काठमाण्डु, जेठ २६– संगीतकर्मी दम्पत्ति रामचन्द्र काफ्ले र जुनु रिजालले चितवनका भूकम्प र गरिबीपीडित परिवारका ३२५ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । चितवनको काउले–८ मायाटारस्थित राष्ट्रिय निमाविका विद्यार्थीहरुका लागि एकवर्षसम्म पुग्ने स्टेसनरी सामग्री, विस्कुट तथा विद्यालयका लागि ह्वाइट बोर्ड, मार्कर, डस्टर लगायत सामग्री...
चितवन, २६ जेठ– गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा. डा .हरिहर पौडेलले बताएका छन् । नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन...
धादिङ, २६ जेठ– नजिकै रहेको गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर आएको भूकम्पको विकराल विपत्तिको बेवास्ता गर्दै सधैँ झैँ बूढीगण्डकी नदी बगिरहेकी छिन् । तर बूढीगण्डकीकै काखमा अवस्थित धादिङ जिल्लाको बुढाथुम गाविसमा भने भूकम्पले वितण्डा मच्चाएर गएको छ, बारपाकबाट नजिकै करिब चार किलोमिटर मात्र...
काठमाण्डु, २६ जेठ–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सोमबार रातिको सहमति १२ बुँदे समझदारीदेखिको राजनीतिक यात्राको अन्तिम कडी भएको बताएका छन् । उनले यसलाई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको स्वर्ण क्षण भएको उल्लेख गरेका छन् । मंगलबार बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै...
काठमाण्डु, २६ जेठ–प्रमुख राजनीतिक दलको लामो समयदेखिको रस्साकस्सी र विवादका बीच १६ बुँदे सहमतिमा हस्ताक्षर भएपछि संविधान लेखनका देखिएको अन्योल अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेर प्रमुख राजनीतिक दलले संविधानका प्रमुख विवादित विषयमध्ये राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र...
रौतहट, २६ जेठ – जिल्ला अदालत रौतहटले मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका दुई आरोपीलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले रौतहट सदरमुकाम गौरमा रहेको राजु होटल सञ्चालन गर्दै आएका...
गुल्मी, २६ जेठ – बागलुङको ग्वालीचौर–७ खारदेखि वडा नम्बर ८ दाँग जोड्ने नौ किलोमिटरको ‘खार–दाँग’ मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ । जिल्ला विकास समिति बागलुङ सोही ठाउँमा रहेको सिर्जनशील आमा समूह, सामुदायिक वन तथा स्थानीयवासीको सहयोगमा करिब ६० लाखको लगानीमा सो मोटरबाटो निर्माण...
काठमाण्डु, २५ जेठ– प्रमुख दलहरुबीच संघीयता र शासकीय स्वरुपसहित संविधानका विवादित विषयमा १६ बुँदे सहमति भएको छ । सोमबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र मधेसी फोरम लोकतान्त्रिकको बैठकले संविधानका अन्तरवस्तुमा सहमति गरेको हो । सहमतिपत्रमा काँग्रेसबाट सभापति प्रधानमन्त्री सुशील कोइराला, एमाले...
काठमाण्डु, २५ जेठ– प्रम्ुख चार दलका दोश्रो तहका नेता सहमतिको ड्राफ्टलाई अन्तिम रुप दिन जुटिरहेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बालुवाटार छाडेका छन् । गच्छदार ७ बजेर ५४ मिटेनमा बीचैमा बैठक छाडेर हिंडेपछि समाचार संकलनका लागि पुगेका पत्रकारबीच खासखुस चलेको थियो । केहीले...
काठमाण्डु, २५ जेठ-गत वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखादेखि दोलखासम्मको मध्यस्थान पारेर काठमाण्डुको शङ्करापुर नगरपालिकास्थित जहरसिंहपौवामा भूकम्प स्मारक र सङ्ग्रहालय निर्माण गर्न प्रस्ताव गरिएको छ । साथमा भौगर्भिक अध्ययन अनुसन्धान केन्द्र, भूकम्प प्रतिरोधात्मक नयाँ बस्ती, ग्रामीण सहर र आधुनिक सहरी विकास अभियान पनि...
काठमाण्डु, २५ जेठ-डेरावाल हकहित संरक्षण समिति नेपालले डेरावाललाई जबर्जस्ती डेरा छाड्न लगाउन र भाडा नबढाउन सम्पूर्ण घरपतिलाई आग्रह गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक योगेश बरालले समितिले काठमाण्डु उपत्यकाका बालाजु, कपन, कलङ्की, स्वयम्भू, असन, भक्तपुर र पाटनलगायत १३ स्थानमा...
काठमाण्डु, २५, जेठ– प्रमुख तीन चार दलले ८ प्रदेश बनाउन गरेको सहमतिप्रति प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा फुटको संघारमा पुगेको छ । ३० दलीय मोर्चाको सोमबार बसेको बैठकमा संयोजक प्रचण्डले चार दलले गरेको सहमति अनुमोदन गर्न आग्रह गरेपछि विवाद भएको हो । बैठकमा अधिकांस...