठमाण्डु, २३ जेठ–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले मनसुन सुरु हुन लागेको र भूकम्प पीडितलाई माग अनुसार जस्तापाता उपलब्ध गराउन नसक्दा माग र आपूर्तिबीच खाडल देखिएको बताएका छन् । शुक्रबार राति आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै वरिष्ठ नेता भट्टराईले आन्तरिक उत्पादनले जस्तापाको आपूर्ति नपुग्ने...
म्याग्दी, २३ जेठ– रोजगारीको सिलसिलामा कतारमा पुगेर सवारी दुर्घटनामा निधन भएका म्याग्दीको भकिम्ली–७ का चन्द्रबहादुर घर्तीका आफन्तलाई आर्थिक सहयोग प्राप्त भएको छ । कतारमा रहेका म्याग्दीवासीको संस्था म्याग्दी सेवा समाज दोहा कतारले घर्तीको घरपरिवारलाई राहतस्वरुप एक लाख ५५ हजार सहयोग गरेको हो । शुक्रबार...
मुस्ताङ, २३ जेठ – कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको कागबेनी–७ र ८ वडाका बस्ती जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिर हुँदै आउने काग खोला र गण्डकीको दोभानदेखि पाँचसय मिटरमाथिसम्म बर्सेनि कटान हुँदै जाँदा दुई वडाका ७४ घरधुरी उच्च जोखिममा परेका हुन् । वर्षायामको समयमा...
झापा, २३ जेठ–शुक्रबार राति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ । मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि...
नवलपरासी , २३ जेठ –जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो । पूर्ण क्षति भएका परिवारलाई...
गोखरा, २२ जेठ– हतियारसहित पक्राउ परेका गुण्डा नाइके ‘बाघे’ लाई गोरखा बारपाकका स्थानीय युवाले खोसेर लगेका छन् । बारपाक–४ का घलेलाई प्रहरीले दुईवटा पेस्तोलसहित शुक्रबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकका प्रहरीले पक्राउ परेलगत्तै स्थानीय युवा समूहले नियन्त्रणमा लिएका हुन्...
विराटनगर, २२ जेठ-विराटनगर विमानस्थलबाट काठमाण्डुका लागि शुक्रबार अपराह्न उडेको यति एयरलाइन्सको विमान दस मिनेटमै आकस्मिक अवतरण गरिएको छ । विमानमा प्राविधिक गडबडी देखिएपछि आकस्मिक अवतरण गरिएको एरलायन्सका विराटनगरस्थित प्रबन्धक प्रेम कुँवरले बताएका छन् । तीस यात्री बोकेर सो विमान काठमाण्डुबाट उडेको थियो...
काठमाण्डु, २२ जेठ– दोलखाको सिंगटीबाट हराइरहेका पाँच जना नेपाली दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा परेको नेपाली सेनाले जनाएको छ । वैशाख २९ गते भूकम्पपीडितको उद्धारका लागि दोलखा जाने क्रममा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा परि दोलखाका पाँच जनाको पनि मृत्यु भएको डिएनए परीक्षणले पुष्टि भएको नेपाली...
काभ्रेपलाञ्चोक,२२ जेठ-नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा आएको राष्ट्रिय विपत्तिलाई सामना गर्न राष्ट्रिय सरकारभन्दा पनि राष्ट्रिय एकताको आवश्यकता भएको बताएका छन् । ‘अहिले राष्ट्रिय सरकार निर्माण गर्ने समय होइन, भूकम्पले सिर्जना गरेको विपत्तिको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता हो’ उनले भने । ...
काठमाण्डु, २२ जेठ–काठमाण्डौं निर्वाचन क्षेत्र नं ४ का सभासद गगन थापाको सांसद कार्यालयले २८ जना इन्जिनियरलाई तालिम दिन थालेको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका घर धनीहरुलाई उचित परामर्स दिनका लागि थापाको निर्वाचन क्षेत्र कार्यालयले इन्जिनियरहरुलाई तालिम दिन थालेको हो । तालिम लिएपछि उनीहरुलाई...