समाचार

मोफसलको साहित्यमा ध्यान दिन आग्रह

२०७२ जेठ २४ गते ८:४३

बुटवल, २४ जेठ – नेपाल प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषद्को आयोजनामा सम्पन्न विचारगोष्ठीले मुलुकको भाषासाहित्यमा भूमण्डलीकरणले नाङ्गो हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । ‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयको दुईदिने विचारगोष्ठीमा प्रज्ञा–प्रतिष्ठान साहित्य ९पद्य० विभागका संयोजक अमर गिरीले दृष्टिकोण स्पष्ट नभएको कविता उत्पादनमूलक नहुने बताए...

तीन गाविसका वृद्धलाई जनही ७ हजार नगद

२०७२ जेठ २४ गते ८:२२

नुवाकोट, २४ जेठ– भूकम्पबाट अति प्रभावित नुवाकोटका तीन गाविसका वृद्धलाई एक संस्थाले नगद राहत प्रदान गरेको छ । गोस्र्याङ, रातमाटे र गेर्खु गाविसका ६० वर्षमाथिका भूकम्प प्रभावित ज्येष्ठ नागरिकका ७८१ परिवारलाई जनही सात हजारका दरले वितरण गरिएको हो । हेल्पएज इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक...

धादिङमा हानिकारक तेल छ्यापछ्याप्ती

२०७२ जेठ २४ गते ८:११

धादिङ, २४ जेठ– सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ । खाद्य प्रविधि तथ गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानव स्वास्थ्यका लागि हानिकारक जनाई प्रयोग नगर्न भने पनि बजारमा बिक्री भइरहेको छ । अखाद्य...

ठेकेदारको लापरबाहीले सीमासँग जोडिएको सडक बनेन

२०७२ जेठ २४ गते ७:५९

सप्तरी, २४ जेठ– वर्षौंदेखि जीर्ण रहेको राजविराज–कुनोली सडकखण्ड कछुवाको तालमा निर्माण भइरहेको छ । सदरमुकाम राजविराजदेखि भारतसँग जोडिएको कुनोली रोडअन्तर्गत पर्ने करिब १२ किमी दूरीको सडकखण्ड ठेकेदारको लापरबाहीका कारण पूरा नभएको स्थानीयवासी जगदेव यादवले आरोप लगाए । सो बाटो भएर दिनहुँ बस, ट्रक, टेम्पुलगायत...

सुशील कोइरालाले २५ मिनेटसम्म फुटबल खेलेपछि…

२०७२ जेठ २३ गते २०:५१

काठमाण्डु, २३ जेठ– सामान्यतया सबैलाई लाग्छ कि वृद्ध प्रधानमन्त्री सुशील कोइराला शारीरिक रुपमा निकै कमजोर छन् । तर, शनिबार नयाँ पत्रिका दैनिकले भूकम्पपीडितको सहयोगार्थ सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा आयोजना गरेको राजनीतिक दलका शीर्ष नेता र चर्चित कलाकारबीचको मैत्रीपूर्ण खेलका क्रममा प्रधानमन्त्रीेको सक्रियता देख्नेहरु...

महाकाली तरेर भारततर्फ गएका युवक फर्कदा बेपत्ता !

२०७२ जेठ २३ गते १९:५२

भीमदत्तनगर, २३ जेठ- मलामी गएका एक युवक शनिबार महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।   डडेल्धुराको पर्शुराम नगरपालिका–६ कटालका १७ वर्षीय दीपक जोशी महाकालीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।   प्रहरीका अनुसार बेपत्ता जोशीसहित तीन जना महाकाली नदी...

प्रधानमन्त्रीले भने, ‘फुटबल खेलले एकताको सन्देश दिएको छ’

२०७२ जेठ २३ गते १९:०७

काठमाण्डु, २३ जेठ-प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको सहयोगार्थ भएको शनिबारको फुटबल खेलबाट मुलुकमा ठूलो एकता प्रदर्शनको सन्देश प्रवाह भएको बताएका छन् ।   भूकम्पपीडितको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आयोजना गरेको फुटबल प्रतियोगिता समापनको अवसरमा बोल्दै प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपद्को...

कुकुरसँग ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु !

२०७२ जेठ २३ गते १७:५८

काठमाण्डु, २३ जेठ– शनिबार काठमाण्डुमा कुकुरसँग ठक्कर खाएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–३ पानीपोखरीमा बा ५०प ७८८० नम्बरको मोटरसाइकल कुकुरसँग ठक्कर खाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दावागेल्बु शेर्पाको मृत्यु भएको हो । काठमाण्डु गल्फुटार बस्ने उदयपुर नानिटार–९ का...

कलाकारले ठोके नेतालाई तीन गोल

२०७२ जेठ २३ गते १७:५०

काठमाण्डु, २३ जेठ– नयाँ पत्रिकाकको आयोजनामा भूकम्प पीडितलाई सहयोग जुटाउन भएको कलाकारहरुले नेताहरुलाई तीन गोल हान्दै शान्दार रुपमा विजयी भएका छन् । शनिबार सशस्त्र प्रहरीको हलचोक मैदानमा सम्पन्न भएको खेलमा कलाकारका तर्फबाट खेलको पहिलो हाफको ३६ औं मिनेटमा मनराज श्रेष्ठ, दोस्रो हापको ३९ औं...

नेवा खोलामा डुबेर शेर्पा वेपत्ता

२०७२ जेठ २३ गते १७:३१

ताप्लेजुङ, २३ जेठ– जिल्लाका एक किशोर खोलामा पौडी खेल्दन जाँदा डुबेर बेपता भएका छन् । लिवाङ्ग–६ बस्ने ठाक्पा लाक्पा शेर्पाका १६ वर्षीय छोरा फुर्वा शेर्पा लिवाङ्ग–९ स्थित नेवा खोलामा पौडी खेल्दाखेल्दै शनिबार डुबेर बेपत्ता भएका हुन् । लिवाङ्ग लघु जलविद्युत आयोजनाको पावरहाउस बनाउन खोला...

गोल खाए नेताहरुले

२०७२ जेठ २३ गते १७:२७

काठमाण्डु, २३ जेठ– नयाँ पत्रिकाकको आयोजनामा भूकम्प पीडितलाई सहयोग जुटाउन भएको कलाकार र नेताबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेताहरुले एक गोल खाएका छन् । शनिबार सशस्त्र प्रहरीको हलचोक मैदानमा सम्पन्न भएको खेलमा कलाकारका तर्फबाट खेलको ३६ औं मिनेटमा मनराज श्रेष्ठले एक गोल गरेका थिए...

सप्तरीमा हुकिङले खायो धेरै बिजुली !

२०७२ जेठ २३ गते १७:१०

सप्तरी, २३ जेठ-सप्तरीको ग्रामीण क्षेत्रहरुमा हुकिङ गरी विद्युत् चुहावट भइरहेको छ । साथै सदरमुकाम राजविराजका केही भागमा चुहावट हुँदासमेत नेपाल विद्युत् प्राधिकरणले ध्यान नदिँदा चुहावट बढदै गएको छ ।   जिल्लामा विद्युत् चुहावट नियन्त्रण अभियान नचलाउँदा यस्तो अवस्था आएको हो । अहिले बढेको अत्यधिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us