समाचार

रोहिग्याँमाथि भएको हिंसाविरुद्ध नेपाली धार्मिक समुदायको ऐक्यवद्धता

२०७२ जेठ २४ गते १५:५८

काठमाण्डु, २४ जेठ–बर्मामा रहेका मुस्लिम समुदाय रोहिग्याँमाथि भएको महिला हिंसाविरुद्ध नेपालका विभिन्न धार्मिक समुदायले आइतबार राजधानीमा ऐक्यवद्धता जाहेर गरेका छन् । मिडिया इन्टरनेसनलको सभाकक्ष अनामनगरमा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले धार्मिक समुदायको नाममा मानवतामाथि नै धावा बोल्ने कार्य कसैबाट हुन नहुनेमा जोड दिएका छन्...

बढ्दो गर्मीले तराईको जनजीवन अस्तव्यस्त !

२०७२ जेठ २४ गते १५:५२

वीरगन्ज, २४ जेठ-केही दिनयता बढेको अत्यधिक गर्मीसँगै चलेको तातो हावाले मध्य तराईको जनजीवन अस्तव्यस्त बनेको छ ।   विशेषगरी मध्यतराईका बारा, पर्सा र रौतहटमा मानिसको दिउसो चहलपहल घटेको छ । गर्मीकै कारण रोगको सङ्क्रमण बढेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीको घुइचो लागेको छ ।...

राष्ट्रपतिले रसुवाबासीलाई भने,‘आफ्नो पहिचान बोकेको पुख्र्यौली थलो छाडिनहाल्नुस् ’

२०७२ जेठ २४ गते १५:१७

रसुवा,२४ जेठ-राष्ट्रपति रामवरण यादवले आइतबार भूकम्पले क्षतिग्रस्त रसुवा जिल्लाको भ्रमण गरेका छन् । उनले भूकम्पबाट भएको क्षति र उद्धार तथा राहत कार्यको स्थलगत अवलोकन गरेको जनाइएको छ । आइतबार बिहान हेलिकप्टरबाट धुन्चे पुगेका राष्ट्रपति यादवले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा स्थानीय प्रशासन,...

प्रकृतिले नै साथ नदिएपछि के गर्ने ?

२०७२ जेठ २४ गते १४:५५

गोरखाबजार, २४ जेठ-फिनामका इन्द्रबहादुर खत्रीको घर भूकम्पले भत्कायो । उनको परिवार अहिले टहरोमा बस्दै आएको छ । सरकारले घर बनाउने पैसा दिए सानोतिनो घर ठड्याउने खत्रीको धोको छ । खत्रीको परिवारलाई अधियाँ लगाएर खान पुग्थ्यो । नयाँ अन्न खानु पर्दैनथ्यो । पुरानोले धान्थ्यो ।...

राष्ट्रिय सरकारभन्दा पहिले संविधान : पौडेल

२०७२ जेठ २४ गते १४:५०

चितवन, २४ जेठ–कांग्रेसका उपसभापति  रामचन्द्र पौडलले राष्ट्रिय सरकारभन्दा पहिला संविधान आवश्यक रहेको बताएका छन् । आइतबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति पौडेलले विपत्तिको बेला राष्ट्रिय सरकारको कुरा उठ्नु स्वभाविक भएको बताए । उनले संविधान निर्माण गर्नुपर्ने समय भएकाले राष्ट्रिय सरकारको विषयमा अल्झन नहुने...

टेलिकमले फेर्यो रिचार्ज गर्ने तरिका, अब यसरी गर्ने रिचार्ज

२०७२ जेठ २४ गते १४:४९

काठमाण्डु, २४ जेठ– नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई सुविधामा परिवर्तन गरेको छ । सुविधा अनुसार टेलिकमले बजारमा नयाँ रिचार्ज कार्ड ल्याएको छ । जसमा सबै सेवा समेटिएको छ । टेलिकमले नयाँ रिचार्ज कार्डमा रिचार्जको तरिका पनि परिवर्तन गरेको छ । यस अघि रिचार्ज गर्दा *411*...

अमेरिका बस्ने सापकोटाले ध्वस्त जन्मभूमिलाई पठाए २६ लाख !

२०७२ जेठ २४ गते १४:२२

पर्वत, २४ जेठ-रोजगारीका सिलसिलामा लामो समयदेखि प्रवासमा रहेका यहाँका एक प्रवासीले आफ्नो जन्मगाउँलाई सम्झेर २६ लाख पठाएका छन् । विनाशकारी भूकम्पले आफू जन्मे हुर्केको गाउँ तहसनहस पारेको खबर पाएपछि पर्वतको ठूलीपोखरी गाविस–१ का भवानीशङ्कर सापकोटाले नगद २६ लाख पठाएका हुन् ।   विगत डेढ...

सुचना प्रविधिमा देशकै नमुना बन्दै इलाम !

२०७२ जेठ २४ गते १४:१०

इलाम, २४ जेठ-गाउँ विकास समितिको कार्यालयलाई स्रोत, साधन र प्रविधिले सुविधा सम्पन्न बनाउन जिल्ला विकास समिति इलामले विशेष पहल सुरु गरेको छ ।   जिल्लाका ४३ गाविस र तीन नगरपालिका सबैमा सम्पर्क गर्न सहज होस् र गाविसबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनोस् भन्ने...

कानुनमन्त्रीले भने,‘द्वन्द्वकालमा बेपत्ता भएका नागरिकलाई पनि मृत्यु सरह मानेर राहतका कार्यक्रम ल्याउँदैछौ ’

२०७२ जेठ २४ गते १३:५९

  पोखरा, २४ जेठ-शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले द्वन्द्वकालमा बेपत्ता भएका नागरिकलाई पनि मृत्युसरह मानेर राहत दिइने बताएका छन् ।   स्थानीय शान्ति समिति कास्कीले आइतबार आयोजना गरेको भेटघाट र अन्तक्र्रिया कार्यक्रममा उनले त्यस समयमा ज्यान गुमाएका परिवारले पाउन बाँकी...

मारुती भ्यान दुर्घटनामा राईको मृत्यु

२०७२ जेठ २४ गते १३:३४

विराटनगर, २४ जेठ-मोरङमा आइतबार बिहान मारुती भ्यान कल्भर्टमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   धरान– १८ बस्ने राजन राईकी श्रीमती ३५ वर्षीया मीना राई गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दामा बाटोमै मृत्यु भएको...

अधिकांश प्रहरी युनिट भाडाको घरमा

२०७२ जेठ २४ गते १३:३३

  भीमदत्तनगर, २४ जेठ– बैतडी जिल्लाको शान्ति सुरक्षाका लागि अहिले जिल्लाभरि प्रहरीका ३० वटा युनिट स्थापना भएका छन् । नागरिकको सुरक्षार्थ स्थापना भएका अधिकांश प्रहरी युनिट भाडामा सञ्चालन हुँदा प्रहरीले वार्षिक आठ लाख ४९ हजार घरभाडामा खर्च गर्नुपरेको छ ।   पछिल्लो समय प्रहरीलाई...

पूर्व सांसद् कोइरालाको निधन

२०७२ जेठ २४ गते १२:२९

दमक, २४ जेठ– पूर्व सभासद् तथा समाजसेवी डा गोपालप्रसाद कोइरालाको निधन भएको छ । गएराति विराटनगरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरमा जन्मनुभएका डा कोइराला २०२८ सालदेखि दमकमा स्थायी बसोबास गर्दै आएका थिए । दमकलाई कर्मथलो बनाई चिकित्सा सेवाबाट जीवन सुरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us