काठमाण्डु, २५ जेठ-भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाण्डु उपत्यका रहेको पाइएको छ । काठमाण्डु उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र ९एनसेट० का प्रतिनिधि सूर्यभक्त साँगाछे बताउँछन्...
सप्तरी, २५ जेठ-विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार रहेको प्रहरीले जनाएको छ । उनको अत्यधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै...
महोत्तरी, २५ जेठ– महोत्तरीको दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई किशोरीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको सिमरदही गाविस–७ बस्ने कौशल ठाकुरकी १८ वर्षीया छोरी नितुकुमारी ठाकुरले आफ्नै सुत्ने कोठाको पङ्खामा पासो लगाई झुन्डिएर आत्महत्या गरेकी छिन् । त्यस्तै, जिल्लाको बनौली दनौली गाविस–१ बस्ने सुकन...
म्याग्दी, २५ जेठ– दसवर्षे सशस्त्रयुद्धका क्रममा आफन्तजन गुमाएका तथा बेपत्ता भएकाको परिवारलाई म्याग्दीमा तेस्रो चरणको आर्थिक सहायता वितरण गर्न सुरु गरिएको छ । यसअघि तीन लाख रुपैयाँ राहत प्राप्त गरिसकेका द्वन्द्वका क्रममा मृत्युवरण गरेकाको हकदारलाई थप एक लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गर्न...
म्याग्दी, २५ जेठ – यही जेठ १० गते काफलडाँडाबाट खसेको भीषण पहिरोले भगवती–२ र राम्चे–९ बैँसरी बस्ती पुरिएपछि घरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु भएको छ । बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएपछि अहिले पिप्ले–४ को राहुपारेमा अस्थायी छाप्रोमा बस्दै आएका पहिरोपीडितलाई दीर्घकालीन बसोबासको व्यवस्था...
पाल्पा, २५ जेठ– भूमिसुधारमन्त्री दलबहादुर रानाले घरै नभएकाहरुले समेत भूकम्पले पूर्ण क्षति भएको दावीगर्दै राहत माग्ने क्रम बढेको बताएका छन् । उनले पाल्पा जिल्ला विपद् व्यवस्थापन समितिले आयोजना गरेको ‘भूकम्पले पारेको असर र जिल्लामा त्यसको व्यवस्थापन’ सम्बन्धि अन्तरक्रियामा बोल्दै यस्तो धारणा राखेका हुन् ।...
लहान, २५ जेठ – प्रहरीले सिरहाको मझौरा–४ बाट आइतबार भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीको गस्ती टोलीले तस्करले ११ वटा साइकलमा बोकेर नेपाल ल्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको हो...
नेपालगन्ज, २५ जेठ – प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जिगाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले रु एक हजारको ४२ थान र रु ५०० को २१६ थान गरी रु एक लाख...
काठमाण्डु, २५ जेठ– उद्योगमन्त्री महेश बस्नेतले अर्थमन्त्री डा. रामशरण महतका पिए रमेश महतलाई तुरुन्तै पुर्पक्षका लागि थुनेर अनुसन्धान गर्नु पर्ने बताएका छन् । राहतको जस्तापाता बिक्री गर्न खोजेको आरोप लागेपछि अर्थमन्त्रीको स्वकीय सचिवबाट राजिनामा दिएका रमेशलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको उद्योग मन्त्री...
झापा , २५ जेठ– झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको छ । चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले...
भक्तपुर, २४ जेठ– राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पहिले लोकतान्त्रिक संविधान जारी गरेर मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जुट्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सरकारभन्दा यही सरकारलाई बलियो बनाएर जानुपर्ने बताए। केसीले...
नेपालगन्ज,जेठ २४ – आइतबार नेपालगन्ज विमानस्थलको धावनमार्गमा आगलागी भएको छ । दिउसो सवा तीन बजे धावनमार्गको घासेमैदानमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगो नियन्त्रणका लागि दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीहरु खटिएको जनाइएको छ । प्रमुख जिल्ला...